सूचना-प्रविधि

सात हजारभन्दा बढी ‘अनलाइन’ सट्टेबाजी ‘एप’ र ‘वेबसाइट’ बन्द

‘अनलाइन’ सट्टेबाजीसँग सम्बन्धित सात हजारभन्दा बढी ‘एप्लिकेसन एप’ र ‘वेबसाइट’ युआरएल बन्द भएका छन् । सरकारको शासकीय सुधारसम्बन्धी निर्णय कार्यान्वयनका क्रममा नेपाल दूरसञ्चार प्राधिकरणले ‘इन्टरनेट’ सेवा प्रदायकसँगको समन्वयमा वेबसाइट र एप बन्द गरेको हो ।नेपाल दूरसञ्चार प्राधिकरणका उपनिर्देशक सूर्यप्रसाद लामिछानेका अनुसार अवैध रूपमा सञ्चालनमा रहेका सट्टेबाजीसम्बन्धी एप तथा वेबसाइटहरू पहिचान गरी बन्द गर्न इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिइएको हो । “हालसम्म सात हजारभन्दा बढी यस्ता युआरएल र एप बन्द भएका छन् । अनलाइन सट्टेबाजीबारे पछिल्लो एक सातामा प्राधिकरणलाई टेलिफोन, इमेल,… पुरा पढौ

याङ्जाकोटमा दुई दिने एडभान्स फोटो पत्रकारिता तालिम सुरु

कास्कीको याङ्जाकोटमा दुई दिने ‘एडभान्स फोटो पत्रकारिता तालिम सुरु भएको छ । नेपाल फोटो पत्रकार संघ, कास्कीको सहकार्यमा मंगलबार देखि सुरु भएको तालिमको उद्घाटन प्रेस रजिष्ट्रार विमला भण्डारीले गरेकी थिइन् । कार्यक्रममा प्रेस रजिष्ट्रार भण्डारीले एउटा उत्कृष्ट तस्बिर हजारौ शब्दभन्दा पनि बलियो हुने भएकाले समाचारमा फोटो अति आवश्यक रहेको बताइन् । ‘फोटो पत्रकारको एक क्लिकले इतिहास, मानवीय संवेदना, समाजको यथार्थ एकै सेकेन्डमा दस्तावेजीकरण गरेको देखेको छौं,’ उनले भनीन्, ‘भाषा नबुझको अवस्थामा पनि तस्बिरले धेरै कुरा बुझेको अवस्था छदैछ । तस्बिरले… पुरा पढौ

‘डिजिटल’ शासन र ‘डेटा गभर्नेन्स’को कार्यान्वयन सुरु

सरकारले शासकीय सुधारका एक सय कार्यसूचीमार्फत ‘डिजिटल’ शासन र ‘डेटा गभर्नेन्स’लाई प्राथमिकतामा राख्दै कार्यान्वयन सुरु गरेको छ । मन्त्रिपरिषद्को गत शुक्रबार बसेको पहिलो बैठकले स्वीकृत गरेको कार्यसूचीअनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सट्टेबाजीसम्बन्धी एप तथा वेबसाइट २४ घण्टाभित्र बन्द गर्ने प्रक्रिया अघि बढाएको छ भने बेटिङ एप बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिइसकेको छ ।अब सार्वजनिक सेवा प्रवाहलाई छिटो, पारदर्शी, कागजरहित र अन्तरआबद्ध बनाइनेछ । यसअन्तर्गत विद्यमान एकीकृत कार्यालय व्यवस्थापन प्रणाली ‘जिआइओएमएस’ प्रणालीलाई एक सय दिनभित्र थप सुदृढ र… पुरा पढौ

