Uncategorized

पोखरा महानगरपालिका वडा – २३ मा मंगलबार राहत वितरण

पोखरा महानगरपालिका वडा - २३ मा मंगलबार राहत वितरण गरिएको छ । युवा समाजसेवी तथा पत्रकार भानु पराजुलीको पहलमा वहिनी एडुकेयर फ़ाउन्डेशनको आर्थिक सहयोगमा आर्थिक रुपमा विपन्न १ सय परिवारलाई राहत दिईएको फ़ाउन्डेशनका कार्यकारी निर्देशक सुरेन्द्र परियारले जानकारी दिनुभयो । पोखरा- २३, का वडाध्यक्ष विष्णु प्रसाद पराजुलीको उपस्थितिमा वडा कार्यालय परिसरमा प्रति परिवार २५ केजी चामल, ५ केजी दाल, ४ वटा हात धुने सावुन र १५ वटा मास्क वितरण गरिएको थियो । सिद्ध वराह मा.वि.का अध्यक्ष उपेन्द्र पराजुली तथा शिक्षक प्रेम… पुरा पढौ

विश्वकप छनोटः नेपाल बाहिरियो, जोर्डनसँग ३–० ले पराजित

विश्वकप तथा एसियन कप फुटबल छनोट खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ। कुवेतको जाबेर अल अहमद अन्तर्राष्ट्रिय मैदानमा भएको खेलमा नेपाल जोर्डनसँग ३–० को फरक गोल अन्तरले ले पराजित बन्यो। जोर्डनको जितमा बाहा फाइजल सिफले २ र याजन अल अरबले १ गोल गरे। नेपालका रोहित चन्दले जोर्डनका मौसा मोहमद सुलेमानलाई लडाएपछि पाएको पेनाल्टीमार्फत खेलको २४ औं मिनेटमा जोर्डनले सुरुवाती गोल गरेको थियो। त्यसपछि ४९ औं मिनेटमा बाहा फाइजलले र ६७ औं मिनेटमा याजनले गोल गरे। यसअघि, गएको अक्टोबरमा पहिलो चरणको… पुरा पढौ

‘कास्की समाज क्यानाडाद्वारा अक्सिजन प्लान्टका लागि रु १ लाख सहयोग’

पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अक्सिजन प्लान्ट स्थापना र आईसियू बेड थप्नका लागि शुरु गरिएको ‘रु १०० दान गरौं, महामारीमा प्राण राखौं’ भन्ने नाराका साथ शुरु गरिएको आर्थिक संकलन महाअभियानमा सहयोग आउने क्रम जारी छ ।बतास फाउण्डेसनको पहल तथा एभरेस्ट एफएमको संचार सहकार्यमा जारी महाअभियानमा पछिल्लो पटक कास्की समाज क्यानाडाबाट रु १ लाख १ हजार ५५ प्राप्त भएको छ । समाजले अक्सिजन प्लान्टका अलावा हरिहर सन्यास आश्रम पोखरा(२० भलामलाई रु १ लाख , बात्स्यायान बृद्दाश्रम… पुरा पढौ

पसल खुल्ने गरी निषेधाज्ञा एक हप्ता थपिने

काठमाण्डौं । काठमाडौँ उपत्यकामा केही खुकुलो गर्दै पुनः एक हप्ता निषेधाज्ञा थपिने भएको छ । कोभिड¬१९ सङ्क्रमण नियन्त्रणका लागि उपत्यकामा यही १४ देखि २० गते राति १२ बजेसम्का लागि थप कडाइ गर्दै निषेधको आदेश थप गरिएको थियो । उपत्यकाका तीन जिल्ला ९काठमाडौँ, ललितपुर र भक्तपुर० का प्रमुख जिल्ला अधिकारीको आजको बैठकले १४ गते अघिको स्थितिमा कायम रहने गरी २० गतेदेखि थप एक साता निषेधाज्ञा लम्ब्याउने निष्कर्ष निकालेको हो । बुधबार बैठक बसेर उक्त निर्णय गरिने आज बैठकमा सहभागि भक्तपुरका प्रजिअ… पुरा पढौ

राष्ट्रपति भण्डारीद्वारा संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा दाबी गर्न आह्वान

काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा (५) अनुसार नयाँ सरकार गठन गर्न आह्वान गरेकी छन् । राष्ट्रपति कार्यालयले बिहीबार साँझ एक विज्ञप्ती जारी गर्दै जेठ ७ गते साँझ ५ बजेसम्म संविधानको धारा ७६ उपधारा ५ अनुसार प्रधानमन्त्री पदमा दाबी गर्नका लागि प्रतिनिधिसभा सदस्यलाई समय दिइएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई विश्वासको मत प्राप्त हुने राजनीतिक आधार नदेखेकाले मार्ग प्रसस्त गर्दै नयाँ सरकार गठनका लागि आह्वान गर्न अनुरोध गरेको विज्ञप्तिमा उल्लेख छ । पुरा पढौ

