Uncategorized

युक्रेनमा विमान खसाल्ने ३ जनालाई आजीवन कैद

एउटा डच अदालतले सन् २०१४ मा २९८ जनाको ज्यान जानेगरी पूर्वी युक्रेनको आकासमा एउटा यात्रुवाहक विमानलाई क्षेप्यास्त्र प्रहार गरी खसाल्ने ३ जनालाई हत्या अभियोगमा दोषी ठहर गरेको छ। अदालतले रुसी अधिनस्थ क्षेत्रमा रहेको एउटा सशस्त्र समूहले रुसले आपूर्ति गरेको क्षेप्यास्त्र प्रयोग गरी कल साइन एमएच १७ बोकेको विमान खसालेको पत्ता लगाएको हो। दोषी ठहराइएकामध्ये २ जना रुसी र एकजना युक्रेनी नागरिक छन्। ती अभियुक्तहरूको अनुपस्थितिमा अदालतले उनीहरूलाई आजीवन काराबास सजाय सुनाएको हो। तर, अभियोग लगाइएका तेस्रो रुसीलाई भने सफाई दिइएको… पुरा पढौ

‘मतदान केन्द्रमा ३ घेराको सुरक्षा व्यवस्था’

निर्वाचन आयोगले निर्वाचन सुरक्षाका लागि प्रत्येक मतदान केन्द्रमा ३ घेराको सुरक्षा व्यवस्था मिलाएको बताएको छ। निर्वाचन आयोगले बिहीबार पत्रकार सम्मेलन गर्दै निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहीत, पारदर्शी र विश्वसनीय बनाउन आवश्यक संपूर्ण सुरक्षा प्रवन्ध मिलाइसकेको बताएको हो। निर्वाचनको सुरक्षाका लागि प्रत्येक मतदान केन्द्रमा आवश्यक सुरक्षाकर्मीसहित ३ घेराको सुरक्षा व्यवस्था मिलाइएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिएका छन्। उनले ३० मिनेटभित्र मतदान केन्द्रमा पुग्न सक्नेगरी सुरक्षाकर्मीको रिजर्भ फोर्सकोसमेत व्यवस्था गरिएको बताए। त्यस्तै, निर्वाचन बिथोल्ने, बुथ कब्जा गर्ने लगायतका गतिविधि रोक्न आवश्यक… पुरा पढौ

सैद्धान्तिक संघर्षका सिपाही श्रीनाथ

श्रीनाथ बराल सिद्धान्तमा अडिग सिपाही हुन्। उनी आफ्नो सिद्धान्तमा सतीसाल जस्तै स्थिर भएर उभिन्छन्। उनले संघर्षमै आस्था र विश्वास राख्छन्, संघर्षमै जीवन देख्छन्। उम्मेदवार बराल, मंसीर ४ को आसन्न निर्वाचनमा कास्की निर्वाचन क्षेत्र–२ बाट प्रतिनिधि सभाका लागि ५ दलीय गठबन्धनको तर्फबाट चुनावी संघर्षको मैदानमा छन्। हाल, नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य तथा अखिल नेपाल किसान महासंघ नेपालका केन्द्रीय उपाध्यक्ष समेत रहेका बराललाई गठबन्धनले प्रतिनिधिसभाका लागि सो क्षेत्रबाट साझा उम्मेदवारका रुपमा प्रस्तुत गरेको हो। आसन्न निर्वाचनमा कास्कीको ३ निर्वाचन क्षेत्रमध्ये… पुरा पढौ

स्याङ्जामा गठबन्धनले गरे सामूहिक प्रतिबद्धता

वाम लोकतान्त्रिक गठबन्धन स्याङ्जाले मंसीर ४ गते हुन लागिरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि सामूहिक प्रतिबद्धता जनाएका छन्। पाँच दलका प्रमुखले हस्ताक्षर गरेको साझा प्रतिबद्धतामा ग्रामीण क्षेत्रमा सुविधा सम्पन्न यातायातका पूर्वाधार निर्माण गर्न सक्नेगरी पूर्वाधारमा सुधार गर्दै गुणस्तरीय पर्यटन व्यवसाय विस्तार गर्ने, पर्यटनलाई समृद्धिको आधार बनाउने, शैक्षिक संस्थाहरूको स्तरवृद्धि गरी बाहिरबाट समेत यहाँ उच्च शिक्षा हासिल गर्न आउने वातावरण निर्माण गर्न जोड दिइएको छ। यस्तै, कृषिमा आधुनिकीकरण तथा व्यवसायीकरण, जनताको लगानी वृद्धि गरी ऊर्जा निर्यात गर्ने, आधुनिक स्वास्थ्य सुविधा हरेक… पुरा पढौ

एमाले उम्मेदवार भन्छन्, ‘सराङकोट, कास्कीकोटको खानेपानी समस्या समाधान गर्छौ’

कास्की क्षेत्र नम्बर ३ का एमाले उम्मेद्वारहरुले पोखरा महानगरपालिका १८ को खानेपानी समस्या समाधान गर्ने प्रतिवद्धता जनाएका छन्। सोमबार घर–दैलोमा पुग्दा खानेपानीको समस्या समाधान गरिदिन पोखरा महानगरपालिका १८ का स्थानीयले प्रतिनिधि सभाका एमाले उम्मेदवार दामोदर बैरागी र प्रदेश सभा ३ (१) का उम्मेदवार गणेशमान गुरुङसँग आग्रह आगह गरे। प्रदेशमा एमालेको सरकार हुँदा समस्या समाधान गर्न लिफ्टिङ खानेपानी सुरु गरेर केही हदसम्म समस्या समाधान भएको र अब दीर्घकालीन समाधान गर्ने प्रतिवद्धता दुवै उम्मेदवारले जनाएका हुन्। पोखरा–१८ को अन्य ठाउँको तुलनामा माथिल्लो… पुरा पढौ

