Uncategorized

‘बिहेबारी २० वर्ष पारी’ नारामै सिमित

सरकारले ‘बिहेबारी २० वर्ष पारी’ भन्ने नारा कार्यान्वयनमा ल्याए पनि सानो उमेरमै आमा बन्ने क्रम रोकिएको छैन । स्वास्थ्य कार्यालय चितवनका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा तीन हजार ६९ जना २० वर्ष भन्दा कम उमेरका महिला आमा बनेका छन् । कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार उनीहरुमध्ये दुई हजार छ सय ६३ जनाले दक्ष प्रसूतिकर्मीबाट सेवा लिएका छन् भने तीन सय ८६ जनाले दक्ष स्वास्थ्यकर्मीबाट सेवा लिएका छन् । यस्तै अन्य स्वास्थ्यकर्मीबाट सेवा लिने १८ जना र दुई जनाले… पुरा पढौ

फोहरमैला व्यवस्थापन गरिएकै ठाउँमा पिकनिक खाने तथा घुम्न जानेको घुइँचो

आँधीखोलाको किनारमा अवस्थित वालिङ नगरपालिकाको सरसफाइ केन्द्र । दायाँबायाँ उर्वर भूमि । अहिले गहुँ, तोरी, फापरलगायतका बालीनालीले गर्दा झनै आकर्षक र मनमोहक देखिन्छ । वालिङ नगरपालिकाले कुहिने, नकुहिने, सिसाजन्य तथा दिसाजन्य लेदो व्यवस्थापन यही ठाउँमा गर्दै आइरहेको छ । सुन्दा नि अचम्म लाग्न सक्छ । देशका कतिपय ठाउँमा फोहरमैला व्यवस्थापन समस्या र चुनौतीका रुपमा आइरहँदा वालिङमा भने फोहरमैला व्यवस्थापन गरिएकै ठाउँमा पिकनिक खाने तथा घुम्न जानेको घुइँचो हुने गरेको छ । फोहरमैला व्यवस्थापन गर्नका लागि बस्ती आसपासमा जग्गा नदिने र… पुरा पढौ

एभरेस्ट एफएमको आयोजनामा पोखरामा स्वर किन्नरी द्वय अरुणा लामा र तारादेवीलाई पोखरेली कलाकारको ट्रिब्यूट

पोखरा, माघ २१ पोखरामा स्वर साम्राज्ञी अरुणा लामा र कालजयी स्वरकी धनी तारादेवीप्रति समर्पित अरुणा लामा–तारादेवी स्मृति साँझ सम्पन्न भएको छ । स्वर साम्राज्ञी अरुणा लामाको स्मृति दिवसको दिन पारेर पोखरेली महिला कलाकारहरुको साझा संस्था हार्मोनी र एभरेस्ट एफएम ९३ मेगाहर्जको संयुक्त आयोजनामा आईतबार पोखराको कुटी–२ रिसोर्टमा स्मृति साँझ आयोजना गरिएको हो । सिटीजन फर्निचर ट्रेड लिंकको प्रस्तुतीमा सम्पन्न स्मृति साँझमा पोखरेली एक दर्जन कलाकारहरुले अरुणा लामा र तारादेवीका कालजयी गीत गुञ्जाएर ट्रिब्यूट दिए । पोखरेली कलाकार सुमधुर स्वरकी धनी… पुरा पढौ

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम

साताको पाँचौं दिन आज बिहीबार सुनको मूल्यले ऐतिहासिक रेकर्ड राखेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका छापावाल सुनको मूल्य बिहीबार १२ सय रूपैयाँले बढेर एक लाख ७ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ । यसअघि माघ १२ गते सुनको मूल्यले ऐतिहासिक रेकर्ड राख्दै प्रतितोला एक लाख छ हजार ९ सय रुपैयाँ पुगेको थियो ।तेजावी सुन प्रतितोला एक लाख ७ हजार रूपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी, चाँदीको मूल्य पनि बिहीबार २५ रूपैयाँले बढेर १ हजार ३९५ रूपैयाँमा कारोबार भइरहेको… पुरा पढौ

शुभम् पावरको आइपिओ खुला

शुभम पावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रू एकसयका दरले चार लाख ८१ हजार आठ सय ८२ कित्ता शेयर ९आइपीओ०निष्कासन बिक्री खुला गरेको हो । आयोजना प्रभावित स्थानीयका लागि निष्काशन गरी बिक्री नभएका एक लाख ८० हजार पाँच सय ८० कित्तासहित कूल पाँच लाख ८० हजार पाँच सय ८० कित्ता शेयर सर्वसाधारणमा निष्कासन गर्न छुट्याएको थियो । जसमध्ये ५८ हजार ५८ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि र २९ हजार ३०… पुरा पढौ

