खेलकुद

एनपिएलः पोखरालाई पाँच रनले हराउँदै सुदूरपश्चिम प्लेअफमा

मंसिर ३० काठमाण्डौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई पाँच रनले हराएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज सुदूरपश्चिमले दिएकोे एक सय ५४ रन लक्ष्य पछ्याएको पोखराले १९ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै एक सय ४८ रनमा समेटियो । पोखराका लागि एन्ड्रिज गौसले सर्वाधिक ३६ रन बनाए । उनले २१ बलमा दुई छक्का र चार चौकाको मद्दतले ३६ रन बनाएका हुन् । त्यस्तै, रेमन रेफरले ३३, किरण ठगुन्नाले ३२, दिनेश खरेलले… पुरा पढौ

नेपाल प्रिमियर लिग : विराटनगर काठमाण्डौसंग एक विकेटले स्तब्ध

काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाण्डौ गुर्खाजले विराटनगर किङ्ग्सलाई एक विकेटले हराएको छ । विराटनगरले दिएको एक सय १८ रनको लक्ष्य पछ्याएको काठमाण्डौले १८ ओभर एक बलमा नौ विकेट गुमाएर भेटायो । काठमाण्डौका प्रतिक श्रेष्ठले सबैभन्दा धेरै ३९ रन बनाए । विराटनगरका कप्तान सन्दीप लामिछानेले तीन विकेट लिए । यस्तै अनिल खरेल, बसिर अहमद र क्रिस सोलले समान दुई विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङ गरेको विराटनगरले १९ ओभर पाँच बलमा सबै विकेट गुमाएर एक सय १७… पुरा पढौ

एनपिएलः कप्तान मल्लको अर्धशतक, चितवनले जनकपुरलाई दियो १८१ रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज भएको दोस्रो खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्ससामू जितका लागि एक सय ८१ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ८० रनको योगफल बनायो । उसका लागि कप्तान कुशल मल्लले अर्धशतकीय पारी खेले । उनले ४१ बल सामना गर्ने क्रममा तीन चौका र सात छक्का प्रहार गर्दै ७२ रनको योगदान दिए । रवि बोपाराले ३२ बल खेल्दै… पुरा पढौ

एनपिएलः काठमाडौँ गुर्खाज ६ विकेटले विजयी

नेपाल प्रिमियर लिग (एनपिएल)को आज भएको पहिलो खेलमा काठमाडौँ गुर्खाजले पोखरा एभेञ्जर्सलाई छ विकेटले पराजित गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पोखराले दिएको एक सय ३९ रनको लक्ष्य काठमाडौँले १४ दशमलव एक ओभरमा चार विकेटको क्षतिमा पूरा ग¥यो । यो जितसँगै काठमाडौँ गुर्खाज प्लेअफ नजिक पुगेको छ । काठमाडौँको जितमा स्टेफन स्किनाजीले अर्धशतकीय पारी खेले । उनले उनले ३४ बल खेल्ने क्रममा १० चौकासहित ६० रनको योगदान दिए । त्यसबाहेक माइकल लेभिटले ३२, गेर्हार्ड एरासमुसले अविजित २५ र भीम… पुरा पढौ

शसस्त्र प्रहरी बल आदर्श कपको फाइनलमा

मंसिर २६ पोखरा । शसस्त्र प्रहरी बल गण्डकी प्रदेश कास्कीको लेखनाथमा जारी आदर्श कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । लेखनाथको भण्डारढीक स्थित लेखनाथ रंगशालामा विहिवार भएको खेलमा सशस्त्र प्रहरीले गोर्खा फुटवल क्लबलाई १–० ले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । सशस्त्रका सुजन तामाङले खेलको ७१औं मिनेटमा गोल गरेका थिए । उनको गोल नै शसस्त्रको जितमा निर्णायक बन्यो । विहिवार भएको खेलमा सशस्त्रका गोल किपर अजित कुमार बि क म्यान अफ द म्याच बने । उनले नगद… पुरा पढौ

आइटिएफ टेनिस जे३० पोखरा सर्किट–२ : आरब र शिवाली सिंगल्सतर्फ सेमीफाइनलमा

पोखरा । आइटिएफ वल्र्ड टेनिस टुर जे३० पोखरा सर्किट–२ अन्तर्गत चौथो दिन सिंगल्सतर्फ क्वार्टरफाइनल र डबल्सतर्फ सेमीफाइनलका खेलहरु सम्पन्न भएका छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा जारी प्रतियोगितामा चौथो दिनको प्रतिस्पर्धाहरु निकै रोमञ्चपूर्ण रहे भने नेपाली खेलाडीहरुले केही खेलमा जित केही हार ब्यहोरे । प्रतियोगितामा सिंगल्सको खेलमा आरव सम्राट हाडा र शिवाली गुरुङले आफ्नो जितको लयलाई कायम गरे । ब्वाइज सिंगल्समा आरवले भारतका ओजस मेहलावतलाई ६–२, ७–५ ले जित निकाल्दै अन्तिम चारमा स्थान बनाउँदा गल्र्सतर्फ शिवालीले सर्किट १ को… पुरा पढौ

