Uncategorized

दशैँमा पर्यटक नहुँदा बेगनासका डुङ्गा व्यवसायी निराश

डुंगा चलाउन शुरु गरेको २० वर्ष पुग्यो । त्यतिबेला डुंगा चढ्ने व्यक्तिबाट प्रति घण्टा २ रुपैयाँ शुल्क लिने गरिन्थ्यो । अहिले त्यो शुल्क वृद्धि भई रु सात सय पुगेको छ । पोखराको लेखनाथस्थित बेगनास तालमा दुई दशकदेखि डुंगा चलाउँदै आएका डुंगा व्यवसायी ५५ वर्षीय बाबुराम कोइरालाले भने, ‘तीन वर्षयता पर्यटक नहुँदा व्यवसाय सुस्तायो, महँगीले सीमा नाघ्यो, बाच्न पनि कठिन भयो । बेगनासतालमा मात्र दुई सय डुङ्गा व्यवसायी आबद्ध छन् । तीन वर्ष अघिसम्म डुंगा चलाएर मासिक रु २०/२५ हजार आम्दानी… पुरा पढौ

दसैं : छिप्पिएको बोको र पिल्सिएको छोरो(कथा)

मेरो एउटा साथी छ, अहिले उ अमेरिकामा बस्छ।क्याम्पस पढदा सगै पढेका साथी हौं।उ डिभी परेर अमेरिका गएको हो।हामी क्लासमा सबै भन्दा मिल्ने साथी थियौं।म पनि उस्को घर जान्थे बस्थे खान्थे र उ पनि मेरो घर आउथ्यो ।बस्थ्यो खान्थ्यो। पारिवारिक रुपबाट पनि हामी निकै नजिक थियौं।हामी प्रत्यक दिन जस्तो फोनमा कुराकानी गरिरहन्छौं। उ आफ्ना गुनासार मनका कुरा मलाइ सुनाउन पाउँदा मन हलुङो हुन्छ भन्छ।सन्तोष तैले बिदेस जान्न नेपालमै संघर्ष गर्छु भनेर नेपालमै बसेर जितिस् यार, मेरो हालत हेर्त, मेरो जस्तो हालत… पुरा पढौ

मनास्लुमा फेरि हिमपहिरो, १ बेपत्ता, ३ को उद्धार

मनास्लु हिमपहिरोमा परी १ जना नेपाली नागरिक बेपत्ता भएका छन्। सेभेन सम्मिट ट्रेक्स एन्ड एक्सपिडिसन प्रालिका शेर्पा हिँजो (आइतबार) दिउसो साँढे ३ बजेतिर गएको हिमपहिरोमा परी बेपत्ता भएका हुन्। हिमपहिरोमा परी बेपत्ता भएका शेर्पाको पूरै पहिचान खुलेको छैन। दोस्रो शिविरबाट आधार शिविरतर्फ फर्कने क्रममा विभिन्न कम्पनीका ४ जना हिमपहिरोमा परेका थिए। हिमपहिरोमा परी हराएका शेर्पाको साँझ अबेरसम्म सिम्रिक एअरको हेलिकोप्टरबाट खोजी गरिएको जनाइएको छ। अरु ३ जना सकुशल भेटिएका छन्। पुरा पढौ

निर्माणको अन्तिम चरणमा १४ मेवाको घारखोला जलविद्युत

म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा सञ्चालित १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ । वि. सं. २०७४ चैत महीनादेखि शुरु भएको घारखोलाको ९२ प्रतिशत निर्माण सकिएको आयोजनाको प्रवर्द्धक कम्पनी म्याग्दी हाइड्रोपावरले बताएको छ । कम्पनीका अध्यक्ष भरत नेपालले आयोजनाको बनिसकेका संरचना परीक्षण गर्न थालिएको जानकारी दिए । ‘बाँध र डिसेन्डर (पानी थिग्राउने पोखरी) मा पानी हालेर परीक्षण सुरु गरिएको छ’, उनले भने । आगामी मंसीर महीनादेखि परीक्षण उत्पादन शुरु गर्ने तयारी र लक्ष्यका साथ सिभिल, हाइड्रो र इलेक्ट्रोमेकानिकलतर्फको… पुरा पढौ

१३५ वर्ष पुरानो झोलुङ्गे पुल मर्मतको पर्खाइमा

विसं १९४४ मा स्थानीय प्रविधि र स्रोतसाधनको प्रयोग गरी बनाइएको झोलुङ्गे पुल मर्मतको पर्खाइमा छ । म्याग्दी सदरमुकाम बेनीस्थित मङ्गलाघाट र बेनी नगरपालिका–२ ज्यामरुककोटको हाँडेभिरलाई जोड्ने म्याग्दी खोलामा बनाइएको उक्त पुल हाल जीर्ण अवस्थामा छ । एक शताब्दी अघि बागलुङ गलकोटका समाजसेवी लालप्रसाद शेरचनले लुकुर वनको काँचो फलाम र म्याग्दीको रुमगाउँका स्थानीयवासीको सीपलाई प्रयोग गरी निर्माण गरेको उक्त पुल यस क्षेत्रकै पहिलो हो ।  बेनीका अगुवा ८४ वर्षीय नैनकुमार श्रेष्ठका अनुसार तत्कालीन समयमा काँचो फलामलाई गोलमा तताएर कुटेर साङ्ले लठ्ठा… पुरा पढौ