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र

नेपाल पर्यटन बोर्डले पोखरा अन्तराष्ट्रिय विमानस्थल, नागरिक उड्डयन कार्यालय र पर्यटक प्रहरीसँगको सहकार्यमा पर्यटक सूचना केन्द्र सञ्चालन गर्ने भएको छ । पोखरा आउने पर्यटकलाई पोखरासहित समग्र गण्डकी प्रदेशका पर्यटकीय गन्तव्यबारे जानकारीसँगै उनीहरूको यात्रामा सहजीकरण गर्ने उद्देश्यका साथ पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा सूचना केन्द्र सञ्चालन गर्न लागिएको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछानेले जानकारी दिए । पर्यटकको सहजीकरणका लागि केन्द्रमा पर्यटन बोर्डबाट कर्मचारीसँगै दुई जना पर्यटक प्रहरी रहने उनले बताए । पर्यटन राजधानी पोखरा स्वदेशी एवं विदेशी पर्यटकको आकर्षक… पुरा पढौ

गण्डकी प्रदेश सञ्चार समन्वय समिति गठन, मुख्यमन्त्री पाण्डेको अध्यक्षतामा पहिलो बैठक सम्पन्न

पोखरा । मुख्यमन्त्री तथा प्रेस रजिष्ट्रारको कार्यालयद्वारा आयोजित गण्डकी प्रदेश सञ्चार समन्वय समितिको पहिलो बैठक सोमबार सम्पन्न भएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अध्यक्षतामा बसेको बैठकले अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण प्रदेशमा गर्ने व्यवस्थाका लागि नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पत्राचार र समन्वय गर्न प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ ।यसैगरी, गण्डकी प्रदेश आमसञ्चार ऐन, २०८० र गण्डकी प्रदेश आमसञ्चार नियमावली, २०८२ मा भएका व्यवस्थाको प्रभावकारी कार्यान्वयनमा छलफल गरेको छ । बैठकले यही २१ फागुनमा हुने प्रतिनिधि… पुरा पढौ

पोखराका पत्रकारलाई साइबर सुरक्षा सम्बन्धीे तालिम

साइबर सुरक्षा सम्बन्धी तीन दिने तालिम पोखरामा सुरु भएको छ । नेपाल पत्रकार महासंघ कास्कीको आयोजना , प्रेस रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशको सहयोग तथा क्यान महासंघ कास्कीको प्राविधिक सहयोगमा कास्कीमा क्रियाशिल पत्रकारहरुका लागि तालिम सञ्चालन गरिएको हो । तालिमको शुभारम्भ गर्दै कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले डिजिटल युगमा साइबर अपराध चुनौतीको रुपमा रहेकोले यसबाट बच्न हरेक व्यक्तिलाई साइबर सुरक्षाबारे जानकारी हुन पर्ने बताईन् । सञ्चार माध्यममा आवद्घ पत्रकारहरुलाई लक्षित गरि आयोजना गरिएको तालिमले सञ्चार जगतलाई मात्र नभएर समाज र… पुरा पढौ

गण्डकी एकेडेमी (गेन्स) मा विद्यार्थीको ‘क्लास आउट’ कार्यक्रम आयोजना

पोखरा । पोखराको नदीपुरस्थित गण्डकी एकेडेमी अफ इन्टरडिसिप्लिनरी स्टडिज (गेन्स) कलेजले स्नातक तहका विद्यार्थीका लागि विस्डम बियोन्ड क्लासरुम ‘क्लास आउट’ कार्यक्रम गरेको छ । ‘न लेक्चर, न पाठ्यपुस्तक—तर कक्षाभन्दा बाहिरको जीवनबाट प्राप्त ज्ञान’ भन्ने मूल नाराका साथ आयोजना गरिएको उक्त कार्यक्रममा विद्यार्थीलाई व्यावहारिक ज्ञान, अनुभव र जीवन दृष्टिकोणबारे जानकारी दिइएको थियो । कक्षाभन्दा बाहिरको सिकाइलाई केन्द्रमा राखेर गरिएको यस कार्यक्रमले विद्यार्थीलाई जीवनका विविध आयाम बुझ्न सघाएको आयोजकले जनाएको छ ।कार्यक्रममा कलेजका प्रधानाध्यापक विजय आनन्द शर्मा तिमिल्सिनाले शिक्षा डिग्रीमा मात्र सीमित… पुरा पढौ

