Uncategorized

वाणिज्यतर्फ विनायक र उद्योगतर्फ गण्डकी मेसिनरी सर्वोत्कृष्ट

पोखरा उद्योग वाणिज्य संघले वाणिज्यतर्फ विनायक फ्रेस हाउस चिप्लेढुंगा र उद्योगतर्फ गण्डकी मेसिनरी प्रोडक्टस् औद्योगिक क्षेत्रलाई सर्वोत्कृष्ट घोषणा गरेको छ । संघले ६६ औं साधारण सभा तथा ३३ औं महाधिवेशनको अवसरमा विनायक र गण्डकी मेसिनरीलाई सर्वोत्कृष्ट घोषणा गर्दै सम्मान गरेको हो । कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले विनायकका कैलाश पालिखे र गण्डकी मेसिनरीका युवराज शर्मालाई सम्मानित गरे ।संघका निवर्तमान अध्यक्ष विश्वशंकर पालिखेको संयोजकत्व तथा संघका साधारण सदस्य राजेन्द्र बाटाजु,बलभद्र नकर्मी ज्ञानेश्वर श्रेष्ठ सदस्य रहेको… पुरा पढौ

युवा संघले पोखरामा निकालेको राँके जुलुशमा प्रहरी दमन, आधा दर्जन घाईते

राष्ट्रिय युवा संघले पोखरामा निकालेको राँके जुलुमा प्रहरीले निर्मम दमन गरेको छ । युवा संघले पोखराको पृथ्वीचोकमा सोमबार साँझ निकालेको राँके जुलुशमा प्रहरीले दमन गरेको हो । प्रहरीलाई झुक्याएर पृथ्वीचोक भन्दा केहि माथिबाट राँके जुलुश निकाल्ने क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो । शुरुमा पृथ्वीचोकस्थित तत्कालिन वाईसिएल क्याम्पबाट निकाल्ने भनिएपनि प्रहरीले सो क्षेत्र घेराबन्दी गरेर राखेपछि युवा संघले झुक्याएर पृथ्वीचोक भन्दा केहि माथिबाट निकाल्ने प्रयास गरेको थियो । तर झुक्याउँदा झुक्याउँदैपनि केहि प्रहरीले भेटेपछि उनीहरुमाथि लाठीचार्ज भएको हो । पृथ्वीचोकबाट निस्केको… पुरा पढौ

मन्त्री र सांसदद्वारा ढोडवेंशी पुगेर उखु किसान संग छलफल

कास्कीको पोखरा महानगरपालिका वडानं ३२ ढोडवेंशीका उखु किसान संग मन्त्री र सांसदहरुले उखु खेती र प्रशोधनको स्थलगत अवलोकन गर्दे किसान संग अन्तरक्रिया गरेकाछन । मंगलबार गण्डकी प्रदेशका भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापामगर, कास्की क्षेत्रनं १(१)का प्रदेश सांसद दीपक कोइराला,कास्की क्षेत्रनं ३(१)का प्रदेश सांसद रामजी प्रसाद बराल (जिवन)ले कृषक र वडानं ३२का जनप्रतिनिधिहरु संग अन्तरक्रिया गरेका हुन् । अन्तरक्रियामा किसानहरुले कास्कीको एक मात्र ब्यावसायिक उखु उत्पादन हुने ढोडवेशी क्षेत्रमा सिंचाईको अभाव रहेको,उखुमा रोग देखा परेको, प्रशोधन गर्दा विजुली… पुरा पढौ

प्रदेशसभा बोलाउनेबारे प्रदेश प्रमुख शेरचनद्वारा मन्त्रीहरूसँग परामर्श

पोखरा । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउने बारे प्रदेश सरकारका मन्त्रीहरूसँग परामर्श गरेका छन् । प्रदेश प्रमुख शेरचनले आइतबार आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमान (अजित) र प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतलाई प्रदेश प्रमुख निवासमा बोलाएर परामर्श गरेका हुन् । सो अवसरमा प्रदेश सरकारका प्रमुख सचिव विष्णुप्रसाद नेपाल समेत सहभागी थिए । प्रदेशसभाका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)का सांसद्हरूले प्रदेशसभाको विशेष अधिवेशन बोलाउन माग गर्दै यसअघि, प्रदेश… पुरा पढौ

आत्मघाती बाटो नरोज्न नेतृत्वलाई नेकपा स्थायी कमिटी सदस्य किरण गुरुङको आग्रह

नेकपा स्थायी कमिटी सदस्य किरण गुरुङले आत्मघाती बाटो नरोज्न नेतृत्वलाई आग्रह गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्नका लागि सिफारिस गरेलगत्तै सामाजिक सञ्जालमा फेसवुकमा स्टाटस लेख्दै उनले आत्मघाती बाटो नरोज्न पार्टी नेतृत्वलाई आग्रह गरेका हुन् । नेकपा गण्डकी प्रदेश सहईञ्चार्जसमेत रहेका नेता गुरुङले कुनैपनि हालतमा पार्टी एकता र देशलाई दुर्घटनाबाट जोगाउनुपर्ने भन्दै फेसवुकमा लेखेका छन्,‘आत्मघाती बाटो नरोजौं, कुनैपनि मूल्यमा पार्टी एकतालाई जोगाऔं र देशलाई बर्बाद हुनबाट बचाऔं ।’ गुरुङ गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्रीपनि… पुरा पढौ

