खेलकुद

पोखरा मोटो–इन्डूरो क्रस च्याम्पियनसिप : पुरुषमा राजेश र महिलामा वर्षालाई उपाधि

चैत २५ पोखरा । पोखरा राइडर्स क्लब आयोजनामा पहिलोपल्ट भएको पोखरा मोटो–इन्डूरो क्रस च्याम्पियनसिप अभूतपूर्व सफलरुपमा सम्पन्न भएको छ । पोखरा २३, वाम्दीमा २ दिनसम्म चलेको प्रतियोगितामा पुरुषतर्फ ओेपन इलाइटमा काठमाडौंका राजेश मगर र महिलातर्फ ललितपुरकी वर्षा बस्नेतले उपाधि जिते । पुरुषमा अन्जित बुढाथोकी दोस्रो र आशुतोष धोन्जु तेस्रो भए । महिलातर्फ मन्दिरा भण्डारी दोस्रो र सुरक्षा केसी तेस्रो भए । पुरुष र महिलातर्फ प्रथमले जनही १ लाख ५० हजार प्राप्त गरे । पुरुषमा दोस्रो र तेस्रोले क्रमशः १ लाख… पुरा पढौ

तेश्रो मनुश्री/भिग्नाजित जुनियर टेनिस: दर्शिलले जिते दोहोरो उपाधि

पोखरा । तेश्रो मनुश्री/भिग्नाजित जुनियर टेनिस प्रतियोगितामा दर्शिल श्रेष्ठले दोहोरो उपाधि जितेका छन् । कास्की जिल्ला टेनिस संघको आयोजनमा आइतबार सम्पन्न फाइनलमा दर्शिलले यू–१६ सिंगल्स र ओपन ब्वाइज डवल्सतर्फ गरी उपाधि जितेका हुन् । उनले यू–१६ सिंगल्सतर्फ सृजन भट्टराईलाई ६–२, ६–३ को सोझो सेटमा पराजित गरे भने ओपन डबल्सतर्फ शास्वत बज्रचार्य संग जोडी बनाएका दर्शिलले स्पन्दन उदास र एड्रिन थापाको जोडीलाई फाइनलमा ६–२, ६–२ को सेटमा पराजित गरे । सिंगल्सतर्फ उपाधि जितेका दर्शिलले नगद रु २० हजार र उपविजेता सृजनले… पुरा पढौ

बुद्ध विशाल बजार व्यापारिक एशोसियसनको फुटसल प्रतियोगिता सम्पन्न

पोखरा । बुद्ध विशाल बजार व्यापारिक एशोसियसन पोखराले आफ्ना व्यवसायी बिच सातौ आन्तरिक फुटसल प्रतियोगिता आयोजना गरेको छ । लिगको आधारमा खेलाइएको उक्त फुटसल प्रतियोगितामा पाँच टिम सहभागी रहेकोमा राजेश खाँडको टिम प्रथम हुदै नगद चौविस हजार सहित सिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो भने अकित श्रेष्ठको टिम द्वितीय हुदै नगद सोहृ हजार सहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो भने उत्कृष्ट खेलाडीको उपाधि सुमन तामाङले प्राप्त गरेका थिए । यस अघि कार्यक्रमको उद्वघाटन गर्दे प्रमुख अतिथि गण्डकी प्रदेशका… पुरा पढौ

खेलकुद पत्रकार मञ्च गण्डकीलाई फुटसल उपाधि

चैत २४ पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीले मैत्रीपूर्ण फुटसलको उपाधि जितेको छ । विश्व खेलकुद दिवसको अवसरमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेश शाखाले आयोजना गरेको मैत्रीपूर्ण खेल मञ्चले जितेको हो । शनिबार अमरसिंह फुटसलमा भएको फाइनल खेलमा पोखरा संगीत समूहलाई ५–२ गोल अन्तरले पराजित गर्दै पत्रकारको टिमले उपाधि जितेको हो । पत्रकारको जितमा निकोलस गुरुङले ह्याट्रिक पूरा गरे । अर्जुन गाहा ‘सुशान्त’ र प्रवेश पोखरेलले १÷१ गोलको योगदान दिए । संगीत समूहको तर्फबाट विश्वास गुरुङ… पुरा पढौ

स्याङ्जाको फेदीखोलामा चैते दशै मेला वैशाख २ देखि

चैत २४ पोखरा । स्याङ्जाको फेदीखोलामा रामनवमी तथा चैते दशै मेला हुने भएको छ । हिम शिखर क्लबको आयोजना तथा फेदीखोला गाउँपालिकाको प्रवद्र्धनमा आउदो बैशाख २ गतेदेखि फेदीखोला रंगशालामा मेला हुने भएको हो । चार दिनसम्म चल्ने मेलामा जिल्ला स्तरीय भलिबल प्रतियोगिता, भेट्रान्स भलिबल प्रतियोगिता, विभिन्न मनोरञ्जनात्मक तथा साँस्कृतिक कार्यक्रम हुने क्लबले जनाएको छ । मेलाको मुख्य आकर्षणको रुपमा भलिबल प्रतियोगिता रहेको क्लबका अध्यक्ष दिलकाजी गुरुङले बताए । गुरुङका अनुसार भलिबल प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख २१ हजार… पुरा पढौ

तेश्रो मनुश्री/भिग्नाजित जुनियर टेनिस : यू–८ गर्ल्सतर्फ अमेरा च्याम्पियन, अन्य खेल जारी

