Uncategorized

सहारा क्लवको च्यारिटी डिनरबाट कति बचत ?

पोखरा, मंसिर ८ सहारा क्लव पोखराले नेपालीको महान चाँड बडादशैं, तिहार, नेपाल सम्वत तथा छठ पर्वको अवसरमा हालै आयोजना गरेको च्यारिटी डिनरबाट १७ लाख ४१ हजार रुपैयाँ बचत गरेको छ । क्लवद्वारा सञ्चालित सूर्यबहादुर केसी स्मृति सहारा एकेडेमीको सहयोगार्थ गत कात्तिक १४ गते पोखरामा आयोजित च्यारिटी डिनरमा सो रकम बचत गर्न सफल भएको हो । सो डिनर कार्यक्रमबाट कुल २४ लाख १९ हजार १ सय ७७ रुपैयाँ आम्दानी भएकोमा ६ लाख ७७ हजार ५ सय ५१ रुपैयाँ खर्च भई सो… पुरा पढौ

एभरेस्ट एफएमको रक्तदान शनिबार, प्रतिभा र ग्यालेक्सी माविमा सचेतना

पोखरा, मंसिर ४ पोखराबाट प्रशारण हुने एभरेस्ट एफएम ९३ मेगाहर्जको आयोजनामा आउँदो शनिबार बृहद रक्तदान कार्यक्रम आयोजना हुँदैछ । एभरेस्ट मिडिया हाउस प्रालिद्वारा सञ्चालित एभरेस्ट एफएम र एभरेस्ट आवाज डटकमको संयुक्त आयोजनामा रेडियो प्राङ्गण पोखरा–५ प्रस्याङमा हुने रक्तदान कार्यक्रम यहि मंसिर ६ गते शनिबार विहान ७ बजेदेखि १२ बजेसम्म हुनेछ । रेडियोले ‘म त रक्तदान गर्दैछु, तपाईं नि ? भन्ने नारासहित रक्तदान कार्यक्रमको क्याम्पेनिङ गरिरहेको छ । रेडियोले एफएमबाट सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ भने स्कुल तथा कलेजमा पनि सचेतना… पुरा पढौ

‘हेमदेवी धर्म, संस्कृति तथा समाज सेवा पुरस्कार–२०८२’ मानवसेवा आश्रमलाई प्रदान गरिने

पोखरा । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले ‘हेमदेवी धर्म, संस्कृति तथा समाज सेवा पुरस्कार - २०८२’ मानवसेवा आश्रमलाई प्रदान गर्ने भएको छ। सडकमा रहेका सहयोगापेक्षी व्यक्तिहरूको उद्धार र संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै आश्रमलाई यस वर्षको पुरस्कारका लागि चयन गरिएको समितिले जनाएको छ। समितिका कार्यवाहक अध्यक्ष सूर्यप्रसाद सुवेदीको संयोजकत्वमा गठित चयन समितिले निर्णय गरेको सो पुरस्कारको राशि रू. १,०१,००० (एक लाख एक हजार) र सम्मानपत्र रहेको छ। रु. १५ लाखको अक्षयकोषबाट सञ्चालन हुने यो पुरस्कार प्रत्येक दुई वर्षमा धर्म, संस्कृति… पुरा पढौ

नेपाल टेलिकमको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत श्री मैदान मावि, फेदीखोलामा विद्यार्थीलाई झोला वितरण

पोखरा । नेपाल टेलिकम गण्डकी प्रदेश निर्देशनालय, पोखराको आयोजनामा बिहिबार फेदीखोला गाउँपालिका–५, बाँगेस्थित श्री मैदान माध्यमिक विद्यालयका ९४ जना विद्यार्थीहरूलाई विद्यालय झोला वितरण गरिएको छ। नेपाल टेलिकम गण्डकी प्रदेश निर्देशनालयका निर्देशक बसन्त लिङथेकको अध्यक्षतामा भएको कार्यक्रममा फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदी प्रमुख अतिथि तथा उपाध्यक्ष देउकुमारी गुरुङ विशिष्ट अतिथि रहनुभएको थियो। उक्त कार्यक्रममा नेपाल टेलिकमका प्रादेशिक व्यापार प्रमुख महेन्द्र रिमाल, फेदीखोला गाउँपालिकाका शिक्षा शाखा प्रमुख नवीन थापा, वडा नं. ५ का अध्यक्ष डिलबहादुर गुरुङ, विद्यालय व्यवस्थापन समिति अध्यक्ष चेतन दास… पुरा पढौ

टी–२० सिरिज जितिसकेको नेपाल वेस्ट इन्डिजविरुद्ध ’क्लिन स्विप’को लक्ष्यमा बढ्दै

वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक टी–२० आई सिरिज एक खेलअगावै जितिसकेको नेपाल आज अन्तिम खेल खेल्दै छ। अब नेपाली राष्ट्रिय क्रिकेट टोलीको लक्ष्य सिरिज क्लिन स्विप गर्नु हुनेछ। यसअघि दुई खेलमा वेस्ट इन्डिजलाई लगातार हराउँदै नेपालले तीन खेलको सिरिज जितिसकेको छ।दुईपटकको टी–२० विश्वकप च्याम्पियन टोलीविरुद्ध ऐतिहासिक जित हासिल गरेको नेपाली टोली युनिटी कपको अन्तिम खेलमा उच्च मनोबलमा मैदान उत्रनेछ।खेल यूएईको सारजाह क्रिकेट रगंशालामा राति सवा ८ बजे सुरु हुनेछ। नेपालले पहिलो खेलमा १९ रनको जित निकाल्दै पूर्ण टेस्ट टोलीविरुद्ध ऐतिहासिक प्राप्त गरेको… पुरा पढौ

