Uncategorized

पोखरा–छेन्दु ऐतिहासिक व्यवसायिक चार्टर्ड उडान शुरु

पोखरा, चैत ५ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो पटक पोखरा–छेन्दु चार्टर्ड उडान भएको छ । पोखरा पर्यटन परिषदको पहलमा आज पहिलो पटक पोखराबाट मित्रराष्ट्र चीनको छेन्दुसम्म पहिलो व्यवसायिक उडान भएको हो । सिचुवान एयरलाईन्सको विमानमा आज १२६ जना पोखरेली छेन्दू गएका छन् । दिउँसो १२ः४५ बजेको उडानमा उनीहरु त्यसतर्फ प्रस्थान गरेका थिए । यसअघि सो जहाज १२७ जना चिनिया पर्यटक बोकेर दिउँसो ११ः४५ बजे पोखरा विमानस्थलमा अवतरण भएको थियो । सोहि विमानले पोखरेली पर्यटक बोकेर छेन्दू उडेको हो । पोखराबाट पहिलो… पुरा पढौ

हिमाली जिल्लामा एचपिभी खोप अभियान आइतबारदेखि सुरु हुने

काठमाडौँ । प्रतिकूल मौसमले हिमाली जिल्लामा रोकिएको पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियान यही फागुन १८ देखि सञ्चालन गरिने भएको छ । हिमाली जिल्लाहरु मनाङ, मुस्ताङ, डोल्पा र हुम्लामा हिमपातका कारण खोप अभियानमा कठिनाइ भएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले मन्त्रालयको नियमित भिडियो ब्रिफिङमा मनाङ, मुस्ताङ र हुम्लामा फागुन १८ र डोल्पामा फागुन २२ गतेदेखि खोप अभियान सञ्चालन हुने जानकारी गराए। स्वास्थ्य मन्त्रालयले गत माघ २२ देखि फागुन ६ गतेसम्म सञ्चालन गरेको यो अभियानमा कुल… पुरा पढौ

बानियाको ‘ठक्कर’ सार्वजनिक

पोखरेली गायक विनोद बानियाले ठक्कर गीत सार्वजनिक भएको छ । बानियाको स्वर र संगीतमा निर्माण गरिएको ठक्कर गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको हो । आफ्ना पुराना मित्र गीतकार तथा चलचित्र निर्माता अविरल थापाको रचनामा बनेको यो गीतको म्यूजिक भिडियोमा नायक राजबल्लभ कोईरालालगायतको अभिनय छ । गीत युट्युब च्यानल अवेकन प्रोडक्सनबाट सार्वजनिक गरिएको गायक बिनोद बानियाले जानकारी दिए । सानो संसार चलचित्रका निर्देशक सिद्धार्थ पुडासैनीले निर्देशन गरेको भिडियो आकर्षक बनेको छ । समाजमा बढ्दै गएको चरम निराशा, डिप्रेसन, हत्या र आत्महत्यालाई… पुरा पढौ

माछापुच्छ्रे गाउँपालिकाको क्रसर काण्डःराजस्व मिलाउन जनप्रतिनिधिको मिलोमतो !

पोखरा, फागुन १२ माछापुच्छ्रे गाउँपालिकाका क्रसर उद्योगहरु बिना दर्ता सञ्चालित छन् । त्यहाँका कुनैपनि क्रसरहरु अनुमती लिएर सञ्चालित छैनन् । अर्थात माछापुच्छ्रे गाउँपालिकामा रहेका गण्डकी एग्रोगेट, फेउसरका बराह क्रसर उद्योग, जेके क्रसर उद्योग र सेती गण्डकी क्रसर उद्योग अवैध रुमा सञ्चालित छन् । स्थानिय सरकारका रुपमा रहेको गाउँपालिकाले यी अवैध रुपमा सञ्चालित क्रसरहरुलाई बन्द गर्न पटक÷पटक पत्राचारपनि ग¥यो । तर कुनैपनि क्रसरहरु वैध बन्नेतर्फ अग्रसर भएनन् । बरु राजनीतिक आडमा ती क्रसरहरु निरन्तर चलिरहे । पटक÷पटकको आग्रह र निर्देशनलाई लत्याएर… पुरा पढौ

चौथो शुक्लागण्डकी महोत्सव शुरु

फागुन ९ तनहुँ । तनहुँको शुक्लागण्डकी–५ बेलचौतारास्थित भानुभक्त बहुमुखी क्याम्पसको खेल मैदानमा चौथो शुक्लागण्डकी महोत्सव शुरु भएको छ । शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघद्धारा आयोजित महोत्सवको पूर्व मन्त्री एवम् तनहुँ क्षेत्र नं. २ का प्रतिनिधी सभा सदस्य शंकर भण्डारीले शुक्रवार उद्घाटन गरे । सो अवसरमा सांसद भण्डारीले महोत्सवले यस क्षेत्रको प्रचार प्रसारका साथै अर्थतन्त्र चलायमान बनाउन महत्पूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे । सांसद भण्डारीले शुक्लागण्डकी हरेक दृष्टिले सम्भावनायुक्त नगर भएको बताउदै समृद्ध शुक्लागण्डकी निर्माणकालागि सबै पक्षको साथ र सहयोग… पुरा पढौ

