गण्डकी । पर्यटन राजधानी पोखरामा नयाँ पर्यटकीय गतिविधिका रुपमा हाइग्राउण्ड एडभेन्चर्स नेपालले आजदेखि सावर बञ्जी शुभारम्भ गरेको छ । पोखरा महानगरपालिका वडा नं २५ हेम्जामा विभिन्न साहसिक पर्यटकीय गतिविधि सञ्चालन गरिरहेकोमा कम्पनीले सावर बञ्जी पनि सञ्चालनमा ल्याएको संस्थाका निर्देशक तथा प्रमुख सञ्चालक अधिकृत दिनेश महर्जनले जानकारी दिए । “हाइग्राउण्ड एडभेन्चर्स नेपालले सन् २०१२ देखि पोखरामा साहसिक पर्यटकीय प्रडक्टका रुपमा विभिन्न गतिविधि सञ्चालन सुरु गरेको हो”, उनले भने, “सुरुमा जीपलाइनमात्रै सुरु गरिएकोमा त्यसपछि बञ्जी, स्वीङ र एटिभिलगायतका प्रडक्ट थपिएको हो ।”…
पुरा पढौ