सूचना-प्रविधि

सूचना तथा प्रसारण विभागबाटै अनलाइन दर्ता र नवीकरण सुरु

सरकारले अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण सूचना तथा प्रसारण विभागबाटै सुरु गरेको छ । छापाखाना र प्रकाशनसम्बन्धी ९दोस्रो संशोधन० नियमावली स्वीकृत गर्दै सरकारले विभागबाटै अनलाइन न्यूज पोर्टल दर्ता तथा नवीकरण अब पुरानै व्यवस्थाअनुसार सूचना तथा प्रसारण विभागबाट गर्ने व्यवस्था मिलाएको हो । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त नियमावली स्वीकृत गरेपछि आज नेपाल राजपत्रमा प्रकाशित भएको छ । विभागले आजै सूचना प्रकाशित गरेर अनलाइन सञ्चारमाध्यम सञ्चालनसम्बन्धी दर्ता र नवीकरण सुरु भएको जनाएको छ । विभागका महानिर्देशक उदयबहादुर राना मगरले छापाखाना र… पुरा पढौ

आगामी पुसमा बाघ गणना गरिने

आगामीे पुसमा बाघ गणना गरिने भएको छ । पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना गर्न लागिएको हो । बाघ गणनापछि गैँडा गणना गर्ने योजना रहेको जनाइएको छ । गत आर्थिक वर्षमा अन्तिम अवस्थामा दाताले सहयोग गर्न नसक्ने जनाएपछि रोकिएको गैँडा गणना यस वर्ष गर्न लागिएको हो । यस वर्ष राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले बाघ गणनाका लागि बजेट विनियोजन गरेको छ । हरेक चार–चार वर्षमा बाघ गणना गरिँदै आएको छ । विभागका वरिष्ठ इकोलोजिष्ट हरिभद्र… पुरा पढौ

पोखरामा विद्युतको तार चोर्ने गिरोह सक्रिय, ट्रान्सफर्मर सुरक्षाको माग

शिशिर उजाडपोखरा पोखरामा नेपाल विद्युत प्राधिकरणले चालु अवस्थामा रहेका ट्रान्सफर्मरमा जडान गरेको तामाका तार चोरी गर्ने समुह सक्रिय भएको छ। पटक पटक त्यस्तो समुहले पोखरा– १८,ग्यारजाती र पोखरा– २२, पुम्दीभुम्दीका ट्रान्सफर्मरमा जडान गरिएको तामाको तार नै चोरी गरेको नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले जनाएको छ। सो स्थान सहित पोखरा– १८ कै सुन्दर चौतारा,पदेंली, पोखरा– २१ को पोख्रेल थोक र अन्नपुर्ण गाउँपालिकाको अधिकारी डाँडामा पनि चालु अवस्थाका ट्रान्सफर्मरमा जडान गरिएका तामाको तार चोरी भएका हुन्। तार चोरी भएपछि त्यस स्थानबाट… पुरा पढौ

पर्वतमा नेपालकै अग्लो हाइलाइनको सफल परीक्षण

साहसिक पर्यटकको प्रमुख गन्तव्यका रूपमा विकास हुँदै गएको पर्वतमा नेपालकै अग्लो स्थानमा हाइलाइनको सफल परीक्षण गरिएको छ । कुश्माबजार र छिमेकी जिल्ला बागलुङको बलेवा जोड्ने गरी ‘द क्लिफ’ले सञ्चालन गरेको विश्वकै अग्लो बञ्जी पुल र ‘द हार्नेस’ प्रालीले सञ्चालन गरेको विश्वकै लामो ‘सुपरम्यान’ शैलीको जिपलाइनलाई जोडेर मुदुकमा पहिलोपटक अग्लो र लामो दूरीमा हाइलाइनको अभ्यास गरिएको हो । हाइलाइन मानसिक तथा शारीरिक शक्ति परीक्षण गर्ने अत्यन्त रोमाञ्चक खेलका रूपमा मानिन्छ । कालीगण्डकी खोँचमा ४०८ मिटर लामो र २२८ मिटरको उचाइमा पहिलोपटक… पुरा पढौ

‘जेरी अन टप’असोज ३१ मा रिलिज हुने

सगरमाथा आरोहण र त्यसक्रमको प्रेमकथामा आधारित नेपाली चलचित्र ‘जेरी अन टप’ आगामी असोज ३१ गतेदेखि प्रदर्शन हुने भएको छ। प्रस्तुतकर्ता सरोज न्यौपानेले युवापुस्ताको कथामा नेपालको सौन्दर्य देखिने एउटा स्तरीय चलचित्र बनाउने कोसिस गरेको बताए । उनले भने, “हामीले नेपालको सौन्दर्यलाई चलचित्रमा प्रस्तुत गरेका छौँ, चलचित्रको मुख्य पात्रले सगरमाथा आरोहण गर्ने क्रममा निम्तिने घटनाक्रम देखाइएको चलचित्रले पर्यटनमा टेवा पु¥याउने अपेक्षा लिएको छु, नेपाली चलचित्र भनेर गौरव गर्न मिल्ने गरी हामी सबैले मेहनत गरेका छौँ ।”उनले उक्त चलचित्र यही असोज ३१ गतेदेखि… पुरा पढौ

