सूचना-प्रविधि

कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा पर्यटन सूचना केन्द्र सञ्चालन

कास्कीको मादी गाउँपालिका–१ स्थित पर्यटकीय गाउँ सिक्लेसमा सूचना केन्द्र सञ्चालनमा आएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० को सहयोग एवम् वडा कार्यालय र स्थानीय पर्यटन व्यवसायीको समन्वयमा केन्द्र सञ्चालनमा ल्याइएको हो । अङ्ग्रेजी नयाँ वर्ष २०२६ को आगमनको अवसर पारी बिहिबारदेखि केन्द्र सञ्चालनमा आएको मादी गाउँपालिका–१ का वडाध्यक्ष देवीजङ्ग गुरुङले जानकारी दिए । उनका अनुसार केन्द्रमार्फत यहाँ आउने पर्यटकलाई उक्त क्षेत्रको पर्यटकीय जानकारीसँगै यहाँस्थित होटेल तथा ९होमेस्टे० घरबासलगायत विषयमा जानकारी प्रदान गरिने छ । केन्द्रमा एक्यापबाट एक र स्थानीय… पुरा पढौ

राजनीतिमा आमूल परिवर्तन आउनुपर्छ: मन्त्री खरेल

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजनीतिमा आमूल परिवर्तन आउनुपर्ने बताएका छन् । विज्ञापन बोर्ड र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज पोखरामा आयोजना गरेको विज्ञापनको अनुगमन, नियमन र व्यवस्थापनसम्बन्धी गण्डकी प्रदेशस्तरीय अन्तरक्रियाको उद्घाटन गर्दै उहाँले देश निर्वाचनतर्फ लागिसकेका अवस्थामा राजनीतिमा परिवर्तन ल्याउन सही नेतृत्व चयन गर्नुपर्ने बताए । निर्वाचन सुनिश्चित भइसकेको बताउँदै सरकारका प्रवक्तासमेत रहेका मन्त्री खरेलले आज राजनीतिक दलहरूले समानुपातिकतर्फको सूची बुझाउने विश्वास व्यक्त गरे । व्यक्ति बनेर केही हुँदैन देश बन्नुपर्छ भन्दै उनले यसका लागि विवेकसङ्गत र… पुरा पढौ

दूरसञ्चार बिना विकास सम्भव छैन: मन्त्री थापा

गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले सूचना, प्रविधि र सञ्चारबिनाको विकास अब सम्भव नभएको बताएका छन्। नेपाल टेलिकम वर्कर्स युनियनको १२ औँ महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले दूरसञ्चार क्षेत्र आज राष्ट्रिय विकासको रणनीतिक आधारका रूपमा स्थापित भएको उल्लेख गरे।मन्त्री थापाले देशभरबाट पोखरा आएका प्रतिनिधिहरूलाई गण्डकी प्रदेशको राजधानी तथा पर्यटकीय नगर पोखरामा स्वागत गर्दै नेपाल टेलिकमजस्तो सार्वजनिक संस्थाले केवल सेवा प्रदायकको भूमिका मात्र नभई राज्यको डिजिटल सार्वभौमिकताको संरक्षण गर्ने महत्वपूर्ण जिम्मेवारी पनि वहन गरिरहेको बताए ।… पुरा पढौ

मर्दी हिमाल पदमार्गमा विद्युतीकरण, हाईक्याम्पसम्मको लाईन छिट्टै संचालन हुने

शिशिर उजाडपोखरा नेपाल विद्युत प्राधिकरणले कास्कीको मर्दी हिमाल पदमार्गमा विद्युतीकरण गरेको छ । हालसम्म पनि राष्ट्रिय प्रशाारणको विद्युत लाईन पुग्न नसकेको सो हिमाली पदमार्गमा ग्रामीण विद्युतीकरण कार्यक्रमअन्तर्गत विद्युत बिस्तारको काम गरिएको पोखरा वितरण केन्द्रका ग्रामिण शाखा इन्चार्ज शोभाकर पौडेलले जानकारी दिए । पदमार्गको कालिमाटी, डुढ खर्क, मुसलबारी देखि कोकार फरेस्ट क्याम सम्मको ११ केभि लाइन निर्माण सम्पन्न गरी स्थानियलाई विद्युत सेवा उपलव्ध गराईएको इन्चार्ज पौडेलले बताए । उनका अनुसार सोहि पदमार्गको सिदिङ देखि लो क्याम्प बादल डाँडाँ हुदै हाईक्याम्पसम्मको लाईन… पुरा पढौ

अनलाइनबाट ठगी हुने क्रम बढ्दो,प्रहरीद्वारा सात बुँदे अनुरोध

पछिल्लो समयमा अनलाइनबाट ठगी हुने क्रम बढेको भन्दै नेपाल प्रहरीले त्यसबाट जोगिन सात बुँदे अनुरोध जारी गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले एक सार्वजनिक सूचना जारी गरेर अनलाइन ठगीबाट जोगिन सात बुँदे अनुरोध जारी गरेको हो । परिसरका प्रवक्ता पवनकुमार भट्टराईले नागरिक प्रलोभनमा परेर रकम ठगीमा पर्ने गरेका दैनिकजसो घटना आइरहेकाले सचेतनाका लागि सूचना जारी गरिएको बताए । उनका अनुसार सामाजिक सञ्जाल फेसबुक, इमो, ह्वाटस्एप, भाइबर, इन्स्ट्राग्रामलगायत माध्यामबाट ‘तपाईंलाई चिठ्ठा परेको छ, उक्त रकम प्राप्त गर्न केही रकम ९राजस्व०… पुरा पढौ

