Uncategorized

प्राविधिक शिक्षामा विद्यार्थी र विद्यालयको भविश्य छः मन्त्री बराल

पोखरा । गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले प्राविधिक शिक्षाले विद्यार्थी र विद्यालयको समेत भविश्य राम्रो हुने बताएका छन् । पोखरा २२ (पुम्दी भुम्दी) मा रहेको शुक्रराज माविको बुधबार पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बरालले अहिलेको समयमा प्रविधिक शिक्षाले विद्यार्थी र विद्यालयकै भविश्य उज्जवल हुने बताएका हुन् । शिक्षाको नाममा विभिन्न ठाँउमा स्थापन भएका विद्यालयहरुको दिगोपनको लागि अब पुनः सोच विचार गरेर विद्यालयहरुलाई मर्जको सिस्टममा लैजानुपर्ने उनले जनाए । शुक्रराज जस्तै विद्यालयको पकेट क्षेत्र… पुरा पढौ

सार्वजनिक विदा सम्बन्धमा भ्रम फैलाइयो: गृह मन्त्रालय

सार्वजनिक विदा सम्बन्धमा भ्रम फैलिएको भन्दै गृह मन्त्रालयले ध्यानाकर्षण भएको बताएको छ। शुक्रबार विज्ञप्ति सार्वजनिक गर्दे मन्त्रालयका उपसचिव सूचना अधिकारी वसन्त भट्टराईले सार्वजनिक विदा सम्बन्धमा प्रकाशन भएका समाचारप्रति ध्यानाकर्षण भएको बताएका हुन्। सूचना अधिकारी भट्टराईले सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायको लागि दिइने सार्वजनिक बिदा सम्बन्धमा राजपत्रमा प्रकाशित सूचना आधिकारिक हुने हुँदा भ्रामक समाचारको विश्वास नगर्न अनुरोध गरेका हुन्। ‘विगत केही दिनदेखि विभिन्न संचार माध्यमममा सार्वजनिक विदाका सम्बन्धमा प्रकाशन भएका भ्रामक समाचारप्रति यस मन्त्रालयको धयानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ,… पुरा पढौ

कास्की प्रहरीको सकृयता : हत्या गरेर फरार भएको एक दिन नबित्दै हत्यारा पक्राउ

पोखरामा हत्या गरेर फरार तीन युवा पक्राउ परेका छन् । पोखरा–२० मौजामा महाशिवरात्रीको अवसरमा फागुन १९ गते स्थानिय क्लवले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा स्थानिय लामगाडाका ३५ वर्षिय चोकेन्द्र गुरुङलाई चक्कु प्रहार गरी हत्या गरेर फरार भएका ३ युवा पक्राउ परेका हुन् । पक्राउ पर्नेमा स्थानिय लामडाँडाका २९ वर्षीय प्रकाश गुरुङ, पोखरा–१३ लामाखेतका २५ वर्षीय निशान गुरुङ र पोखरा २० लामाखेतका ३० वर्षीय डिलबहादुर गुरुङ भनिने प्रिमस रहेका छन् । उनीहरुलाई घटना भएको एक दिन भित्रै पक्राउ गर्न सफल भएको प्रहरीले… पुरा पढौ

पोखरामा ‘अन्नपूर्ण केबुलकार’ को व्यावसायिक सञ्चालन

पोखरास्थित महत्वपूर्ण पर्यटकीय गन्तव्य फेवाताल किनारबाट अर्को पर्यटकीयस्थल सराङकोटडाँडा जोड्ने गरी निर्माण गरिएको केबुलकार यही फागुन आजदेखि व्यावसायिक सञ्चालनमा आउने भएको छ। अन्नपूर्ण केबुलकार प्रालिले निर्माण गरेको पोखरा महानगरपालिका–१८ को सेदीबाट सराङकोटसम्म २ हजार २६५ मिटर लामो ‘अन्नपूर्ण केबुलकार’को व्यावसायिक सेवा शुभारम्भ गर्न लागिएको हो। आगामी नयाँ वर्षमा ‘ग्राण्ड लञ्चिङ’ गर्ने र हालका लागि ‘सफ्ट लञ्चिङ’मार्फत बिहान १० बजेदेखि साँझ ४ बजेसम्म व्यावसायिक सञ्चालन हुनेछ । स्वदेशी तथा विदेशी पर्यटक धेरै आउने पोखरामा पर्यटनको एउटा नयाँ ‘ब्राण्ड’ थपिएको हो। अङ्ग्रेजी… पुरा पढौ

