Uncategorized

एसीसी महिला टी–२० च्याम्पियनसीप: नेपालको सेमिफाइनल प्रतिद्वन्दी युएई

एसीसी महिला टी–२० च्याम्पियनसीपको सेमिफाइनलमा नेपालले बलियो टोली युएईको सामना गर्ने भएको छ। युएईले समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा नेपालसँगको भेट पक्का गरेको हो। मलेसियाको किनरारा ओभलमा बुधबार अन्तिम लिग खेलमा कतारलाई हराउँदै युएई समूह विजेता बन्दै अन्तिम ४ मा पुगेको हो। युएईले ४ खेलमा ७ अंक जोड्यो। मलेसिया ६ अंक जोडेर समूह उपविजेता बन्यो। नेपाल समूह ‘बी’ को उपविजेता बनेर सेमिफाइनल पुगेको हो। नेपालले ४ खेलमा ६ अंक जोडेको थियो। नेपालले भुटान, कुवेत र बहराइनलाई हराउँदा हङकङसँग पराजित… पुरा पढौ

सन्दर्भ ओलम्पिक दिवसः एनओसी अवार्ड वितरण गरिदैँ

आज २३ जुन अर्थात ओलम्पिक दिवस। विविध कार्यक्रम गरी खेलकुद सम्बन्ध संघसंस्था तथा खेलाडी प्रशिक्षकहरुले यो दिवस मनाउदै आएका छन्। नेपाल ओलम्पिक कमिटीले बिहीबार ‘ओलम्पिक डे’को अवसरमा एनओसी अवार्ड २०२२ कार्यक्रम गर्ने भएको छ। २३ जुन ‘ओलम्पिक डे’को अवसरका कार्यक्रम हुन लागेको हो। यसक्रममा नेपाली खेलकुदसँग जोडिएको ९ विधामा अवार्ड प्रदान गरिनेछ। कमिटीले यसप्रकारको अवार्ड कार्यक्रम गर्न लागेको यो पहिलो पटक हो र यसलाई निरन्तरता पनि दिने जनाएको छ। अवार्ड उत्कृष्ट पुरुष र महिला खेलाडी, उत्कष्ट पुरुष र महिला प्रशिक्षक… पुरा पढौ

गण्डकी प्रदेश पारा टेवुल टेनिस खेल सम्पन्न

पोखरा । गण्डकी प्रदेश खेलकुद परिषदको आयोजना तथा कास्की जिल्ला टेबुल टेनिस संघको प्राविधिक सहयोगमा पारा खेलकुद अन्तर्गत टेबुल टेनिसतर्फको खेल सम्पन्न भएको छ । पोखरा रंगशालास्थित टेबुल टेनिस हलमा बुधबार बहिरा महिला तथा पुरुष एकल तथा ह्विल चियरतर्फ महिला र पुरुषको छुट्टा–छुट्टटै प्रतिष्पर्धा भएको हो । उक्त प्रतियोगितामा बहिरा पुरुष एकलतर्फ लमजुङका सुनिल आले मगर प्रथम भएका छन् भने बागलुङका बासु थकाली दोस्रो भए । सोही स्पर्धा अन्तर्गत म्याग्दीका कृष्ण बहादुर क्षेत्री र लम्जुङका दिनेश कुमार श्रेष्ठले तेस्रो स्थान… पुरा पढौ

सवारी आयातमा लगाइएको प्रतिबन्ध हटाउन माग

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले सवारीसाधन आयातमा लगाइएको प्रतिबन्ध हटाउन माग गरेको छ। मंगलबार नाडाका अध्यक्ष ध्रुवबहादुर थापाको नेतृत्वमा गएको टोलीले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूसँग भेट गरी आयातमा लगाइएको प्रतिबन्ध हटाउन आग्रह गरेको हो। देशमा विदेशी मुद्रा सञ्चितिमा कमी आएको भन्दै उद्योग मन्त्रालयले गत वैशाख १३ गते राजपत्रमा सूचना प्रकाशन गर्दै चालु आर्थिक वर्षका लागि (असार मसान्तसम्म) विभिन्न १० वस्तुको आयातमा रोक लगाएको थियो। जसमा कार, जीप, भ्यानजस्ता निजी प्रयोजनका सवारीसाधनको आयातमा रोक लगाइएको थियो। नाडाले… पुरा पढौ

माछापुच्छ्रे गाउँपालिकामा जिसस कास्कीको निरीक्षण

जिल्ला समन्वय समिती कास्कीद्वारा जिल्लामा निर्माणाधीन बिकास आयोजनाहरुको अनुगमन तीब्र पारिएको छ। यसैक्रममा कास्कीको माछापुच्छे«े गाउँपालिकाको निर्माणाधीन प्रशासकिय भवनको अनुगमन सोमबार सम्पन्न भएको छ। सो क्रममा निर्माण चरण, प्रक्रिया, गुणस्तर, मापदण्ड र बाँकी कार्यबारे जानकारीसहित सूक्ष्म निरीक्षण तथा अनुगमन गरेको छ।कूल ६ करोड ६२ लाखमा निर्माण सम्झौता सम्पन्न सो भवनको निर्माण कार्यको गुणस्तरीयतामा कुनै कसर बाँकी नराख्न र समयमै सम्पन्न गर्न निर्माण कम्पनी ‘नयाँ बाटो जीएस इन्जिनियरिङ जेभी’ लाई आग्रह गरेको छ। जिल्ला समन्वय कास्कीका प्रमुख लिलाधर पौडेलको नेतृत्वमा, उपप्रमुख… पुरा पढौ