निर्वाचनका लागि मतदाता नामावली संकलन गर्ने बाटो खुल्ला

पोखरा, असोज ८ आगामी निर्वाचनका लागि मतदाता नामावली संकलनको बाटो खुलेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामावली ऐन २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेपछि मतदाता नामावली संकलनको बाटो खुलेको हो । अब निर्वाचनल आयोगले मतदाता नामावलीमा नाम छुटेकाहरुका लागि मतदाता नामावली संकलन गर्न सक्नेछ । जसमा यसअघि मतदाता नामावलीमा छुटेका वा दर्ता नभएकाहरुले आफ्नो नाम दर्ता गराउन सक्नेछन् । निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले कानुन बमोजिम मतदान गर्न योग्यता पुगेकाहरुको नामावली संकलनको लागि बाटो खुलेको बताए… पुरा पढौ

पोखरा इभेन्ट सेन्टरमाथि आगजनी र तोडफोडप्रति लगानीकर्ताको चिन्ता, छानबिन गरि कारवाहीको माग

पोखरा । भाद्र २३ र २४ गते आयोजित जेन–जी (नयाँ पुस्ता) आन्दोलनका क्रममा देशभरका घटनाले तातेको बेला पोखरा–६ बुलौदीस्थित पोखरा इभेन्ट सेन्टरमा आपराधिक गिरोहले आगजनी, तोडफोड र लुटपाट गरेको घटनाप्रति इभेन्ट सेन्टरका लगानीकर्ताहरूले गम्भीर ध्यानाकर्षण गराएका छन् । लगानीकर्ताहरूका अनुसार आन्दोलनकै नाममा घुसपैठी गिरोहले सेन्टरमा ठूलो र अपूरणीय क्षति पुर्‍याएको छ। करोडौं रुपैयाँ बराबरको सम्पत्ति नष्ट हुनुका साथै यस घटनाले उद्यमी–व्यवसायीहरूको मनोबल कमजोर बनाएको र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्तामा नकारात्मक सन्देश प्रवाह गरेको ठहर संचालकको छ। पोखरा इभेन्ट सेन्टर आधुनिक… पुरा पढौ

जेन-जि आन्दोलन पबित्र थियो, तर घुसपैठीले जलाईदिए : महानगर प्रमुख आचार्य

पोखरा, भदौ २८ । हालै सम्पन्न जेन-जि आन्दोलनका क्रममा पोखरा महानगर प्रमुख धनराज आचार्यको निजी निवासमा भएको आगजनी र तोडफोड आन्दोलनमा घुसपैठ गरेका असामाजिक समूहहरूले स्वार्थसिद्धिका लागि गरेको आचार्यले बताएका छन्। सामाजिक सञ्उजाल फेसबुकमा एक स्नटाटस लेख्दै महानगर प्रमुख आचार्यले सो निवास करिब २० वर्षअघि निर्माण गरिएको बताए । “म महानगर प्रमुख बनेदेखि कुनै आर्थिक लाभ लिएको छैन। मेरो मासिक सुविधा समेत विद्यार्थी शिक्षादान र सामाजिक क्षेत्रमा खर्च गर्दै आएको कुरा जगजाहेर छ,” आचार्यले भने। उनले आन्दोलनमा दिवंगत भएका युवाप्रति… पुरा पढौ

मंसिरको तेस्रो साता पोखरामा व्यापार मेला

पोखरा,२३ भदौ । पोखरा उद्योग वाणिज्य संघले यही आउँदो मंसिर १७ देखि २१ गतेसम्म राष्ट्रिय औद्योगिक व्यापार मेलाको ३४ औं संस्करण आयोजना गर्ने भएको छ । संघको आइतबार बसेको कार्यसमिति बैठकले मेलाको मिति तय गरेको हो ।संघका अध्यक्ष गोकर्ण कार्कीका अनुसार पोखरा ९, प्रदर्शनी केन्द्रमा मेला आयोजना गरिने छ । संघले मेलालाई विशुद्ध स्वदेशी उत्पादन तथा सेवाहरूको बजार पहिचान, प्रवर्द्धन तथा प्रचार–प्रसार,पोखराको पर्यटन र व्यापार प्रवर्द्धन, उत्पादक र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध स्थापना, पोखरालगायत सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य उत्पादन, हस्तकलाका उत्पादन,… पुरा पढौ

ठूलो डिही–पोखरा सम्पर्क मञ्चको तिज विशेष दिदीबहिनी भेटघाट तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

पोखरा । ठूलो डिही–पोखरा सम्पर्क मञ्चको आयोजनामा हरितालिका तिज विशेष दिदीबहिनी भेटघाट, वित्तीय साक्षरता तथा सामाजिक सुरक्षा भत्ता नवीकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका पूर्व अर्थमन्त्री तथा प्रदेश सभा सदस्य माननीय सिताकुमारी सुन्दासले एउटै आँगनीमा खाइखेलेका दिदीबहिनीहरूसँग तिजको पावन अवसरमा एकै थलोमा भेट्न पाउँदा आफू प्रफुल्लित भएको बताउँदै वित्तीय साक्षरता र जेष्ठ नागरिकका लागि पोखरामै बायोमेट्रिक सुविधा उपलब्ध गराइनु सराहनीय कार्य भएको उल्लेख गरिन्। कार्यक्रममा मञ्चका सल्लाहकार वरिष्ठ अधिवक्ता सुरेन्द्रबहादुर थापाले शुभकामना व्यक्त गर्दै संस्थाले गरिरहेको… पुरा पढौ