Uncategorized

पञ्चकोटमा युवाको व्यवसाय लहर

बलेवा । दसैँको चहलपहल बाँकी नै छ । ठूला सवारीमा भरिभराउ बागलुङ आउनेदेखि मोटर साइकलमा घुम्न बागलुङ आएका पञ्चकोट पुगेका छन् । कोरोनाको त्रास कायम रहेकाले भीडभाड नगर्न प्रशासनले आग्रह गरिरहेकै छ । तर पञ्चकोट दसँैंको रमझम सुरु भएयता भरिभराउ छ । क्रमशः विकास भइरहेको धार्मिक पर्यटकीय गन्तव्य पञ्चकोटलाई लक्षित बनाएर व्यवसाय खोल्नेक्रम पनि बढेको छ । बागलुङ नगरपालिका–६ को सिम, भान्सा र पञ्चकोटमा मात्रै एकै वर्षमा १५ वटा होटल तथा रेष्टुराँ खुलेका छन् । ती रेष्टुरेन्टमा स्थानीय उत्पादनका खाजा,… पुरा पढौ

बडादशैंको शुभ कामना , सुरक्षित रहि उमंगले मनाउनु होला ।

नेपालीहरुको महान् सांस्कृतिक पर्व बडा दशैंको तपाईं सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना । दशैंको आज दसौं दिन । बिजया दशमी पर्व । १०.०२ बजेको शुभ साइतमा टिका लगाउने तयारी हुदैछ होला । दशैंकैलागि भनि घरबाट टाढा रहेका परिवारका सदस्यहरु घर फर्कि सकेका होलान् । पारिवारिक पनर्मिलनका कारण परिवारमा बेग्लै रौनक आएको होला । पोहोर कोरोना कहरकै कारण जो जहां थियौं त्यहि रहि डराई डराई खुम्चिएर दशैं मनाएको हामीले बिर्सेका छैनौं । तर यो बर्ष परिश्थितिमा केहि सकारात्मक सुधार आएको, जनस्वास्थ्यका मापदण्ड… पुरा पढौ

एन प्याव्सन कास्कीको वार्षिक साधारण सभा

एन प्याव्सन कास्कीको वार्षिक साधारण सभा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि एन प्याव्सनका केन्द्रीय अध्यक्ष ऋतुराज सापकोटाले संघिय शिक्षा ऐन वनाउदा वढी चनाखो हुनु पर्ने बताए । ‘संघिय शिक्षा ऐनको ड्राफ्टमा निजि विद्यालयलाई पनि सम्वोधन गरेको छ’ उनले भने,‘ ड्राफ्ट एउटा हुने आउदा अर्कै आउने भएकोले ऐन आउदा हामी वढी चनाखो हनुपर्नेहुन्छ ।’ संघिय शिक्षा ऐनमा छात्रावृत्तिमा सवै वालवालिकाको समान अधिकार र प्राविधिक शिक्षामा निजि विद्यालयको पनि पहुच पु¥याउने विषय समेटेकोले पनि आउने ऐन हाम्रो अनुकुल देखिने… पुरा पढौ

मोटरसाइकल चोरी गर्ने पक्राउ

मोटरसाइकल चोरीको आरोपमा स्याङ्जामा चारजना पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरीक्षक हरिप्रसाद पौडेलको नेतृत्वमा खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो । विभिन्न मितिमा सात मोटरसाइकल र दुईवटा स्कुटर चोरी गर्ने कार्यमा संलग्न रुपन्देहीका बुटवल उपमहानगरपालिका–१२ बस्ने ३४ वर्षीय विष्णुबहादुर नेपाली, सोही स्थानका २८ वर्षीय प्रकाश सुन्धौली, स्याङ्जाको भिरकोट नगरपालिका–२ बस्ने २० वर्षीय विप्लव श्रेष्ठ र सोही स्थानका २० वर्षीय… पुरा पढौ

दलित समुदायको पीडा : दुग्ध सहकारीले नै किन्दैन दूध

रासस१२ असोज, बागलुङ । पवित्रा विश्वकर्माकामा दुईवटा भैँसी छन् । लैनोमा तिनले पुगेसरी दूध दिन्छन् । दुःखजिलो गरेर पालेका भैँसीको दूध बेच्न भने उनले पाउँदिनन् । “दूध बेच्न मन त छ तर बिक्री हुँदैन, गाउँमा छोइन्छ भन्छन्, किन्न मान्दैनन्”, ४३ वर्षीया विश्वकर्माले दुःखेसो पोखिन् । उनको थातथलो रहेको बागलुङ नगरपालिका(७ कालिमाटी दलित बाहुल्य बस्ती हो । विश्वकर्माझैँ त्यहाँका दलित समुदायका सयौँ किसान दूध बेच्नबाट बञ्चित छन् । घ्यू नै बनाए पनि बजार नपाउने स्थिति छ । दूध, घ्यू बेचेर आयआर्जन… पुरा पढौ