आज योग दिवस

आज जुन २१ तारिक अर्थात विश्व योग दिवस। हरेक वर्ष जुन २१ तारिकका दिन नेपाल लगायत विश्वभर योग दिवस मनाइन्छ। योग दिवसको अवसरमा राजधानीको सुन्धारास्थित धरहरामा अन्तर्राष्ट्रिय योग दिवसको पूर्वसन्ध्यामा दीप प्रज्वलन गरिएको छ। योग दिवसको नारा र लोगो कलात्मक ढंगले प्रयोग गरी गरिएको दीप प्रज्वलनबाट धरहरा निकै सुन्दर र आकर्षक देखिएको छ। ‘मानव जीवनका लागि योग’ भन्ने नारासहित अन्तर्राष्ट्रिय योग दिवस मनाउन लागिएको हो। संयुक्त राष्ट्र संघको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय… पुरा पढौ

आज एन्फाको निर्वाचन

अखिल नेपाल फुटबल संघ (एन्फा) को नेतृत्व चयनका लागि आज (सोमबार) निर्वाचन हुँदैछ। आगामी ४ वर्षको एन्फा नेतृत्वका लागि वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा, वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङको प्यानल चुनावी कडा प्रतिस्पर्धामा छन्। राजीव पौडेल पनि अध्यक्षका प्रत्यासी छन्। बुढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा हुने निर्वाचन हुँदैछ। एन्फाको चुनावमा ८४ मतदाता छन्। २१ सदस्यीय कार्यसमिति चयनका लागि एन्फाको वैधानिक व्यवस्थाअनुसार जिल्ला फुटबल संघ, विभिन्न श्रेणीका क्लब तथा प्राविधिक संघहरु गरी कुल ८४ संस्थाले मतदान गर्ने पाउनेछन्। चुनावको लागि अध्यक्ष पदमा ३, वरिष्ठ… पुरा पढौ

एसपिपीलाई एमालेले चुनावी एजेण्डा बनाउन खोज्यो: प्रवक्ता महत

पर्सा । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले नेकपा (एमाले) ले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी)लाई चुनावी एजेण्डा बनाउन खोजेको बताएका छन् । नेपाल प्रेस युनियन पर्साले आज वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता डा महतले यो धारणा राखेका हुन् । प्रवक्ता डा महतले नेकपा ९एमाले० गएको स्थानीय तहको निर्वाचनपछि एजेण्डाविहीन बनेको र त्यसैले सरकारका विरुद्धमा आगामी संसदीय निर्वाचनलाई लक्ष्य गरेर विभिन्न अनर्गल प्रचारमा लागेको उनको आरोप थियो । पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका प्रवक्ता डा महतले नेपालले कुनै देश या समय… पुरा पढौ

सांसदलाई दोहोरो बजेट नदिदा काँग्रेस असन्तुष्ट

गण्डकी प्रदेशको बजेटमा प्रति सांसद ५ करोडको योजना दिइएको छ। प्रतिपक्षी नेकपा एमालेका सांसदलाई कम बजेटका योजना दिइएपनि सत्तापक्षीय सांसदहरु सबैलाई प्रति सांसद ५ करोडको योजना दिइएको हो। यसलाई लिएर एमाले सांसदहरुले असन्तुष्टि व्यक्त गरेपनि विरोधको स्वरले ठूलो रुप लिएन। तर, ५ करोडको योजना पाएरपनि काँग्रेस सांसदहरु असन्तुष्ट छन्। यसअघि, सांसदले नै योजना छनौट गर्नेगरी संचालन गरिएको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रममा राखिएको बजेट यसपटक कटौति गरिएपछि उनीहरु अर्थमन्त्री रामजीप्रसाद बरालमाथि खनिएका छन्। अर्थमन्त्री बराल पहिलेदेखि नै निर्वाचन क्षेत्र पूर्वाधार… पुरा पढौ

न्यू ग्यालेक्सीको बास्केटवल उपाधि रक्षा

न्यू ग्यालेक्सी छात्रछात्रा बास्केटबलको दुवै उपाधि आयोजक न्यू ग्यालेक्सीले रक्षा गरेको छ। आयोजक न्यू ग्यालेक्सीको छात्र टिमले लेस्पर पर्वतलाई ८२–४९ ले हराउँदै उपाधि चुम्यो। त्यस्तै, छात्रातर्फको टिमले मर्दीखोलालाई २०–१६ ले हराउँदै उपाधि चुम्यो। छात्रतर्फको विजेताले ११ हजार उपविजेताले ६ हजार रुपैयाँ नगद पुरस्कार हात पारेको छ। यस्तै, छात्रातर्फको विजेताले ८ हजार र उपविजेताले ५ हजार रुपैयाँ नगद पुरस्कार हात पारेको छ। प्रतियोगितामा छात्रतर्फ लेस्परका विपिन पुन र छात्रातर्फ मर्दीखोलाकी सुस्मिता गुरुङ उत्कृष्ट खेलाडी घोषित बने। न्यू ग्यालेक्सीका आशिष छजाली र… पुरा पढौ