गण्डकी प्रदेश सभाको विशेष अधिवेशन बोलाउन कांग्रेस र जसपाद्वारा माग

गण्डकी प्रदेश सभाका प्रतिपक्षी दलहरुले विशेष अधिवेशन बोलाउन माग गरेका छन् । गण्डकी प्रदेश सभाको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र अर्को प्रतिपक्षी दल जनता समाजवादी पार्टी (जसपा)ले संयुक्त रुपमा प्रदेश सभाको विशेष अधिवेशन बोलाउन माग गरेका हुन् । उनीहरुले प्रदेश प्रमुखको कार्यालयमा विशेष अधिवेशन बोलाउन माग गर्दै निवेदन दिएका छन् । निवेदन प्रदेश प्रमुख अमीक शेरचनलाई बुझाउने तय भएपनि शेरचन विरामी भएपछि उनीहरुले प्रदेश प्रमुखको कार्यालयका उपसचिव यामप्रसाद सुवेदीलाई निवेदन बुझाएका थिए । निवेदनमा कांग्रेसका १५ र राजपाका २… पुरा पढौ

कास्की काँग्रेसले प्रदर्शनलाई व्यवस्थित र प्रभावकारी बनाउने

नेपाली काँग्रेस कास्कीले पोखरामा गर्ने प्रदर्शनलाई प्रभावकारी र व्यवस्थित बनाउने भएको छ । कास्की काँग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा शुक्रबार बसेको बैठकले प्रभावकारी र व्यवस्थित ढंगबाट प्रदर्शन गर्ने निर्णय गरेको हो । प्रदर्शनका लागि पार्टीका सबै तहबाट प्रदर्शनको तयारी तिव्र पारिएको प्रवत्ता नवीन सिग्देलले बताए । पार्टीको मंशिर २९ गतेको देशव्यापी प्रदर्शन अन्तर्गत पोखराको वीपी चोकबाट शुरु हुने प्रदर्शन महेन्द्रपुल, नयाँ बजार हुँदै पृथ्वीचोक पुगेर कोणसभामा परीणत हुने छ । कोणसभालाई नेपाली काँग्रेसका पूर्व सहमहामन्त्री अर्जुन नरसिंह केसीले सम्बोधन गर्ने… पुरा पढौ

पर्यटन पुर्नउत्थानको लागि भ्रमणमा निस्किएको नाट्टा टोली फर्कियो

कोभिड– १९ ले सुस्ताएको पर्यटन क्षेत्रलाई चलायमान बनाउने उद्देश्यका साथ निस्किएको नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेण्ड (नाट्टा )गण्डकी प्रदेशकोको टोली चार दिने भ्रमणपछि पोखरा फर्किएको छ । नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा निस्किएको टोलीले गोर्खा र तनहुँका पर्यटकीय गन्तब्यको अवलोकन सहित स्थानीय जनप्रतिनिधि, पर्यटन व्यवसायी र सरोकारवालासँग अन्तरक्रिया गरेर आन्तरिक पर्यटन प्रवद्र्धनको लागि सहकार्य र समन्वय गर्ने प्रतिवद्धता व्यक्त गरेको संस्थाका महासचिव कमला गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार भ्रमणको पहिलो दिन गोर्खाको प्रसिद्ध मनकामना मन्दिर, सिद्ध गुफा, बक्रेश्वरी,… पुरा पढौ

हिमाल हेर्दै पर्यटक

बलेवा, १८ मङ्सिर ः बागलुङ नगरपालिका–१० भकुण्डेमा रहेको भ्यू टावरबाट टेलिस्कोपमार्फत हिम शृङ्खाला हेर्दैपर्यटक । तस्वीर ः तारानाथ आचार्य ÷रासस 2020-12-03 10:50 AM पुरा पढौ

विमानस्थलमा लागेको आगो नियन्त्रणमा

सिमकोटस्थित विमानस्थलको कर्मचारी बस्ने क्वाटरमा लागेको आगो नियन्त्रणमा आएको छ । आज बिहान ४ बजे लागेको आगो ३ घण्टापछि पूर्णरुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सूर्यप्रकास सुवेदीले जानकारी दिनुभयो । विमानस्थल प्रमुख बस्ने क्वाटरमा लागेको आगो नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीसहित स्थानीयवासीको प्रयासपछि नियन्त्रणमा आएको प्रहरी प्रमुख सुवेदीले बताउनुभयो । सिमकोटको तापक्रम माइनमा झरेर पानी जमेकाले आगो निभाउन समस्या भएको थियो । कार्यालयमा प्रयोग भएको हिटरका कारण विद्युत्को तार सर्ट भई आगलागी भएको हुनसक्ने… पुरा पढौ