जिल्ला प्रशासन कार्यालय पर्वत उत्कृष्ट स्थानमा

पर्वत । गृह मन्त्रालयले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/७८ को कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय पर्वत ‘ए ग्रेड’ मा परेको छ । विभिन्न छ वटा विषयगत क्षेत्र समेटेर गरिएको मूल्याङ्कनमा पर्वत उत्कृष्ट १४ जिल्लाभित्र पर्न सफल भएको हो । गृह मन्त्रालयको नीति, योजना, अनुगमन तथा मूल्याङ्कन महाशाखाले शान्तिसुरक्षा, अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, लागुऔषध नियन्त्रण, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, विकास निर्माण अनुगमन र समन्वय÷सदाचारसँगै आर्थिक अनुशासन क्षेत्र समेटर कार्यसम्पादन मूल्याङ्कन गरेको थियो । यसरी मापन गरिएका आधारमा… पुरा पढौ

नेकपा एकीकृत समाजवादी स्याङ्जाले असोज मसान्तसम्ममा गाउँ,नगर र वडा कमिटी गठन गरिसक्ने

नेकपा एमाले पुनर्गठन भएर बनेको नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी स्याङ्जाले असोज मसान्तसम्ममा गाउँ, नगर र वडा कमिटी गठन गरिसक्ने भएको छ । एमालेमा हुँदा बनेको एमाले स्याङ्जा जिल्ला समानान्तर कमिटीबाट नेकपा एकीकृत समाजवादी स्याङ्जा जिल्ला कमिटीमा रुपान्तर भएपछि बसेको पहिलो बैठकले आगामी असोज मसान्त भित्र जिल्लाका सबै गाउँपालिका, नगरपालिका र वडाहरुमा कमिटी गठन तथा गठन गरिएका वडाहरुलाई पूर्णता दिइसक्ने निर्णय गरेको हो । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य चुडामणी जङ्गलीको प्रमुख आतिथ्यमा शुक्रबार सम्पन्न बिस्तारित बैठकले स्थानीय तह र… पुरा पढौ

भारी वर्षाले सिद्धार्थ राजमार्गस्थित कास्कीको ठूलढुंगामा पहिरो गयो

केही दिन यता पोखरालगायत कास्कीको धेरै भागमा भारी वर्षा भएको छ। भारी वर्षाकै कारण गएको बाढी पहिरोले कास्कीमा मानवीय क्षति तथा चौपाया र पशुपंक्षी समेत नष्ट भएका छन्। बिहीबार बेलुकीदेखि परेको भारी वर्षाका कारण कास्कीको ठूलढुंगामा पहिरो गएकोले सिद्धार्थ राजमार्ग अवरुद्ध छ। राजमार्ग अवरुद्ध भएपछि स्याङ्जा, पाल्पा र बुटबल जाने सवारी साधनहरु बिचैमा रोकिएका छन्। हाल, डोजर लगाएर पहिरो हटाउने कार्य जारी रहेको कास्कीको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास हमालले बताएका छन्। बिहीबारको भारी वर्षाले कास्की जिल्लाभित्र अन्य घटनाको… पुरा पढौ

असन्तुष्ट नेतासहितको बैठकपछि एमालेमा एकताको सन्देश

काठमाण्डौँ । नौ महिनादेखि पार्टीमा असन्तुष्ट रहँदै आएका १० नेतासहितको उपस्थितिमा आज भएको नेकपा (एमाले) को स्थायी कमिटी बैठकले आन्तरिक एकता सुदृढीकरणका लागि नयाँ सन्देश दिएको छ । पार्टीभित्रको आन्तरिक समस्या समाधानका लागि गत असार २७ गते कार्यदलस्तरमा भएको १० बुँदे सहमतिलाई कार्यान्वयनको ठोस आधार तय गर्दै पार्टीलाई नेकपा (माओवादी केन्द्र) सँगको एकतापूर्वको साङ्गठनिक संरचनाका आधारमा सञ्चालन गर्न बैठकले निर्देशित गरेको छ । पार्टीमा वरिष्ठ नेता माधवकुमार नेपाललगायत नेताले एमाले छाडेर नेकपा (एकीकृत समाजवादी) दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको… पुरा पढौ

नागरिकको अधिकार र जीवन रक्षा सरकारको पहिलो प्राथमिकता : गृहमन्त्री

काठमाण्डौं । गृहमन्त्री बालकृष्ण खाँणले नागरिकको अधिकार र जीवन रक्षा सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन् । मन्त्रालयले आज आयोजना गरेको ‘गृह प्रशासन सुदृढीकरण सम्बन्धमा पूर्वपदाधिकारीसँग अन्तरक्रिया कार्यक्रम’ मा मन्त्री खाँणले सरकार नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउन गम्भीर रहेको बताए । उनले भने, “नागरिकको सुरक्षामा सरकार गम्भीर छ । सरकारको पहिलो प्राथमिकता नागरिकको सुरक्षा हो ।” उनले राज्य र नागरिकको सुरक्षामा कुनै पनि ‘कम्प्रोमाइज’ नगर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका उच्चपदस्थ अधिकारीलाई आग्रह गरे । उनले नेपाली भूमिमा… पुरा पढौ