खेलकुद

नौ महिनापछि नेपाली फुटबल टोली बन्द प्रशिक्षणमा

नेपाली फुटबल टोलीले नौ महिनापछि बन्द प्रशिक्षण थालेको छ । विश्वकप फुटबल छनोट खेलको तयारीका लागि टोली बन्द प्रशिक्षणमा उत्रेको हो । कोरोना भाइरसको महामारीका कारण प्रशिक्षणमा ढिलाइ भएको हो । आगामी चैतमा तीन देशको टोलीसित तीन खेलको तालिका सार्वजनिक भएपछि अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले ५८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो । एन्फा प्रवक्ता किरण राईका अनुसार कोरोनाबाट केही खेलाडी सङ्क्रमित भएपछि थप खेलाडीदाई बन्द प्रशिक्षणमा सहभागी गराइएको जानकारी दिनुभयो । बन्द प्रशिक्षणमा सहभागी खेलाडीलाई चार चरणमा छनोट गरी… पुरा पढौ

सागका स्वर्ण विजेता खेलाडीलाई सम्मान गरिने

मदन भण्डारी स्पोर्ट्स एकेडेमी गण्डकी प्रदेशले १३औँ दक्षिण एशियाली खेलकूद (साग)मा बक्सिङतर्फ स्वर्ण पदक विजेता खेलाडीलाई सम्मान गर्ने भएको छ । एकेडेमीले आगामी पुस २ गते पोखरामा कार्यक्रम आयोजना गरी नेपालमा गत वर्ष सम्पन्न सागमा स्वर्ण पदक विजेता नेपाल पुलिसका भूपेन्द्र थापामगर तथा नेपाल आर्मीका मीनु गुरुङ र सनिल शाहीलाई सुनको पदकसहित सम्मान गरिने राष्ट्रिय खेलकूद परिषद् (राखेप) का सदस्यसमेत रहनुभएका एकेडेमीका संयोजक राजेश गुरुङले जानकारी दिनुभयो । सो दिन सागमा विशेष योगदान गर्ने व्यक्ति तथा सङ्घसंस्थालाई समेत सम्मान गरिने… पुरा पढौ

नेपालले आउँदो मार्च २५ देखि विश्वकप फुटबलको छनोट खेल खेल्ने

काठमाण्डौ । एसियाली फुटबल महासङ्घले विश्वकप फुटबल छनोटको लागि नेपालले खेल्ने खेलको नयाँ तालिका सार्वजनिक गरेको छ । महासांघले आज सो तालिका सार्वजनिक गरेको हो । महासंघका अनुसार नेपालले आगामी मार्च २५ तारिखमा चाइनिज ताइपेईसंग खेल्ने छ । यस्तै मार्च ३० तारिखमा अस्ट्रेलियासँग र जुन ७ तारिखमा जोर्डनसँग खेल्ने सार्वजनिक तालिकामा भनिएको छ । समूह ’बी’ मा रहेको नेपालले अहिलेसम्म खेलेका पाँच खेलमा जम्मा एक खेल मात्रै जितेर तीन अङ्कका साथ चौथो स्थानमा छ । नेपालले सबै खेल घरेलु मैदानमै… पुरा पढौ

क्रिकेटर पारस खड्कालाई कोरोना पुष्टि

काठमाण्डौ । नेपाली क्रिकेट टिमका खेलाडी पारस खड्कालाई कोरोना सङ्क्रमण भएको छ । कोरोनाको लक्षण देखिएपछि स्वाव परीक्षण पछि खड्कको आज रिपोर्ट पोजेटिभ आएको उनले आज सामाजिक सञ्जाल ट्विटरमार्फत जानकारी दिएका हुन् । स्वाद गन्ध थाहा नभएपछि खड्काले स्वाव परीक्षण गराएको र दुुई दिनदेखी आइसोलेसनमा बसेको उनले बताएका छन् । खड्का हाल स्वास्थ्यसम्बन्धी प्रोटोकलको पालना गर्दै होम आइसोलेशनमा बसेको उनले ट्वीटमा उल्लेख गरेका छन् । साथै उनले भोलिदेखि चितवनमा सुरु हुन लागेको गौतम बुद्ध कपको खेल गुमाउनुपरेको भन्दै दुःख व्यक्त… पुरा पढौ

दोस्रो जितसँगै सांग्रिला क्लबस्तरीय क्रिकेटको फाईनलमा

पोखरा । सांग्रिला क्रिकेट क्लबले दोस्रो जित निकाल्ने क्रममा राईजिङ पोखरा क्रिकेट क्लबलाई १३४ रनले पराजित गरेको छ । पोखरा रगंशाला क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा सांग्रिला क्रिकेट क्लबले दिएको २२४ रनको लक्ष्य पछ्याएको राईजिङ पोखरा क्रिकेट ८९ रनै अलआउट हुन पुग्यो । जितसँगै स्राग्रिला क्लबस्तरीय क्रिकेटको फाईनल प्रवेश गरेको छ । लिग अन्तर्गतका अझै दुई खेल बाँकी छन् । २५ ओभर मात्रै खेल्ने क्रममा राईजिङमा दुई व्याट्सम्यानले दोहोरो अंकको स्कोर बनाए । बाँकी आठ व्याट्सम्यान भने सस्तैमा पभेलियन फर्किएपछि… पुरा पढौ