देशलाई सबैभन्दा माथि राखेर काम गर्छु: बराल

कास्की–१ का प्रतिनिधि सभा सदस्य उम्मेद्बार किशोरदत्त बरालले देश सबैभन्दा माथि भएको बताएका छन्। देशलाई सबैभन्दा माथि राखेर देश र जनताको सेवा गर्नका लागि आफ्नो उम्मेद्बारी भएको उनको भनाई छ। उनले गठबन्धन देशको आवश्यकता भएको उल्लेख गरे। बरालले गठबन्धन निर्वाचन जित्नका लागि र कसैलाई सत्तामा पुर्‍याउनका लागि मात्र नभएको स्पष्ट पारे। उनले देश बचाउन र उपलब्धीको रक्षाका लागि गठबन्धन भएको उल्लेख गरे। पोखरा–२७ मा आइतबार घर–दैलो र मतदाता भेटघाट गर्दै पाँच दलीय गठबन्धनका साझा उम्मेद्बार समेत रहेका बरालले जनतालाई झुटो… पुरा पढौ

कक्षा १२ को पूरक परीक्षाको नतिजा मंसीर दोस्रो हप्तासम्ममा

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा मंसीर दोस्रो हप्ताभित्र सार्वजनिक गर्ने जनाएको छ। कार्यलयले गत असोज ३० र ३१ गते संचालन गरेको थियो। नतिजा सार्वजनिक गर्न मंसीर ४ गते हुन लागेको प्रदेश तथा प्रतिनिधि सभा सदस्यको निर्वाचनले केही ढिलाई हुने भएकाले कक्षा १२ को नतिजा केही ढिलो हुने भएको हो। भदौ १७ गते प्रकाशित भएको नतिजा अनुसार १ लाख ८८ हजार ४१० जना विद्यार्थीले नन ग्रेड ल्याएकामध्ये ग्रेड वृद्धि दिन पाउने (२ विषयसम्म… पुरा पढौ

सात ताल प्रवद्र्धनबाटै लेखनाथको समृद्धिः दीपक

पोखरा, २३ कात्तिकसाबिक लेखनाथ नगरपालिकामा ७ ताल छन् । डाँडा, फाँट, ताल, सिमसार रहेको लेखनाथ क्षेत्र पोखरा महानगरमा गाभिए पनि विकासको गतिमा स्थानीय सन्तुष्ट छैन । उनीहरुमा साबिक पोखराको छायाँमा परेको गुनासो गरिरहेका छन् ।कास्की १ ९१०का गठबन्धनका उम्मेदवार दीपक कोइराला पनि केही हदसम्म स्थानीयको गुनासोमा सहमत छन् । कोइराला सहरीकरणको बाटोमा अघि बढेको लेखनाथलाई योजनाबद्ध रुपले विकास गरी नमुना बनाउने प्रतिवद्धतासहित मैदानमा छन् । माओवादी केन्द्रका नेतासमेत रहेको कोइरालाले स्थानीय र संघ सरकारसँग सहकार्य गर्दै लेखानाथ क्षेत्रमा समृद्धिको जग… पुरा पढौ

गठबन्धनले जितेमात्र देशमा विकासको लहर आउँछ : उम्मेदवार बराल

पोखरा, १९ कात्तिक मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा कास्की क्षेत्र नम्बर ३ बाट ५ दलीय गठबन्धनका साझा उम्मेदवार राजमीप्रसाद बरालले निर्वाचनपछिको विकास निर्माणका काममा पनि गठबन्धनमा छलफल गरी अगाडी बढ्ने बताएका छन् । पोखरा महानगरपालिका २ मा आयोजित उम्मेदवार परिचय कार्यक्रममा बरालले गठबन्धनको जितले पनि देशमा विकासको लहर ल्याउने दावी गरे । गठबन्धनका साझा उम्मेदवारले निर्वाचन जितेपछि मात्रै खानेपानी, सडक लगायतका पुर्वाधारका विकास गर्न सहज हुने उनको भनाई थियो ।कार्यक्रममा प्रदेशसभाका उमेदवार दुर्गादत्त भण्डारीले लामो समय यहि वडामा… पुरा पढौ

उत्तर कोरियाद्वारा एकैदिन २३ क्षेप्यास्त्र प्रहार

उत्तर र दक्षिण कोरियाले बुधबार एकअर्काका समुद्री तट नजिकका जलीय क्षेत्रमा थुप्रै क्षेप्यास्त्र प्रहार गरेका छन्। यस घटनाले २ पक्षबीचको शत्रुता अझै बढेको देखाएको छ। उत्तर कोरियाले अहिलेसम्मकै सबैभन्दा बढी अर्थात् एकैदिनमा कम्तीमा २३ वटा क्षेप्यास्त्र प्रहार गरेको छ। तीमध्ये एउटा क्षेप्यास्त्र दक्षिण कोरियाको सोक्चो सहरदेखि ६० किलोमिटर भन्दा नजिक खसेको थियो। यसको प्रत्युत्तरमा सोलले विवादास्पद समुद्री सिमांकन रेखामा लडाकु विमानमार्फत वायुबाट जमिनमा मारहान्ने ३ वटा क्षेप्यास्त्र प्रहार गरेको थियो। पछि प्योङयाङले ६ वटा क्षेप्यास्त्र र तोपबाट १ सय वटा… पुरा पढौ