संविधान र लोकतन्त्रलाई उन्नत बनाउन फागुन २१ को निर्वाचन सफल बनाउनुपर्छ ः राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र लोकतन्त्रलाई अझ उन्नत तथा सुदृढ बनाउन आगामी निर्वाचनलाई सफल बनाउनुपर्ने बताएका छन् । आइतबार सिंहदरबारमा सार्वजनिक सेवा प्रसारण नेपालको प्रथम वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले युवा पुस्ताको सुशासन र विकासप्रति प्रकट भएको चाहनालाई ध्यान दिँदै संविधान र लोकतन्त्रलाई अझ उन्नत तथा सुदृढ बनाउन आगामी फागुन २१ को लागि तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सफल बनाउनुपर्ने बताएका हुन् । लोकतन्त्रको सुदृढीकरण गर्न र त्यसको प्रतिफल जनताले प्राप्त गर्ने वातावरण निर्माणमा सञ्चारमाध्यमहरूको योगदान महत्त्वपूर्ण हुने उनले बताए… पुरा पढौ

सुरक्षण मुद्रण केन्द्रबाटै ‘लाइसेन्स’ छपाइ सुरु

सरकारले सवारी चालक अनुमतिपत्र लाइसेन्स आफ्नै मुद्रण मेसिनबाट छाप्न सुरु गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सुरक्षण मुद्रण केन्द्रले आजदेखि लाइसेन्स छाप्न सुरु गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले काभ्रेको बनेपास्थित केन्द्रमा रहेको मेसिनबाट छपाइ शुभारम्भ गरे । सञ्चारमन्त्री जगदीश खरेलले कानुनी उल्झन र विविध कठिनाइका बाबजुद पनि अत्यावश्यक प्रबन्ध मिलाएर लाइसेन्स छपाइ सुरु गरिएको बताए । उनले भने,“वर्षांैदेखि सुरक्षण मुद्रण केन्द्र अन्तर्गतका मेसिन यत्तिकै थन्किएका थिए । मेसिन र पार्टपूर्जा सबै धुलाम्मे थिए ।… पुरा पढौ

सूचना तथा प्रसारण विभागबाटै अनलाइन दर्ता र नवीकरण सुरु

सरकारले अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण सूचना तथा प्रसारण विभागबाटै सुरु गरेको छ । छापाखाना र प्रकाशनसम्बन्धी ९दोस्रो संशोधन० नियमावली स्वीकृत गर्दै सरकारले विभागबाटै अनलाइन न्यूज पोर्टल दर्ता तथा नवीकरण अब पुरानै व्यवस्थाअनुसार सूचना तथा प्रसारण विभागबाट गर्ने व्यवस्था मिलाएको हो । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त नियमावली स्वीकृत गरेपछि आज नेपाल राजपत्रमा प्रकाशित भएको छ । विभागले आजै सूचना प्रकाशित गरेर अनलाइन सञ्चारमाध्यम सञ्चालनसम्बन्धी दर्ता र नवीकरण सुरु भएको जनाएको छ । विभागका महानिर्देशक उदयबहादुर राना मगरले छापाखाना र… पुरा पढौ

आगामी पुसमा बाघ गणना गरिने

आगामीे पुसमा बाघ गणना गरिने भएको छ । पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना गर्न लागिएको हो । बाघ गणनापछि गैँडा गणना गर्ने योजना रहेको जनाइएको छ । गत आर्थिक वर्षमा अन्तिम अवस्थामा दाताले सहयोग गर्न नसक्ने जनाएपछि रोकिएको गैँडा गणना यस वर्ष गर्न लागिएको हो । यस वर्ष राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले बाघ गणनाका लागि बजेट विनियोजन गरेको छ । हरेक चार–चार वर्षमा बाघ गणना गरिँदै आएको छ । विभागका वरिष्ठ इकोलोजिष्ट हरिभद्र… पुरा पढौ

पोखरामा विद्युतको तार चोर्ने गिरोह सक्रिय, ट्रान्सफर्मर सुरक्षाको माग

शिशिर उजाडपोखरा पोखरामा नेपाल विद्युत प्राधिकरणले चालु अवस्थामा रहेका ट्रान्सफर्मरमा जडान गरेको तामाका तार चोरी गर्ने समुह सक्रिय भएको छ। पटक पटक त्यस्तो समुहले पोखरा– १८,ग्यारजाती र पोखरा– २२, पुम्दीभुम्दीका ट्रान्सफर्मरमा जडान गरिएको तामाको तार नै चोरी गरेको नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले जनाएको छ। सो स्थान सहित पोखरा– १८ कै सुन्दर चौतारा,पदेंली, पोखरा– २१ को पोख्रेल थोक र अन्नपुर्ण गाउँपालिकाको अधिकारी डाँडामा पनि चालु अवस्थाका ट्रान्सफर्मरमा जडान गरिएका तामाको तार चोरी भएका हुन्। तार चोरी भएपछि त्यस स्थानबाट… पुरा पढौ