Uncategorized

नेपाल मगर महिला संघको महाधिवेशन पोखरामा आज

नेपाल मगर महिला संघको ७ औं राष्ट्रिय महाधिवेशन आज (आइतबार) देखि पोखरामा हुँदै छ। सामाजिक न्याय र मगर महिला मुक्तिका लागि २०५५ सालमा स्थापित संघको ७ औं महाधिवेशन पोखरा सभागृह हलमा हुनेछ। मगर संघको जिल्ला कार्यालय पृथ्वीचोक रंगशाला अघिदेखि सांस्कृतिक ¥यालीसहित सभागृहमा आएर महाधिवेशनमा परिणत हुनेछ। ‘नेपाल मगर महिला संघ असोजमा २३ वर्षको पुग्दैछ। यसै परिवेशमा नेपाल मगर महिला संघले आफ्नो सांगठनिक इतिहासमा ७ औँ राष्ट्रिय महाधिवेशन गर्न लागेको हो’ अधिवेशन तयारीबारे शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा संघकी अध्यक्ष बिनिता… पुरा पढौ

पोखरामा ब्रेकिङ बाउण्ड्रिज एमसिसी अन्तर विद्यालय क्रिकेट शुरु

जेष्ठ २१,पोखरा पोखरामा शनिबारदेखि ब्रेकिङ बाउण्ड्रिज एमसिसी अन्तर विद्यालय छात्र छात्रा क्रिकेट प्रतियोगिता शुरु भएको छ । पोखरा क्रिकेट एकेडमीको आयोजना तथा मेरोलिवोन क्रिकेट क्लव फाउण्डेशन युके र किडासा युकेको प्राविधिक सहयोगमा प्रतियोगिता सञ्चालन भएको हो । पोखराको अम्मरसिंह खेल मैदानमा शुरु भएको प्रतियोगिताको शनिबार एक समारोहका विच किडासाका नेपालका लागि डेपुटी देशिय प्रतिनिधी हितमान गुरुङ्गले उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले विद्यालय खेलकुद प्रारम्भको जग भएको बताउँदै घर बलियो बनाउन जग बलियो हुनुपर्नेमा जोड दिनुभयो । सन्दिप लामिछानेले क्रिकेट… पुरा पढौ

मुस्ताङको घरपझोङ गाउँपालिका आइतबार समेत खुल्ला

मुस्ताङको घरपझोङ गाउँपालिकाले आइतबार समेत सेवा दिने निर्णय गरेको छ। नेपाल सरकारले शनिबार र आइतबार २ दिन सार्वजानिक विदाको घोषणा गरेपनि मुस्ताङका पालिकाहरुले भने आइतबारको विदा कटौती गरेका हुन्। घरपझोङको कार्यपालिकाको बैठकले आइतबार समेत सेवा दिने निर्णय गरेको हो । बैठकको निर्णयमा भनिएको छ ‘यस गाउँपालिकाको कार्यालय, वडा कार्यालयहरु तथा स्वास्थ्य चौकी र आधारभुत स्वास्थ्य सेवा केन्द्रहरु र आधारभुत स्वास्थ्य सेवा केन्द्रहरु आइतबारदेखि बिहिबारसम्म विहान १० बजेदेखी ५ बजेसम्म र शुक्रबार १० बजेदेखी ३ बजेसम्म कार्यालय समय तोकी कार्यालय खुल्ला… पुरा पढौ

तनहुँको याम्पा–घाँसीकुवा खण्ड दैनिक पाँच घण्टा बन्द

तनह । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको याम्पाफाँट र घाँसीकुवा खण्ड दैनिक पाँच घण्टा बन्द हुने भएको छ । मुग्लिङ–पोखरा सडक विस्तार योजनाअन्तर्गत उक्त खण्डमा सडक खन्ने कार्य गर्नुपर्ने भएकाले सडक बन्द गर्न लागिएको हो । बन्दीपुर गाउँपालिका–५ स्थित याम्पाफाँट र व्यास नगरपालिका–१२ घाँसीकुवा खण्डमा आइतबारदेखि अर्को सूचना नभएसम्मका लागि राति ११ देखि बिहान ४ बजेसम्म यातायातका साधन सञ्चालनमा रोक लगाइएको मुग्लिङ–पोखरा सडक योजना, तनहुँका आयोजना प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिए । आयोजनाको पूर्वी खण्डतर्फ सडक चौडा बनाउने काम भइरहेको छ । पूर्वी… पुरा पढौ

सङ्घीयता कार्यान्वयनमा सरकार क्रियाशील : मन्त्री श्रेष्ठ

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले सङ्घीयताको पूर्ण कार्यान्वयनमा सरकारको ध्यान गएको बताएका छन् । राष्ट्रियसभामा दर्ता भएको सङ्घीयता कार्यान्वयसम्बन्धी सङ्कल्प प्रस्तावमाथिको छलफलपछि सरकारका तर्फबाट धारणा राख्दै उनले संविधानले परिकल्पना गरेअनुसार नै मुलुक सङ्घीय संरचनामा गइसकेको बताए । सङ्घीयताको कार्यान्वयन, अध्ययन र अनुगमनका लागि संसदीय समिति गठन गर्न सकिने बताए । सङ्घीयता कार्यान्वयनमा क्रममा देखिएका अधुरा विषय विस्तारै पूरा हुँदै जाने उल्लेख गर्दै उनले सङ्कल्प प्रस्तावमाथिको छलफलबाट निस्केका निष्कर्ष सरकारका लागि मार्गदर्शन हुने बताए । उनले एकात्मक शासन व्यवस्थामा… पुरा पढौ