लकडाउन आदेशको पालना गरौँः प्रजिअ आचार्य

पोखराको पृथ्वीचोकस्थित बसपार्कमा यहाँबाट बाहिर जाने र बाहिरबाट पोखरा भित्रने सवारी साधनमा आज (आइतबार) विहानैदेखि प्रहरीले कडा चेक जाँच गरेको छ। विश्वभर महामारीको रुपमा फैलिएका कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको ग्राफ कास्कीमा पनि उकालो लाग्न थालेपछि सवारी साधनका चालक, सहचालक र यात्रुहरुमा चेक जाँच सुरु गरेको हो। सवारी साधनको चालक, सह–चालक र यात्रुहरुका लागि अनिवार्य रुपमा मास्क, स्यानिटाइजर र खोप कार्डको अनुगमन गरेको कास्की जिल्ला ट्राफिक कार्यालयका सूचना अधिकारी प्रहरी नायव निरीक्षक शिव पाठकले जानकारी दिए। कोभिड–१९ को नयाँ भेरियन्ट… पुरा पढौ

वालिङमा पनि राष्ट्रिय एकता दिवसको दिन सार्वजनिक बिदा

स्याङ्जाको वालिङ नगरपालिकाले राष्ट्रिय एकता दिवस (पृथ्वी जयन्ती) को दिन भोली (मंगलबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ। नगरपालिकाले आइतबार एक सूचना निकाल्दै पुस २७ गते मंगलबार पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो। पृथ्वीनारायण शाहप्रति सम्मान गर्दै सार्वजनिक बिदा दिने निर्णय गरिएको सूचनामा उल्लेख छ । पुरा पढौ

खोप लिएर आएको विमान अवतरण नगरी फर्कियो

काठमाडौ । कोरोना भाइरस विरुद्धको भेरोसेल खोप बोकेर चिनबाट आएको विमान काठमाडौ विमानस्थलमा अवतरण नगरी फिर्ता भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मौसम खराबीले आज बिहान जहाज अवतरण गर्न नसकेपछि खोप फिर्ता भएको हो । एशियाली विकास बैंकको सहयोगमा चीनबाट भेरोसेल खोप नेपाल ल्याउन लागिएको थियो । स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरसियाले विमानस्थलमा जहाज अवतरण गर्न नसकेपछि खोप फिर्ता गए पनि भोलिसम्ममा आइपुग्ने जानकारी दिए। उनका अनुसार त्यहाँबाट १२ लाख एक हजार ८८७ मात्रा खोप आउन… पुरा पढौ

भरतपुर महानगरमा झन्डै चार अर्बका खानेपानी आयोजनाःस्थानीयवासी खुसीचितवन, २४ मङ्सिर ९रासस०ः जनप्रतिनिधि आएपछि भरतपुर महानगरपालिकाभित्र २३ वटा ठूला खानेपानी आयोजना नयाँ निर्माण, विस्तार र मर्मत सुधार भएका छन् । पहाडी क्षेत्रसमेत रहेको महानगरमा खानेपानी विस्तारसँगै स्थानीयवासी लाभान्वित भएका छन् । शुद्ध पानी सहज रुपमा उपभोग गर्न महानगरवासीलाई सहयोग पुगेको छ । महानगरको कविलासमा पानीका लागि भोग्नुपरेको कष्ट टरेको छ । महानगरप्रमुख रेनु दाहालका अनुसार २३ वटा महत्वपूर्ण खानेपानी आयोजनामा रु तीन अर्ब ७७ करोड सात लाख खर्च भएको छ ।… पुरा पढौ

बामदेबको अध्यक्षतामा अखिल नेपाल खेलकुद महासंघ कास्की गठन

अखिल नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा वामदेव सुवेदी चयन भएका छन्। महासंघ कास्कीको आज सम्पन्न प्रथम भेलाले सुबेदीको अध्यक्षतामा ४७ सदस्यीय कार्यसमिति चयन गरेको हो। समितिको उपाध्यक्षमा प्रकाश मल्ल, सचिवमा विशाल गुरुङ, कोषाध्यक्षमा जीवन बास्तोला र सहसचिवमा होमनाथ विक चयन भएका छन्। नव निर्वाचित कार्यसमितिलाई नेकपा माओवादीका केन्द्रीय प्रतिनिधि तथा गण्डकी प्रदेशका अर्थ विकास समितिका सभापति दीपक कोइरालालगायतले प्यानल घोषणा गर्दै बधाई ज्ञापन गरेका थिए। पुरा पढौ

नेकपा माओवादी केन्द्र पोखरा-६ को अध्यक्षमा आचार्य

नेकपा माओवादी केन्द्र पोखरा-६ को अध्यक्षमा कृष्ण आचार्य चयन भएका छन्। नेकपा माओवादी केन्द्र पोखरा-६ को शनिबार सम्पन्न वडा अधिवेशनले आचार्यको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको हो।. समितिको उपाध्यक्षमा नारायण सापकोटा, सचिवमा मदन पहारी, सहसचिवमा विजयकुमार प्रधान र कोषाध्यक्षमा रमेश पहारी सर्वसम्मत चयन भएका छन्। पुरा पढौ