आज मध्यरातिदेखि आन्तरिक हवाई उडान पनि बन्द हुँदै

आज (सोमबार) मध्यरातिदेखि आन्तरिकतर्फका सबै हवाई उडान पनि बन्द हुँदै छ। हिजो (आइतबार) बसेको मन्त्रिपरिषद बैठकले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिसअनुसार आज वैशाख २० (सोमबार) राति १२ बजेदेखि आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको हो। यसअघि नै कोभिड संक्रमण रोकथाम निर्देशन समितिले समेत आन्तरिक र बाह्य उडान बन्द गर्न सरकारलाई सिफारिस गरेको थियो। यस्तै मन्त्रिपरिषद्ले वैशाख २२ गते रातिदेखि भारतलगायत सबै देशसँगको अन्तर्राष्ट्रिय उडान रोक्ने निर्णय गरेको परराष्ट्रमन्त्रालयले जनाएको छ। पुरा पढौ

नेपाल सुपर लिग: पहिलो खेलमै पोखरा थन्डर्सको हार

नेपाल सुपर लिग (एनएसएल) मा पोखरा थन्डर्सले पहिलो खेलमै हार खेपेको छ। आइतबार साँझ दशरथ रंशगालामा भएको खेलमा पोखरा थन्डर्सले बुटवल लुम्बिनी एफसीसँग ०–२ गोलले पराजित बनेको हो। बुटवलका विदेशी खेलाडी अर्मान्डले खेलको ४२ औं मिनेटमा सुरुवाती गोल गरे। पहिलो हाफमा १–० गोलले अघि रहेको बुटवललाई पोखरा थन्डर्सले दोस्रो हाफमा आत्मघाती गोलको उपहार दिलायो। खेलको ७७ औं मिनेटमा पोखराका अजित भण्डारीले आफ्नै पोस्टमा बल छिराउँदा बुटवललाई फाइदा दोहोरो गोलले अगाडि बढायो। यसअघि दिनको पहिलो खेलमा विराटनगर सिटी एफसीले धनगढी एफसीलाई… पुरा पढौ

प्रहरीका ३ सय ३६ इन्स्पेक्टरको सरुवा ( को–कहाँ ? सूचीसहित)

नेपाल प्रहरीका ३ सय ३६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)को सरुवा गरिएको छ। प्रहरी प्रधान कार्यालयले शुक्रवार साँझ इन्स्पेक्टरहरूको सरुवा गरेको हो। १ वर्षमा नियमित सरुवा गर्नुपर्ने भएपनि प्रहरी प्रधान कार्यालयले पछिल्लो चार महिनादेखि सरुवा गर्न सकेको थिएन । शुक्रबार सरुवा भएका प्रहरी निरीक्षकहरू ०७६ पुस ७ मा सरुवा भएर आफ्नो कार्यक्षेत्रमा रहेका थिए। ( को–कहाँ ? सूचीसहित) Nepal-Police-Inspector-Posting-4Download पुरा पढौ

प्रविण गुरुङको स्मृतिमा लुम्लेमा विविध साँस्कृतिक प्रस्तुती तथा खेलकुद

लोक गायक स्वः प्रविण गुरुङको स्मृतिमा उनको जन्म गाउँ अन्नपूर्ण–६ लुम्लेमा कार्यक्रम जारी छ। कार्यक्रम अन्र्तगत मंगलवारदेखि दोस्रो गाउँ स्तरीय पुरुष भलिवल प्रतियोगिता (सुनगाभा कप २०७७) सुरु भएको छ भने खुल्ला दोहोरी गीत प्रतियोगिता तथा स्रष्टा सम्मान शुक्रवारदेखि हुँदैछ। त्यस्तै, शुक्रवारै स्वः गुरुङको शालिकको अनावरण गर्ने कार्यक्रम पनि तय भएको छ। लुम्ले स्थित रिनी म्यु (दिदीबहिनी दाजुभाई) समाजको आयोजना तथा गाउँपालिकाको विशेष सहयोगमा कार्यक्रम भएको हो।जुन यहि चैत २१ गतेसम्म चल्नेछ। प्रविण गुरुङ स्मृति प्रतिष्ठान गठन गर्ने, गुरुङको शालिकको संरक्षण… पुरा पढौ

इलाम पुरुष भलिबलमा गण्डकीको विजयी सुरुवात, आर्मी र एपीएफको पनि जित

इलामको आयोजनामा भइरहेको दोस्रो संस्करणको इलाम आमन्त्रण खुला पुरुष भलिबल प्रतियोगितामा गण्डकी प्रदेशले विजयी सुरुवात गरेको छ। प्रतियोगिताको पहिलो दिन बुधबार दिनको समूह ’ए’ को दोस्रो खेलमा डिफेन्डिङ च्याम्पियन गण्डकी प्रदेशले गौरादह नगर खेलकुद विकास समितिलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको हो । बुधबार भएको तेस्रो खेलमा गण्डकीले गौरादहलाई २६–२४, २५–२१, २५–२१ को सोझो सेटले हराउँदै विजयी सुरुवात गरेको हो। अब गण्डकीले आज (बिहीबार) ३ जना भारतीय राष्ट्रिय खेलाडी सम्मिलित विमान ट्रेडर्ससँग आफ्नो दोस्रो खेल खेल्दैछ।… पुरा पढौ