अन्नपूर्ण अध्यक्ष कपः पुरुषतर्फ सेमिफाइनल समिकरण पूरा

पोखरा । पोखरा रंगशालामा जारी प्रथम अन्नपूर्ण अध्यक्ष कप पालिकास्तरीय पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको पुरुषतर्फ सेमिफाइनलको समिकरण पूरा भएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका बास्केटबल संघको आयोजनामा पोखरा रंशगालास्थित बास्केटबल कोर्टमा सञ्चालन भइरहेको खेलमा सेमिफाइनल समिकरण पुरा भएको अध्यक्ष कृपाश्वर गुरुङले जानकारी दिए । पहिलो क्वाटरफाइनल खेलमा म्याग्दीको रघुगंगा गाउँपालिका (ग्रे)ले म्याग्दीको अन्नपूर्ण गाउँपालिका (ह्वाइट)लाई ६५–५३ ले पराजित गर्दै सेमिफाइनल स्थान पक्का ग¥यो । यस्तै दोस्रो खेलमा पर्वतको जलजला गाउँपालिकाले मोदी गाउँपालिकालाई ६४–५८ ले पराजित ग¥यो । तेस्रो खेलमा… पुरा पढौ

एनपिएलः सुपर ओभरमा पोखराद्वारा विराटनगर पराजित

नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितामा पोखरा एभेन्जर्सले विराटनगर किङ्ग्सलाई सुपर ओभरमा १३ रनले पराजित गर्दै विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरले जितका लागि दिएको एक सय ४० रनको लक्ष्य पछ्याएको पोखराले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ३९ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको हो । एनपिएलमा यो पहिलो सुपर ओभर खेल हो । सुपर ओभरमा पोखराले पहिले ब्याटिङ गरेको थियो । विराटनगरका कप्तान सन्दीप लामिछाने बलिङमा आएका थिए । पोखराका रेमन राइफरले पहिलो… पुरा पढौ

१४ औं एन प्याव्सन स्पोर्टस् मिट : दश जोड दुई फुटसलमा त्रिवेणी, सिनियर छात्र छात्रा टेबलटेनिसमा वड्स विजयी

पोखरा २६ मंसीर । नेशनल प्याव्सन कास्कीको आयोजना गरेको १४ औ एन प्याव्सन खेलकुद महोत्सव जारी रहेको छ । दश जोड दुई तर्फको फुटसल प्रतियोगितामा त्रिवेणी पब्लिक विजयी भएको छ । बुधबार भएको फाइनल खेलमा कास्की मोडनाइज्ड एकेडेमीलाई २–१ ले पराजित गर्दै त्रिवेणी पब्लिक विजयी भएको हो । कास्की मोडनाइज्ड एकेडेमी दोस्रो हुदा प्रतियोगितामा लिटिल फल्वार एजुेकेशनल एकेडमी र न्यू लेखनाथ पब्लिक एकेडेमी तृतीय भएको दश जोड दुई फुटसल संयोजक विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो । त्यसैगरी टेबलटेनिस तर्फ छात्रा सिनियर… पुरा पढौ

आइटिएफ जे३० पोखरा सर्किट–२ सुरू, नेपाली खेलाडीहरुको उत्कृष्ट प्रदर्शन

पोखरा । आइटिएफ जे३० वल्र्ड टुर पोखरा सर्किट–२ आजबाट सुरू भएको छ । कास्की जिल्ला टेनिस संघको आयोजनामा सर्किट १ सकिएको दुई दिन लगतै सर्किट २ सुरू भएको हो । सर्किट२ मेन ड्रको पहिलो दिन नेपाली खेलाडीहरु तिव्र प्रतिस्पर्धामा उत्रिदैं उत्कृष्ट खेल प्रदर्शन गरेका छन् । नेपाली खेलाडी आयुष्मान हजुर घलेले उत्कृष्ट प्रदर्शन गर्दै भारतका अद्वित तिवारीलाई ६–४, ६–० ले पराजित गर्दै अन्तिम १६ मा प्रवेश गरेका छन् । त्यसै आरव सम्राट हाडाले आफ्नो उत्कृष्ट लयलाई कायम राख्दै भारतका वीर… पुरा पढौ