पोखरामा विज्ञ नक्साकंन सहित प्रशिक्षक प्रशिक्षण तालिम

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान,पोखराको आयोजनामा पाँच दिने प्रशिक्षक प्रशिक्षण तालिम पोखरामा संचालन भएको छ । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान,जावलाखेल,ललितपुरको सहकार्यमा सोमबारसम्म संचालन हुने तालिमको उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका प्रमुख सचिव डण्डुराज घिमिरेले तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतार्दै गाउँ गाउँमा प्रयोगात्मक ढङ्गले समुदायसम्म पुर्‍याउनुपर्नेमा जोड दिएका छन।गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानले २०७५ सालदेखि नै नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको स्तरमा तालिमहरू सञ्चालन गर्दै आएको उल्लेख गरेका थिए। ३२ जना सहभागि तालिममा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका वरिष्ठ अध्ययन निर्देशक विनोदकुमार विष्ट लगायतले सहजीकरण… पुरा पढौ

सरकारको मुख्य कार्यादेश निर्वाचन गराउनु हो सञ्चारमन्त्री खरेल

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ‘जेनजी’ आन्दोलनको जगबाट निर्मित वर्तमान सरकारको मुख्य कार्यादेश सबै राजनीतिक दल र जनताको सहभागितामा तोकिएको समयावधिमा प्रतिनिधिसभाको निर्वाचन गराउनु रहेको बताए । राष्ट्रिय समाचार समितिको भद्रकालीस्थित केन्द्रीय कार्यालयको आज अवलोकन भ्रमणपछि आयोजित कार्यक्रममा मन्त्री खरेलले आगामी फागुन २१ गते हुने निर्वाचनको वातावरण बनाउन सबैसँग आग्रह गरे । निर्वाचन गर्ने सन्दर्भमा सरकारका तर्फबाट प्रधानमन्त्री सुशीला कार्कीबाट प्रतिबद्धता आइसकेको स्पष्ट पार्दै निर्वाचनको वातावरण निर्माण गर्न महत्त्वपूर्ण भुमिका हुने सञ्चार जगतबाट सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे… पुरा पढौ

सामाजिक बिकास मन्त्री विन्दुकुमार थापाद्वारा सहारा आ. विद्यालयको विज्ञान प्रयोगशाला समुद्घाटन

पोखरा । पोखरा महानगरपालिका–९ मा रहेको सहारा बाल आधारभूत विद्यालयमा गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले आज (मंगलबार) एक कार्यक्रमका बीच विभिन्न शैक्षिक तथा प्रविधि सामग्रीहरू हस्तान्तरण गरी समुद्घाटन गर्नुभएको छ। विद्यालयको स्तरोन्नति र प्रविधियुक्त शिक्षामा टेवा पुर्याउने उद्देश्यले विज्ञान प्रयोगशाला, प्रोजेक्टर, फर्निचर र साउण्ड सिस्टम प्रदान गरिएको हो। कार्यक्रममा सामाजिक विकास मन्त्रालयअन्तर्गत कास्की सामाजिक विकास कार्यालयबाट उपलब्ध रु २ लाख बराबरको विज्ञान प्रयोगशाला सामग्री, सहारा युकेका महासचिव क्याप्टेन पिताम्बर गुरुङको सहयोगमा खरिद गरिएको रु… पुरा पढौ

कास्कीमा अनिवार्य तथा निशुल्क शिक्षाको प्रभावकारी कार्यान्वयनकालागि अन्तरक्रिया सम्पन्न

पोखरा । संविधानले प्रत्याभूत गरेको अनिवार्य तथा निशुल्क शिक्षाको कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले कास्की जिल्लामा सरोकारवालाहरूको सहभागितामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। नेपाल सरकारले २०७८ सालमा पास गरेको ‘निःशुल्क तथा अनिवार्य विद्यालय शिक्षा ऐन, २०७५’ को कार्यान्वयन अन्तर्गत आगामी २०८५ वैशाख १ गतेदेखि यो प्रावधान पूर्ण रूपमा लागू गर्ने तयारी गरिरहेको सन्दर्भमा कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका प्रमुख तथा जिल्ला शिक्षा समितिका संयोजक लीलाधर पौडेलले निशुल्क शिक्षा अब व्यवहारमा लागू हुन लागेको कुरालाई सकारात्मक परिवर्तनको संकेत… पुरा पढौ

नीति एकेडेमीमा वेव डिजाइन एवं डेभलपमेन्ट तालिम शुभारम्भ

पोखरा । पोखरा महानगरपालिका वडा नं ८ को आयोजना तथा नीति एकेडेमी पोखरा–९ को सहकार्यमा वेव डिजाइन एवं डेभलपमेन्ट तालिम आइतबारदेखि सुरु भएको छ । १५ दिनसम्म सञ्चालन हुने तालिममा १५ जना सहभागी छन् । उनीहरुलाई नीति एकेडेमीका प्रमुख प्रशिक्षक डम्मर खडायतले तालिम प्रदान गर्नेछन् । एआई टुल्समार्फत कार्यक्रम शुभारम्भ गर्दै पोखरा–७ का वडाध्यक्ष राममोहन आचार्यले वर्तमान समयलाई ध्यानमा राखेर आयोजित तालिम निकै उपयोगी हुने विश्वास व्यक्त गरे । उनले वेव डिजाइन तालिमले युवालाई आत्मनिर्भर बनाउने र रोजगारीको नयाँ ढोका… पुरा पढौ