विद्यालयमा शिक्षक राख्न अक्षयकोष स्थापना

तनहुँ जिल्लाको व्यास नगरपालिका–१३ पोखरी भञ्ज्याङस्थित जनजागृति गङ्गा माध्यमिक विद्यालयमा एक शिक्षक राख्न अक्षयकोष स्थापना गरिएको छ । सोही वडास्थित आँपस्वाँरा सामुदायिक दलित होमस्टे र हेमसन इष्टिच्युटको सहकार्यमा रु आठ लाख २४ हजार एकको अक्षयकोष स्थापना गरिएको हो । विद्यालयको ५१ औँ वार्षिकोत्सव एवं अभिभावक भेलाको अवसरमा होमस्टेका अध्यक्ष रेशमबहादुर विकले विद्यालयका प्रधानाध्यापक चन्द्रमणि कोइरालालाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे । विद्यालय र होमस्टेको नाउँमा राखिएको अक्षयकोष रकमबाट प्राप्त हुने ब्याजले विद्यालयमा निजी स्रोतका शिक्षक राखेर पठनपाठनमा सहज बनाउने… पुरा पढौ

हवाई दुर्घटना संगै रोकिएको पोखरा महोत्सव सोमबारदेखी पुन सञ्चालन हुने

माघ १ पोखरा । पोखरा महोत्सवमा माघ दुई गतेका पूर्व निर्धारित कार्यक्रमहरु निरन्तर हुने भएको छ । पोखरा महोत्सवको पांचौ दिन पोखरामा जहाज दुर्घटनाका कारण शोक मनाउदै महोत्सवका सम्पूर्ण गतिविधीहरु स्थगित गरिएपनि छैठौ दिन सोमबार भने पूर्वनिर्धारित तालिका अनुसार नै पोखरा महोत्सव सञ्चालन हुने महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । सुनारले भने पोखरामा हवाइजहाज दुर्घटना भएको जानकारी पाउना साथ महोत्सवलाई स्थगित गरेकोमा हामीले दर्शक प्रति क्षमा प्रार्थी छौ । महोत्सवलाई साथ दिने दर्शकहरुप्रति पुग्न गएको असुविधा प्रति… पुरा पढौ

आजको मौसम: हल्का हिमपातको सम्भावना

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का हिमपात हुने भएको छ । उक्त प्रणालीको प्रभावले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही सोही प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक… पुरा पढौ

प्रतिभा माविका विद्यार्थीलाई नेतृत्व विकास तालिम

पोखरा, पुस २३विद्यार्थीमा नेतृत्व विकासको महत्व दिलाउन पोखराको पालिखेचोकस्थित प्रतिभा माविले शनिबार विद्यार्थीका लागि एकदिने नेतृत्व विकास प्रशिक्षण दिएको छ । विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थी उक्त प्रशिक्षणमा सहभागि थिए । विद्यालयका निर्देशक किरण सापकोटाका अनुसार हरेक सेक्सनबाट २ जना छात्रा र २ जना छात्र गरि ४ जनाका दरले प्रशिक्षणमा सहभागि गराइएको थियो । सबैगरि ३४ वटा सेक्सनबाट छानिएका विद्यार्थी प्रशिक्षणमा सहभागि थिए । विज्ञान, व्यवस्थापन र होटल व्यवस्थापन विषयका ती विद्यार्थीलाई सत्संग प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष… पुरा पढौ

पोखरा –१५ ले वडावासी ज्येष्ठ नागरिकलाई १ दिने भ्रमणमा लग्यो

पोखरा । पोखरा महानगरपालिका वडा नं –१५ ले ज्येष्ठ नागरिक अन्तर जिल्ला भ्रमण कार्यक्रम अन्तर्गत वडावासी एक सय वृद्ध वृद्धाहरूलाई शनिवार भ्रमणमा लगेको छ । अहिलेको व्यस्त समयमा घर परिवारले ज्येष्ठ नागरिकलाई समय दिन नभ्याउने तथा दिनभर घरमा बसिरहेका बुवा आमाहरूलाई नयाँ ठाउँको अवलोकन गराउने उद्देश्यले वडाको वार्षिक बजेटबाट भ्रमणमा लगिएको वडा अध्यक्ष तोरण बहादुर बानियाँले बताए । बानियाँले नयाँ ठाउँको विकास तथा पछिल्ला दिनमा भएका परिवर्तनबारे प्रायः वृद्ध वृद्धा बेखबर रहने र कतिपय पोखराबाट बाहिर ननिस्किएकाहरू पनि भएकाले उहाँहरूको… पुरा पढौ