पोखरा । तेश्रो मनुश्री/भिग्नाजित जुनियर टेनिस यू–८ गर्ल्स सिंगल्समा अमेरा गुप्ता च्याम्पियन बनेकी छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालास्थित टेनिस सेन्टरमा जारी प्रतियोगितामा अमेराले श्रेयाश्री पाण्डेलाई सुपर टाइव्रेकमा १०–३, १०–४ ले पराजित गरेकी हुन् । जारी प्रतियोगितामा यू–१६ व्वाइज सिंगल्स ओपनतर्फ फाइनलमा दर्शिल र सृजन भट्टराई फाइनलमा आमने सामने हुनेछन् । सम्पन्न सेमीफाइनलमा दर्शिलले अमन नेपालीलाई ६–०, ६–१ ले र सृजनले शास्वत बज्रचार्यलाई ७–६, ६–४ को सोझो सेटमा पराजित गरेका थिए । यता गर्ल्सतर्फ सुनिरा थापाले आयशा… पुरा पढौ

एसएमएस मैत्रीपूर्ण कप : नेपाल बराेडासँग ३७ रनले पराजित

चैत २३ काठमाण्डौं । भारतमा जारी एसएमएस फ्रेन्डसिप कपअन्तर्गत लिगको अन्तिम खेलमा आज बरोडाले नेपाललाई ३७ रनले पराजित गरेको छ । जितका लागि बरोडाले प्रस्तुत गरेको एक सय ५७ रनको लक्ष्य पछ्याएको नेपाल १८ दशमलव पाँच ओभरमा अलआउट हुँदै एक सय १९ रनमा समेटियो । नेपालका लागि सन्दीप जोराले सर्वाधिक ५६ रन बनाए । उनले ४३ बल खेल्ने क्रममा चार छक्का र तीन चौका प्रहार गरे । साथै विवेक यादवले १७, कुशल भुर्तेलले १६ रन बनाए भने अन्य ब्याटरले उल्लेखनीय… पुरा पढौ

तेश्रो मनुश्रीरभिग्नाजित जुनियर टेनिसमा भोली सेमीफाइनलका खेल हुने

पोखरा । पोखरामा जारी तेश्रो मनुश्रीरभिग्नाजित जुनियर टेनिसमा भोली (शुक्रबार) सेमीफाइनलका खेल सञ्चालन हुने भएका छन् । कास्की जिल्ला टेनिस संघको आयोजना उक्त प्रतियोगिता पोखरा रंगशालास्थित टेनिस सेन्टरमा जारी प्रतियोगितामा दोश्रो दिन विभिन्न उमेर समुहका २१ खेलहरु सम्पन्न भए संगै भोली सेमीफाइनलका खेलहरु सञ्चालन हुने भएका हुन् । प्रतियोगितामा यू–१२ गर्ल्स सिंगल्समा सारा पन्त र ऐरा खत्री र अनुश्री धोजु र जिवाश्री भट्टराई समेीफाइनलमा आमने सामने हुनेछन् । यू–१६ गर्ल्स सिंगल्समा आइशा म्याक्ग्लान र सुनिरा थापा सेमीफाइनलमा भिड्नेछन् । यू–१०… पुरा पढौ

मुक्तिनाथ स्थित सेल्फी डाँडामा ३ हजार ५० मिटर मोटोखाना रेस सम्पन्न

पोखरा । ट्रान्स हिमालय एड्भेन्चर अन्तर्गत हिजो मुक्तिनाथ नजिकै सेल्फी डाँडामा ३ हजार ५० मिटर मोटोखाना रेस सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय मोटरसाइकल फेडेरेसनमा आवद्ध क्लवहरुमा यो सम्भवतः सबैभन्दा उच्चाईमा भएको अफिसियल रेस हो । ट्रान्स हिमालय एड्भेन्चर अर्थात मोटरसाइकल टुरिङ र रेसिङ गरिरहेका बाइक राइडरहरुको टोली बुधबार मुस्ताङको मुक्तिनाथ पुगेको छ । गत सोमबार काठमाडौंबाट प्रस्थान गरेका राइडरहरुको टोली पोखरा, बेनी हुँदै मुक्तिनाथ पुगेका हुन् । मुक्तिनाथ नजिकै सेल्फी डाँडामा राइडरहरुका बिच ट्रेल बाइक रेस प्रतियोगिता समेत आयोजना गरियो… पुरा पढौ

पोखरामा मनुश्री/भिग्नाजित जुनियर टेनिस सुरु

पोखरा । पोखरामा तेश्रो संस्करणको मनुश्री/भिग्नाजित जुनियर टेनिस प्रतियोगिता सुरु भएको छ । कास्की जिल्ला टेनिस संघको आयोजना उक्त प्रतियोगिता पोखरा रंगशालास्थित टेनिस सेन्टरमा सुरु भएको हो । प्रतियोगिताको पहिलो दिन गर्ल्स र ब्वाइजतर्फ गरी सात खेल सम्पन्न भएको टुर्नामेन्ट डाइरेक्टर प्रिती बरालले जानकारी दिएकी छन् । पहिलो दिन यू–१० ब्वाइजतर्फ इभान भट्टारई जित निकालेका छन् । उनले रजन खडका लाई ६–३, ६–० ले पाखा लगाए । त्यसै गरी यू–१० तर्फनै संघर्ष फौदारले ओमयूग थापालाई ६–०, ६–१ ले पराजित गर्दा… पुरा पढौ