पोखराको सेदीमा प्रहरी विट स्थापना

पोखरा, फागुन ७ पोखरा महानगरपालिका वडा नम्बर–१८ सेदीमा प्रहरी विट स्थापना भएको छ । पोखराको लेकसाईडबाट नजिकै रहेको सेदीमा व्यवसायी युवराज खतिवडा र स्थानियको पहलमा प्रहरी बिट स्थापना भएको हो । नवनिर्मित प्रहरी विटको बुधबार गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) भोलाबहादुर रावलले उद्घाटन गरे । सेदीको वाई.यु.के.सुपर मार्केटकै प्राङ्गणमा निर्माण गरिएको प्रहरी विटमा ६ जना प्रहरी रहने जनाइएको छ । करीब १६ लाखको लागतमा बनेको प्रहरी विटमा कार्यालय, भान्सा कोठा, सुत्ने कोठा, शौचालय र बाथरुमपनि रहेका… पुरा पढौ

पोखरामा ‘व्याक टु नाइन्टिज’ ऐतिहासिक रुपमा सम्पन्न, सांगीतिक विरासत फर्काउन ३० हजार बढी दर्शक

पोखरा, माघ २७ सांगीतिक विरासत फर्काउन पोखरामा आयोजित ‘व्याक टु नाइन्टिज’ विरासतलाई फर्केर हेर्दा कार्यक्रम ऐतिहासिक रुपमा सम्पन्न भएको छ । पोखरा सांगीतिक कलाकार संघ नेपालले गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा पोखरा–९ नयाबजारस्थित पोखरा प्रदर्शनी केन्द्रमा शनिबार आयोजना गरेको ‘व्याक टु नाइन्टिज’ विरासतलाई फर्केर हेर्दा कार्यक्रम ऐतिहासिक रुपमा दर्शक भित्राउँदै सम्पन्न भएको हो । नब्बेको दशकमा ब्याण्डहरुको राजधानी रहेको पोखराको सांगीतिक विरासत फर्काउने उद्देश्यले आयोजित कार्यक्रमका लागि गाउँ, टोलबाट दर्शक ओईरिएका थिए । कुमुदिनी होम्स र नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट… पुरा पढौ

सर्वेश्वरको भाग्यशाली उपहार योजनाको लक्की ड्र : लामौचौरकी रिनालाई स्कुटर

पोखरा, माघ १९ पोखराको चिप्लेढुंगादेखि गैह्रापाटनसम्म फैलिएको सर्वेश्वर मार्ग र पराजुली मार्गका होलसेल व्यवसायीहरुको छाता संस्था सर्वेश्वर व्यवसायी समिति चिप्लेढुंगा पोखराले सञ्चालन गरेको निःशुल्क भाग्यशाली उपहार योजनाको भाग्य चिट्ठा शनिबार खोलिएको छ । नेपालीको महान चाँडहरु बडादशैं, तिहार, नेपाल सम्वत र छठ पर्वको अवसरमा तीन महिना लामो अवधी राखेर समितिले सञ्चालन गरेको निःशुल्क भाग्यशाली उपहार योजनाको शनिबार समितिको साधारण सभा तथा वनभोज कार्यक्रमको अवसरमा खोलिएको हो । सो उपहार योजना भाग्य चिट्ठामा पोखरा–१६ लामाचौरकी रिना बस्नेतले सामान खरिदमा प्राप्त गरेको… पुरा पढौ

फुलबारी क्लबले आयोजना गरेको रक्तदान कार्यक्रममा ८८ युनिट संकलन

माघ १६ पोखरा । पोखरा ११ स्थित फुलवारी क्लबले शहिद दिवसको अवसरमा खुल्ला रक्तदान कार्यव्रmमको आयोजना गरेको छ । कार्यव्रmम नेपाल रेडव्रmस सोसाइटी गण्डकी प्रदेशका अध्यक्ष सुर्य प्रसाद ढकालले पहिलो रक्तदाता रामचन्द्र वास्तोलालाई ब्लडब्याग हस्तान्तरण गरि समुदघाटन गरे । रक्तदान कार्यक्रममा ८८ जनाले रक्तदान गरेका छन् । कार्यव्रmममा नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशका अध्यक्ष सुर्य प्रसाद ढकाल पोखरा ११ का वडा अध्यक्ष प्रेम प्रसाद कर्माचार्य लगायतले रक्तदानले मानिसलाई स्वच्छ बनाउनेमा जोडदिएका थिए । पूmलबारी पार्कमा क्लबका अध्यक्ष मनोज बास्तोलाको अध्यक्षतामा… पुरा पढौ

देवघाट जाने झोलुङ्गे पुल मर्मत सुरु

तनहुँ जिल्लाको प्रसिद्ध धार्मिकस्थल देवघाट जाने झोलुङ्गे पुल मर्मत सुरु गरिएको छ । चितवनको भरतपुरबाट देवघाट जाने त्रिशुली नदीमाथिको झोलुङ्गे पुल मर्मत थालिएको हो । तनहुँको देवघाट गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–१ जोड्ने उक्त पुलमा निर्माण अवधिभर बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म मोटरसाइकल सञ्चालनमा रोक लगाइएको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले जानकारी दिए । मोटरसाइकल आवागमन रोक लगाएर पुल मर्मत भइरहेको उनले बताए । समितिले आफ्नो भौगोलिक कार्यक्षेत्रभित्र पर्ने त्रिशूली नदीमाथिको उक्त झोलुङ्गे पुल जीर्ण भएकले… पुरा पढौ