पूर्व पदाधिकारीको सेवा, सुविधाबारे बराल भन्छन् …

राजनीतिलाई पेशाको रुपमा रुपान्तरण गर्दै लैजाने राजनीतिक दलहरुले लगेको अवस्था छ। राजनीति सेवा हो कि पेशा हो? ५ वर्षका लागि आउने, अथवा एक, दुई वर्षका लागि आउने। त्यसलाई उपयोग गरेर जीवनभर भागवण्डा लगाएर सेवा, सुविधा खाने ! सबै राजनीतिक पार्टीहरु भागवण्डा लगाएर खाने कुरामा मौन छन्। विशेष गरेर, हिँजो यो गण्डकी प्रदेशको सरकार, एमालेका पीएस गुरुङको नेतृत्वमा थियो। उहाँको नेतृत्वको गण्डकी प्रदेश लेबलका टोलीले केही पनि बोलेको छैन। तल्लो लेबलका कार्यकर्ताहरुले कुरा उठाएका छन्। एमालेले बोल्नुपर्ने हो, उसले पनि बोलेको… पुरा पढौ

नेप्से परिसूचकको ओरालो यात्रा जारी

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएसँगै लगातार दुई दिन नै शेयर बजारमा कारोबार मापक नेप्से ओरालो लागेको छ ।नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३५।५३ अङ्कले ओरालो लागेर दुई हजार १३७।९२ मा ओर्लेको छ । त्यस्तै, ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक ७।११ अङ्कले ओरालो लागेर ४१५।६३ मा सीमित भएको छ । कूल २२९ कम्पनीको ३७ लाख ६९ हजार ८१२ कित्ता शेयर रु एक अर्ब ३१ करोड… पुरा पढौ

हवाई दुर्घटनामा ज्यान गुमाएकाहरुप्रति नाट्टाद्वारा शोक व्यक्त

नेपाल एसोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले तारा एयरको ट्विनअटर विमान दुर्घटनामा परी ज्यान गुमाउने चालक दल तथा यात्रुहरुको निधनप्रति शोक व्यक्त गरेको छ। नाट्टाले मृतकप्रति श्रद्धाञ्जली तथा परिवारजनमा गहिरो समवेदना समेत प्रकट गरेको छ। शोक वक्तव्य जारी गर्दै घटनाले नाट्टा परिवारलाई स्तब्ध बनाएको भन्दै यस दुःखद घडीमा मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति भावपूर्ण समवेदना प्रकट गरेको छ। मुस्ताङको थासाङस्थित सानसुरे भिरमा दुर्घटनाग्रत भई उक्त विमानमा सवार चालक दलका तीन तथा १९ यात्रुको निधन भएको थियो। भौगोलिक बनावटका… पुरा पढौ

श्रम मन्त्रालयको पुनःएकीकरण परियोजनामा कोइकाको ९६ करोड अनुदान

श्रम मन्त्रालयको पुनःएकीकरण परियोजनामा कोइकाको ९६ करोड अनुदान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) का नेपाल देशीय निर्देशक सुङहुन कोबीच शिष्टाचार भेटवार्ता भएको छ। हिजो (सोमबार) मन्त्रालयमा भएको भेटमा उनीहरुबीच इपीएसमार्फत कोरिया गइ फर्किएका नेपालीहरुको लागि संचालन हुने परियोजनाका साथै नेपाल र दक्षिण कोरिया सरकारबीचको संभावित साझेदारीका बिषयमा विचार विमर्श भएको थियो। इपीएसमार्फत कोरिया गई फर्किएका नेपालीहरुको लागि संचालन हुने परियोजनामा कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)ले ८ मिलियन अमेरिकी डलर अर्थात करिव ९६… पुरा पढौ

हराएको तारा एअरको विमान दुर्घटनाग्रस्त अवस्थामा भेटियो

आइतबारदेखि हराएको तारा एअरको नाइन एनएइटी विमान दुर्घटना अवस्थामा फेला परेको छ। थासाङको मानापाथी हिमालको फेदिस्थित सानोसरे भन्ने स्थानमा दुर्घटना अवस्थामा फेला परेको स्थानीयले सुचना दिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिएका छन्। दुर्घटनाग्रस्त जहाजको अवस्था बुझ्न फिस्टेलको हेली त्यसतर्फ गएको शर्माले जनाए। स्थानीयले सूचना दिएपछि त्यसतर्फ सेना, सशस्त्र र प्रहरीको टोली त्यसतर्फ गइसकेको शर्माले बताए। शर्माका अनुसार जहाज पूर्ण रुपमा क्षतिग्रस्त भएको र जहाजका सामान छरपस्ट रुपमा पहाडमा छरिएको छ। थासाङको मानापाथी हिमालको फेदी नजिकै याकखर्कमा यार्सा… पुरा पढौ