खेलकुद

एनपिएलः जनकपुर बोल्ट्सको तेस्रो जित, पोखरा सात विकेटले पराजित

मंसिर २० काठमाण्डौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर बोल्ट्सले लगातार तेस्रो जित निकालेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा पोखरा एभेन्जर्सलाई सात विकेटले पराजित गर्दै जनकपुरले तेस्रो जित निकालेको हो । पोखरा एभेञ्जर्सले जितका लागि दिएको एक सय ३९ रनको लक्ष्य जनकपुरले १७ दशमलव एक ओभरमा तीन विकेट गुमाउँदै पूरा गरेको हो । जनकपुरले यसअघि विराटनगर किङ्ग्स र कर्णाली याक्सलाई पराजित गरेको थियो । जनकपुरको जितमा लाहिरु मिलन्थाले सर्वाधिक ४५ रन बनाए । यस्तै, आशिफ सेखले ३२,… पुरा पढौ

एनपिएल : विराटनगर किङ्ग्सद्वारा लुम्बिनी लायन्स पराजित

मंसिर १९ काठमाण्डौं । काठमाण्डौंमा जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किङ्ग्सले लुम्बिनी लायन्सलाई पराजित गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज सम्पन्न खेलमा विराटनगरले लुम्बिनीलाई दुई विकेट हराएको हो । यसअघि दुई खेलमा पराजित भएको विराटनगरको यो पहिलो जित हो । लुम्बिनी लायन्सले जितका लागि दिएको एक सय ९२ रनको लक्ष्य विराटनगरले १९ दशमलव पाँच ओभरमा आठ विकेट गुमाउँदै पूरा गरेको हो । विराटनगरको जितमा लोकेश बमले अर्धशतकीय पारी खेले । उनले ४७ बलमा ६… पुरा पढौ

पोखरा आइटिएफ जे३० जुनियर टेनिस : सिंगल्सतर्फ क्वार्टर र डबल्सतर्फ सेमीफाइनल समिकरण पुरा

मंसिर १९ पोखरा । जूनियर आईटीएफ वल्र्ड टेनिस टूर अन्तर्गत पोखरा सर्किट १ को तेस्रो दिनका खेलहरु निकै उत्साहजनक रुपमा सम्पन्न भएका छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा जारी प्रतियोगितामा सिंगल्स गल्र्स÷ब्वाइजतर्फ प्रिक्वार्टर र डबल्स गल्र्स÷ब्वाइजतर्फ क्वाटरफाइनलका खेलहरु सम्पन्न भएको टुर्नामेन्ट डाइरेक्टर अजय विष्टले जानकारी दिएका हुन् । तेस्रो दिनको खेलबाट ब्वाइजतर्फ नेपाली खेलाडी आरभ सम्राट हाडाले हाफ्नो जितको लयलाई कायम गर्दै क्वार्टरफाइनल प्रवेश गरेका छन् । आारभले भारतका वीर मदमलाई ६–३, ६–१ को सोझो सेटमा पराजित गरेका हुन्… पुरा पढौ

आर्थिक अभावमा पोखरामा १९ वर्ष मुनिको महिला विश्वकप क्रिकेट खेलाउन रोकिदैन : खेलकुद मन्त्री चौधरी

पोखरा, मंसिर १९ युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले आर्थिक अभावका कारण पोखरामा १९ वर्ष मुनिको महिला विश्वकप क्रिकेट खेलाउन नरोकिने बताएका छन् । पोखरा रंगशालास्थित क्रिकेट मैदानको निरीक्षणपछि पत्रकारसँग बोल्दै मन्त्री चौधरीले रकम अभावका कारण १९ वर्ष मुनिको महिला विश्वकप क्रिकेट खेलाउन नपाईने हो कि भन्ने चिन्ता नलिन पोखरेलीलाई आग्रह गरे । १९ वर्ष मुनिको महिला विश्वकप क्रिकेट सन २०२७ मा नेपाल र बंगलादेशले संयुक्त रुपमा आयोजना गर्दैछन् । प्रत्येक आयोजक राष्ट्रले कम्तिमा दुई वटा रंगशालामा खेल खेलाउनुपर्ने हुन्छ… पुरा पढौ

आदर्श कपको तयारी पूरा, उद्घाटन खेलमा आयोजक र तनहुँ खेल्ने

पोखरा, मंसिर १९ पोखराको लेखनाथमा यहि मंसिर २२ गतेदेखि आदर्शक कप फुटबल प्रतियोगिता हुने भएको छ । आदर्श युवा क्लव लेखनाथको आयोजनामा ‘निरन्तरता हाम्रो प्रतिबद्धता, फुटबल खेलको विकास हाम्रो दृढता’ भन्ने मूल नाराका साथ हुने प्रतियोगिता मंसिर २८ गतेसम्म सञ्चालन हुने बुधबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो । ६ वर्षपछि हुन लागेको यो प्रतियोगिता आदर्श कपको २५ औं श्रृंखला हो । २०७५ सालमा २४ औं आदर्श कप भएपश्चात कोभिड–१९, मन्दीलगायतका कारणले हुन नसकेको अवस्थामा यस वर्षदेखि पुनः निरन्तरता… पुरा पढौ