प्रिन्स दाहाल ब्याडमिन्टन प्रतियोगिताको फाइनलमा

नेपालका उदियमान खेलाडी प्रिन्स दाहाल सेनाका रत्नजित तामाङलाई हराउँदै तेश्रो चौतारा साँगाचोकगढी मेयर कप तथा प्रथम तोप–२१ ब्याडमिन्टन प्रतियोगिताको राष्ट्रिय स्तरिय पुरुष एकलको फाइनल प्रवेश गरेका छन्। सेमिफाइनल खेलमा सिल्क ग्रुपका दाहालले तामाङलाई २१–१९, २१–१६ को सोझो सेटमा पराजित गरे। निकैनै आक्रमक देखिएका प्रिन्सले रत्नलाई सम्हालिने मौकानै दिएनन् । अब, उपाधिका लागि प्रिन्सले सेनाका नविन श्रेष्ठको सामना गर्नेछन्। पुरा पढौ

महिला, पुरुष राष्ट्रिय फुटबल खेलाडीको तलब बढ्यो

नेपाली राष्ट्रिय फुटबल टिमको तलब बढेको छ। अब महिला र पुरुषले समान तलब पाउने भएका छन्। अब, महिला र पुरुष राष्ट्रिय खेलाडीले समान १८/१८ हजारका दरले तलब पाउनेछन्। अखिल नेपाल फुटबल संघ एन्फाको बिहीबार कार्यसमिति बैठकले राष्ट्रिय फुटबल टिमका खेलाडीको तलब वृद्धि गर्दै मासिक १८ हजारका दरले दिने निर्णय गरेको हो । लामो समयदेखि खेलाडीको तलब बढ्न सकेको थिएन। यस्तै पुरुषको तुलनामा महिलाको आधाभन्दा कम भएकोले पनि यस विषयमा आवाज उठिरहेको थियो । यसअघि, पुरुष खेलाडीले १५ हजार र महिला… पुरा पढौ

साउदीले पनि नेपाल ओलम्पिक कमिटीसित माग्यो समर्थन

साउदी अरेबियाले पनि नेपाल ओलम्पिक कमिटी (एनओसी)सँग सन् २०३० को २१ औं एसियाली खेलकुद आयोजनाका लागि समर्थन मागेको छ। हीबार नेपाल ओलम्पिक कमिटीका अध्यक्ष एवं सांसद जीवनराम श्रेष्ठसँग भएको भर्चुअल बैठकमा साउदीका खेलकुदमन्त्री तथा साउदी ओलम्पिक कमिटीका अध्यक्ष अब्दुलाजिज बिन तुर्की अलफैसालले समर्थन मागेका हुन्। सो क्रममा राजपरिवारका सदस्यसमेत रहेका अलफैसालले तयारीका बारेमा तयार पारेको भिडियो प्रिजेन्टेसनसमेत गरेका थिए। अलफैसालको नौ सदस्यीय टोली बुधबार राति चार्टर्ड फ्लाइटमा काठमाडौं आउने कार्यक्रम रहेको भएपनि अन्तिम समयमा प्राविधिक कारणले फ्लाइट स्थगित हुन पुगेको… पुरा पढौ

पश्चिमाञ्चल क्षेत्रीय खेलकुदको निर्देशकमा कृष्ण तिमिल्सिनाको नियुक्ति

पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समिति पोखराको निर्देशकमा कृष्ण तिमिल्सिना नियुक्त भएका छन्। राष्ट्रिय खेलकुद परिषद (राखेप) को मंसीर १७ गतेको सदस्य–सचिवस्तरिय निर्णयअनुसार समितिको रिक्त रहेको पदमा तिमिल्सिनालाई बढुवा गरिएको हो। तिमिल्सिना, यसअघि सोही कार्यालयमा ५ वर्षदेखि उपनिर्देशक पदमा थिए। यसअघि निर्देशक रहेका विद्या मर्सानीले गत असारको १३ गतेदेखि सेवानिवृत लिएपछि ५ महिनादेखि उक्त पद रिक्त थियो। २०४० सालदेखि खेल जीवन सुरु गरेका निर्देशक तिमिल्सिनाले जिम्न्याष्टिक खेलबाट ८ वटा राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएका छन्। २०५२ सालमा राखेपमा स्थायी नियुक्ति पाएका तिमिल्सिनाले… पुरा पढौ

राखेपको बोर्ड बैंठकबाट नवौं राष्ट्रिय खेलकुदको मिति तय हुनेछ : खेलकुदमन्त्री विश्वकर्मा

युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वाकर्मा) ले गण्डकी प्रदेशको पोखरामा संचालन हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति राष्ट्रिय खेलकुद परिषद्(राखेप) कोआगामी बोर्ड बैठकमा तय गरिने बताएका छन्। राखेपको आयोजनामा संचालन भएको अन्तक्रिया कार्यक्रममा उनले भने, ‘खेलाडीको स्वास्थ्यलाई जोखिममा राखेर राज्य अगाडि बढ्न सक्दैन,कोभिडको प्रभाव र असरलाई न्यूनिकरण गदै खेलक्षेत्रको विकास–विस्तार र समृद्धिलाई कसरी लैजाने यो नै चुनौती र अविभारा हो।’ उनले थपे, ‘१३ औं साग सम्पन्न पश्चात १ बर्षको अवधिमा खेलकुदले धेरै कुरा गुमाएको छ, कोरानाको परिबेश नभएको भए… पुरा पढौ