नवलपुरमा यात्रु सहायता कक्ष स्थापना

आउँदै गरेको दशैँ तिहारलाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय नवलपुरले जिल्लाका विभिन्न स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । कावासोती , डण्डा बसपार्क, गैंडाकोट र दुम्किबास लगायत क्षेत्रमा ट्राफिक, जनपथ प्रहरी, नागरिकको सहकार्यमा यात्रु सहायता कक्ष सञ्चालन गरिएको हो । दशैँ तिहारमा हुने यात्रुको चाप, यात्रुमाथि हुनसक्ने अभद्र व्यवहार, यात्रु ठगिने सम्भावनालगायतका कुरालाई मध्यनजर गर्दै यात्रु सहायता कक्षको स्थापना गरिएको प्रहरीले जनाएको छ । बिहान ६ बजेदेखि राति १० बजेसम्म निरन्तर यात्रु सहायता कक्षबाट सेवा प्रदान गरिने प्रहरी उपरीक्षक… पुरा पढौ

मनाङको शैक्षिक अवस्था: शिक्षक छन्, विद्यार्थी छैनन्

हिमाली जिल्ला मनाङका अधिकांश विद्यालय बाल विकास कक्षाका भरमा मात्र अडिएका छन् । विद्यालय भएपनि विद्यार्थी न्यून छन् । अभिभावकले बालबालिकालाई अन्यत्र सार्ने गरेका कारण बाल विकास कक्षाबाहेकका विद्यार्थी न्यून भएका हुन् । शिक्षा विकास तथा समन्वय एकाइका अनुसार जिल्लाका २८ मध्ये १४ विद्यालयमा बाल विकास कक्षा मात्रै सञ्चालनमा छन् । नासों गाउँपालिकामा आठ, मनाङ ङिस्याङ गाउँपालिकामा दुई, चामे गाउँपालिकामा दुई र नार्पाभूमि गाउँपालिकामा दुई विद्यालयमा बाल विकास कक्षामा मात्रै विद्यार्थी रहेको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख मतिलाल चपाईले… पुरा पढौ

बाग्लुङमा डेंगी संक्रमण बढ्दोः परीक्षणका लागि किट अभाव

बाग्लुङमा डेंगी रोगको संक्रमण बढ्दै गएको छ । जिल्लामा डेंगीका लक्षण भएका बिरामीको समेत धवलागिरि अस्पतालमा चाप बढिरहेको पाइएको छ । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा गत भदौमा मात्रै २९ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । पर्याप्त रूपमा डेंगी परीक्षणका लागि किटको अभावले गर्दा धेरै शंकास्पद बिरामीको परीक्षणमा भने समस्या भएको छ । जिल्लामा हालसम्म यो वर्षमा ३५ जनामा डेंगी संक्रमण पुष्टि भएकामा नौ जनाको अस्पताल भर्ना गरेर उपचार गर्नुपर्ने र एक जनाको जटिल अवस्थाका बीच थप उपचारका लागि पोखरा… पुरा पढौ

आज विश्व शान्ति दिवस

आज सेप्टेम्बर २१ तारिक अर्थात विश्व शान्ति दिवस। संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २००१ देखि सेप्टेम्बर २१ तारिखका दिन हरेक वर्ष आजैका दिन यो दिवस मनाउने गरिएको छ। नेपालमा भने २०६५ सालदेखि यो दिवस मनाउन थालिएको हो। यो वर्ष End Racism, establish Peace  अर्थात् ‘जातिवादको अन्त र शान्तिको स्थापना’ नारासहित नेपाल लगायत विश्वभर यो दिवस मनाइँदैछ। विश्व शान्तिको उदेश्यले हरेक वर्ष यो दिवस विश्वभर मनाइने गरिन्छ। शान्ति दिवसका अवसरमा नेपालमा भने सरकारी निकाय र गैरसरकारी संघसंस्थाहरूले विभिन्न कार्यक्रम गरी मनाउने गर्दछन्।… पुरा पढौ

संविधान दिवसः ९९८ जना विभुषित हुँदै

आठौं संविधान दिवसको अवसरमा ९९८ जना व्यक्तित्वहरु विभुषित हुँदैछन्। राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न ९९८ जना महानुभावहरुलाई मानपदवी, अलंकार र पदकद्वारा विभूषित गर्ने घोषणा गरेकी छिन्। नेपाल सरकार मन्त्रिपरिषद्को भदौ ३१ गतेको निर्णयअनुसार राष्ट्रपतिले सो घोषणा गरेको राष्ट्रपति कार्यालयले जनाएको छ। पदक पाउने व्यक्तित्वहरूको नामावली गृह मन्त्रालयमार्फत आज (सोमबार) सार्वजनिक भएको हो। पूर्ण विवरण आजको गोरखापत्र दैनिकमा प्रकाशित भएको छ । साथै गोरखापत्र अनलाइनमा समेत हेर्न र पढ्न सकिन्छ। नाम पढ्नका लागि नीलो लेखिएका अक्षरमा थिच्नु होस्। महानुभावहरु ९९८ जनालाई मानपदवी… पुरा पढौ