ओली एण्ड एसोसिएट्सले राष्ट्रव्यापी निबन्ध प्रतियोगिता गर्ने

विगत एक दशक देखि पर्यटकीय राजधानी पोखराबाट शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको ओली एण्ड एसोसिएट्स पोखराले राष्ट्रिय स्तरको निबन्ध लेखन प्रतियोगिता आयोजना गर्ने भएको छ। कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूको बौद्धिक क्षमता, समालोचनात्मक सोच तथा सिर्जनशील लेखन सीप अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरेको संस्थाका प्रबन्ध निर्देशक तिलक प्रसाद लामिछानेले जानकारी दिएका छन्। प्रतियोगितामा शिक्षा विश्वव्यापी अवसरतर्फको मार्ग भन्ने शीर्षक तय गरिएको उनले बताए । लामिछानेका अनुसार सहभागी हुन चाहने इच्छुक विद्यार्थीहरुले माघ २७ गते सम्म २ सय ५०… पुरा पढौ

एकीकृत स्वास्थ्य सूचनामा आम नागरिकको पहुँचमा जोड

नेपालमा छरिएर रहेका स्वास्थ्य सूचना तथा तथ्याङ्कहरुलाई एकीकृत गर्ने पहल सुरु भएको छ । ‘एशिएन इ–हेल्थ इन्फरमेशन नेटवर्क’को सहयोगमा स्वास्थ्य सेवा विभागले स्वास्थ्य तथ्याङ्कको सुदृढीकरणसम्बन्धी पहल सुरु गरेको हो । स्वास्थ्य तथ्याङ्कलाई डिजिटल गराई आम नागरिकले स्वास्थ्यसम्बन्धी सूचना सहज रुपमा उपलब्ध गराउने अवस्था सिर्जना गर्न खोजिएको यस पहलका प्रमुख विशेषज्ञ डा झविन्द्र भण्डारीले जानकारी दिए । सो पहलका बारेमा जानकारी गराउने उद्देश्यले आज आयोजित ‘नेपालमा स्वास्थ्य तथ्याङ्कको सुशासनका लागि मार्गचित्र’ विषयक कार्यशालामा उनले नेपालसहित भियतनाम र मङ्गोलियामा पनि यस किसिमको… पुरा पढौ

विश्व बजारमा प्रतिष्पर्धा गर्ने समयानुकुल शिक्षामा जोड दिनुपर्छ: प्रदेश प्रमुख भट्ट

गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले विश्व बजारमा प्रतिष्पर्धा गर्ने समयानुकुल शिक्षामा जोड दिनुपर्ने बताएका छन् । सुदूरपश्चिम सम्पर्क समाज, पश्चिमाञ्चल क्याम्पस पोखराले आयोजना गरेको ‘पछ्याणः तेस्रो संस्करण’ कार्यक्रममा प्रमुख अतिथि भट्टले सक्षम युवा जनशक्ति तयार पार्न शैक्षिक संस्थाले गुणस्तरीय, व्यवहारिक र सीपमूलक शिक्षालाई प्राथमिकता दिनुपर्ने बताए । उनले अनुसन्धान, नवप्रवर्तन र उद्यमशीलतालाई प्रोत्साहन गर्ने शैक्षिक वातावरण निर्माण गर्नुपर्नेमा पनि जोड दिए । ‘विज्ञान तथा प्रविधि अन्तर्गतको इञ्जिनियरिङ शिक्षाको महत्व विश्वभर नै उच्च छ । क्षमतावान प्राविधिकहरुको माग संसारमा बढिरहँदा हामीले… पुरा पढौ