सूचना-प्रविधि

स्वर्डफिसले गण्डकीमा भित्र्यायो ज्वेलरी म्यानेजमेन्ट सफ्टवेयर ‘दीपअर्थ’

स्वर्डफिस टेक्नोलोजीले ज्वेलरी गहना क्षेत्रकै पहिलो म्यानेजमेन्ट सफ्टवेयर ‘दीपअर्थ’ गण्डकी प्रदेशमा भित्र्याएको छ । परम्परागत रूपमा सञ्चालन भइरहेका गहना व्यवसायलाई आधुनिक एवं डिजिटल प्रणालीतर्फ उन्मुख गराउने लक्ष्यका साथ यो सफ्टवेयर औपचारिक रूपमा शनिबारदेखि बजारमा ल्याइएको हो । स्वर्डफिस टेक्नोलोजीका प्रबन्ध निर्देशक किसान सुनारका अनुसार यो आन्तरिक राजस्व कार्यालयबाट मान्यता प्राप्त सफ्टवेयर हो । यसअघि काठमाडौँमा मात्रै करिब २ सयभन्दा बढी व्यावसायिक कम्पनीहरूले यसको सफल प्रयोग गरिसकेका छन् ।यस सफ्टवेयर परिवर्तित समयानुसार अनुकुल रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका सचिव निर्मल दियालीले… पुरा पढौ

लामाचौरमा जिसिईएस आई टि एक्स्पो सुरु, सुचना र प्रविधिका ११ स्टल

शिशिर उजाडपोखरा ११ औ संस्करणको जिसिईएस आई टि एक्स्पो पोखराको लामाचौरमा सुरु भएको छ । गण्डकी कलेज अफ इन्जिनियरिङ्ग एन्ड साइन्सको आयोजनामा शुक्रबारसम्म संचालन हुने एक्स्पोको पोखरा विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर विष्णुप्रसाद तिवारीले उद्घाटन गरे । कार्यक्रममा बोल्दै तिवारीले सुचना र प्रविधिको विकाससँगसँगै यसको प्रयोगमा समेत नागरिक सचेत हुनुपर्नेमा जोड दिए । उनले यस्ता एक्स्पोले सुचना र प्रविधिको क्षेत्रमा विकसित पछिल्ला स्वरुपको जानकारी दिने बताउँदै, यसको अध्ययन र अवलोकन गर्न आवश्यक रहेको बताए । उपकुलपति पौडेलले गण्डकी कलेजका विद्यार्थी सुचना… पुरा पढौ

खेलकुद पत्रकार मञ्चको एआई तालिम सम्पन्न

नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीको आयोजनामा पोखरामा शुक्रबारदेखि सुरु भएको ‘डिजिटल खेलकुद पत्रकारितामा एआई’ तालिम सम्पन्न भएको छ । सूचना तथा सञ्चार मन्त्रालय सिंहदरबार, काठमाडौंको सहयोगमा भएको तालिममा खेलकुद पत्रकारहरूलाई एआईको सहयोगमा समाचार लेखन, तथ्यांक विश्लेषण, फोटो, अडियो, भिडियो सम्पादन र सामाजिक सञ्जाल व्यवस्थापनमा एआईको भूमिकाबारे व्यवहारिक अभ्यास गराइएको थियो । दुई दिनसम्म चलेको तालिमले पोखराका खेलकुद पत्रकारहरुलाई आधुनिक प्रविधिमा अभ्यस्त बनाउन महत्वपूर्ण भूमिका खेलेको आयोजकले विश्वास लिएको छ । तालिम समापनमा नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष माधव रेग्मीले पत्रकारहरु… पुरा पढौ

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा

अन्नपूर्ण संरक्षित क्षेत्र मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन क्यामेरा उडाउँदै गरेको अवस्थामा प्रहरीले एक भारतीय पर्यटकको ड्रोन क्यामेरा नियन्त्रणमा लिएको छ । मुस्ताङको घरपझोङ गाउँपालिका–३ स्याङ खोला पुल नजिकै बुधबार साँझ ५ः०० बजे बिना अनुमति ड्रोन क्यामेरा उडाइरहेको अवस्थामा भेटिएपछि जिल्ला प्रहरी कार्यालय मुस्ताङले भारतीय पर्यटकको एक थान ड्रोन क्यामेरा नियन्त्रणमा लिएको जनाएको छ ।भारत विहार प्रदेश वैशाखी जिल्लाका २६ वर्षीय नागरिक शिवम कुमारको डिजिएल कम्पनीको २४० ग्राम वजनको ड्रोन क्योमरा प्रहरीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए… पुरा पढौ

नेतृत्व पाएसँगै नवप्रवर्तन मन्त्रालयले थाल्यो काम, मन्त्रालयमै डेरा सरे मन्त्री पुन

नेतृत्व पाएसँगै नवगठित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले संस्थागत र नीतिगत काम सुरू गरेको छ । नेपाल सरकारको पछिल्लो कार्यविभाजनबाट साविक शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट विज्ञान तथा प्रविधि हटाएर नवप्रवर्तन थपेर विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय स्थापना भएको हो । मन्त्रालयमा स्वतन्त्र सांसद महावीर पुनले मङ्गलबारदेखि मन्त्रीका रूपमा जिम्मेवारी सम्हालेका छन् ।मन्त्रालयलाई नै आफ्नो अस्थायी आवास बनाउने योजना अनुरुप उनी आफ्ना बन्दोबस्तीका सामानसहित आज सिंहदरबारस्थित मन्त्रालयमा डेरा सरेका हुन् । उनी आज बिहानै आफ्नो बन्दोबस्तिका सामानसहित मन्त्रालय डेरा सरेका… पुरा पढौ