यु–१९ एसिया कप : नेपालद्वारा अफगानिस्तान पराजित

मंसिर १८ काठमाण्डौं । संयुक्त अरब इमिरेट्स (युएई) मा जारी उन्नाइस वर्षमुनिको एसिया कप क्रिकेट प्रतियोगिताको अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई एक विकेटले पराजित गरेको छ । दुबईको शारजाह क्रिकेट मैदानमा टस जितेर अफगानिस्तानले पहिला ब्याटिङ गर्दै ३५ दशमलव चार ओभरमा सवै विकेट गुमाएर एक सय २३ रन बनायो । एक सय २४ रनको लक्ष्य नेपालले ४१ दशमलव तीन ओभरमा नौ विकेट गुमाएर पुरा ग¥यो । नेपालका लागि नरेन साउदले सर्वाधिक २६, कप्तान हेमन्त धामीले २२, अर्जुन कुमालले २१, अभिषेक तिवारीले… पुरा पढौ

पोखरा आइटिएफ जे ३० टेनिस : दोस्रो दिन पहिलो चरणका खेल जारी

मंसिर १८ पोखरा । कास्की जिल्ला टेनिस संघको आयोजनामा आइटिएफ वल्र्ड टेनिस टुर जे३० अन्तर्गत पहिलो सर्किटका खेलहरु दोस्रो दिन पनि जारी रहेका छन् । प्रतियोगिता अन्तर्गत दोस्रो दिन गल्र्स÷ब्वाइज सिंगल्स जारी रहेका छन् भने गल्र्स÷ब्वाइज डबल्सतर्फका खेलहरु सुरु भएका छन् । प्रतियोगिताको दोस्रो दिन ब्वाइज सिंगल्सतर्फ पहिलो राउन्डको दोस्रो दिनको खेलमा प्रनव मानन्धर (नेपाल)ले श्रीकर धोनी (भारत) लाई ६–१, ७–५ ले पराजित गरे । त्यसै गरी हैनुओ गुओ (चीन) ले यश्विन दहिया (भारत) लाई २–६, ६–१, ६–१ ले पराजित… पुरा पढौ

पोखरा आइटिएफ जे३० प्रतियोगिता शुरु, पोखराको पर्यटनमा ‘स्पोर्ट्स टुरिजम’ महत्वपूर्ण–मेयर आचार्य

पोखरा । कास्की जिल्ला टेनिस संघको आयोजनामा आइटिएफ वल्र्ड टेनिस टुर जे३० सर्किट १ र २ सुरू भएको छ । प्रतियोगिताको पहिलो दिन पहिलो सर्किटमा ३५ खेल सम्पन्न भएको संघले जनाएको छ । प्रतियोगिताका विश्व नं १ बरियता जापनका रिकु हागासीले भारतका रौनक कश्यपलाई ६–०, ६–१ को सोझो सेटमा पराजित गरेका छन् । गत वर्ष समेत नेपाल आएका रिकुले आफ्नो लयमा खेल खेल्दै आफ्नो पहिलो खेल जिते । त्यसै ब्वाइजतर्फ नै नेपाली खेलाडी सक्षम विक्रम शाहले भारतिय खेलाडी शौनक चटर्जीलाई… पुरा पढौ

गण्डकी विश्वविद्यालयले दोस्रो कुलपति रनिङसिल्ड फुटबल प्रतियोगिता गर्दै, विजेताले एक लाख पाउने

पोखरा । गण्डकी विश्वविद्यालयको आयोजनामा दोस्रो कुलपति रनिङ सिल्ड फुटबल प्रतियोगिता हुने भएको छ । मंसिर २९ गतेदेखि पुस ३ गतेसम्म पोखरा रंगशालामा दोस्रो कुलपति रनिङ सिल्ड फुटबल प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा गण्डकी प्रदेशका माध्यमिक विद्यालयले सहभागिता जनाउन सक्ने प्रतियोगिता संयोजक डा. मधुसुधन सुवेदीले जानकारी दिए । सोमबारदेखि टिम दर्ता खुला गरिएको सुवेदीले बताए । दर्ता शुल्क २५ सय तोकिएको छ । उक्त प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफि र मेडल प्राप्त गर्ने प्रतियोगिता… पुरा पढौ

एनपिएल : अनिलको अर्द्धशतकीय पारीको मद्दतमा जनकपुर बोल्ट्स लगातार विजयी

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा कप्तान अनिलकुमार साहको अद्र्धशतकीय पारीको मद्दतमा जनकपुर वोल्ट्सले कर्णाली याक्सलाई आठ विकेटले पराजित गरेको छ । जनकपुर वोल्ट्स आफ्नो दोस्रो खेलमा लगातार विजयी भएको हो । यसअघि शनिबार सम्पन्न पहिलो खेलमा जनकपुर वोल्ट्स विराटनगर किङ्ग्ससित आठ विकेटले नै विजयी भएको थियो । जितसँगै जनकपुर वोल्ट्स अङ्क तालिकाको शीर्ष स्थानमा रहेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको कर्णाली याक्सले निर्धारित २० ओभरको खेलमा सात विकेट गुमाउँदै एक सय ४१… पुरा पढौ