पत्रकारितामा मल्टिमिडिया र एआई प्रयोगबारे तालिम

नेपाल पत्रकार महासंघ कास्कीको आयोजनामा आईतबारदेखि पत्रकारितामा मल्टिमिडिया तथा एआई सम्बन्धी तालिम सुरु भएको छ । वैशाख २९ गतेसम्म सञ्चालन हुने तालिमको पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याललले गरेका हुन् । उद्घाटनपछि उनले पत्रकारितालाई समाज रूपान्तरणको मुख्य आधारका रूपमा चित्रण गरे । उनले कलमको शक्तिले समाजलाई सही दिशा दिने र सरकारका कमजोरीहरूलाई औँल्याएर सुधारको बाटो देखाउने बताए । उनले भने, ‘कलमले जहिले पनि समाजलाई रूपान्तरण गर्ने काम गर्छ । पत्रकारिताले सरकार, समाज र विभिन्न संघसंस्थाका कमजोरी र राम्रा पक्षलाई… पुरा पढौ

प्रतिभा माविमा विज्ञान हाजिरीजवाफ

पोखराको पालिखेचोकस्थित प्रतिभा माविले गण्डकी प्रदेशस्तरीय विज्ञान हाजिरीजवाफ प्रतियोगिता आयोजना गरेको छ । माध्यमिक शिक्षा परीक्षा (एसइइ) दिएर बसेका विद्यार्थीका लागि विद्यालयले कार्यक्रम आयोजना गरेको हो । आइतबार आयोजित कार्यक्रममा पोखरा र कास्की आसपासका गरेर २९ वटा विद्यालयका टिमले सहभागिता जनाएका छन् । प्रतिस्पर्धामा अक्सिजन टिम प्रथम भएर ३० हजार रुपैयाँ नगद पुरस्कार पाएको छ । त्यस्तै दोश्रो भएको नाइट्रोजन टिमले २० हजार रुपैयाँ पुरस्कार पायो । प्रतिश्पर्धामा नियन टिम तेश्रो भएर १० हजार रुपैयाँ पुरस्कार पायो । चौथो भएको… पुरा पढौ

गण्डकीका पत्रकारको लागि अन्तिम चरणको डेटा ड्रिभन पत्रकारिता तालिम सुरु

पोखरामा तथ्यांक पत्रकारिता (डेटा ड्रिभन) को अन्तिम चरणको तालिम आइतबारदेखि सुरु भएको छ । प्रेस रजिष्ट्रारको कार्यालय गण्डकीले आयोजना गरेको तालिमको पहिलो हप्ता भौतिक तालिम त्यसपछिको छ हप्ता अनलाइन र अन्तिम हप्ता पनि भौतिक गरी कुल ८ हप्तासम्म तालिम सञ्चालन हुनेछ । जसमध्ये अन्तिम चरणको भौतिक तालिम आइतबारदेखि सुरु भएको हो । तालिमको उद्धाटन सत्रमा बोल्दै प्रेस रजिष्ट्रार बिमला भण्डारीले पत्रकारकै आवश्यकताको आधारमा तालिम राखिएको बताइन । पत्रकारको दक्षता वृद्धिका लागि अनेकन अड्चन झेलेरै भएतापनि यो प्रकृतिको तालिम आयोजना गरिएको… पुरा पढौ

जन्मदर्ता, विवाह दर्ताजस्ता पञ्जीकरणसम्बन्धी प्रमाणपत्र पनि नागरिक एपमा उपलब्ध हुने

राष्ट्रिय पञ्जीकरणका सूचना नागरिक एपमा एकीकरण गर्ने प्रक्रिया अघि बढाईएको छ । जन्म दर्ता, विवाह दर्ता, सम्बन्धबिच्छेद दर्तालगायतका पञ्जीकरणका सूचना एकीकृत प्रणालीमा आबद्ध गर्ने प्रक्रिया थालिएको सूचना प्रविधि विभागका महानिर्देशक श्रीचन्द्र साहले जानकारी दिए । अहिले यी विवरणहरू एकीकरणका लागि प्रारम्भिक प्रक्रिया थालिएको र केही समयभित्र कार्यान्वयनमा ल्याउनेगरी तयारी भइरहेको उनको भनाइ छ । तथ्याङ्क एकीकरणपछि जन्मदर्ता, विवाह दर्ताजस्ता पञ्जीकरणसम्बन्धी प्रमाणपत्र पनि नागरिक एपमा उपलब्ध हुनेछन् ।पछिल्लो समय सरकारले डिजिटल सुशासनलाई थप सुदृढ गर्ने लक्ष्यसहित नागरिक सेवाहरूलाई अनलाइन माध्यमबाट उपलब्ध… पुरा पढौ

१० हजारभन्दा बढी अनलाइन सट्टेबाजी एप र वेबसाइट बन्द

अनलाइन सट्टेबाजीसँग सम्बन्धित १० हजारभन्दा बढी एप्लिकेसन एप र वेबसाइट यूआरएल बन्द गरिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका उपनिर्देशक सूर्यप्रसाद लामिछानेका अनुसार अवैध रूपमा सञ्चालनमा रहेका सट्टेबाजीसम्बन्धी एप तथा वेबसाइटहरू पहिचान गरी बन्द गरिएको हो । “सबैजसो इन्टरनेट सेवा प्रदायकले हालसम्म १० हजारभन्दा बढी यस्ता एप र वेबसाइट बन्द गरिसकेको जानकारी गराएका छन् । नेपाल टेलिकमले सबैभन्दा धेरै २१ हजारभन्दा बढीको सङ्ख्यामा बन्द गरेको छ, यस्ता एप र वेभसाइट निरन्तर पहिचान गर्ने र बन्द गर्ने क्रम चलिरहेको छ”, लामिछानेले भने… पुरा पढौ