Uncategorized

एमाले र माओवादी केन्द्र अलग अलग : ‘सर्वोच्चको फैसला अनुचित’

काठमाण्डौं । नेपाल कम्युुनिष्ट पार्टी ९नेकपा०को दाहाल–नेपाल पक्षले नेकपाको एकीकरण बदर गरी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ब्यूूँताउने सर्वोच्च अदालतको फैसला अनुचित भएको निष्कर्ष निकालेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज अपराह्न बसेको सो पक्षका स्थायी कमिटी बैठकले सर्वोच्चको उक्त निर्णय अनुुचित र राजनीतिक पूर्वाग्रहबाट प्रेरित रहेको निष्कर्ष निकालेको हो । सो पक्षले सर्वोच्चको फैसला रिट निवेदकको मागदाबीभन्दा बाहिर गएर राजनीतिक फैसलाका रुपमा लिएको बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । “पार्टीको नामका सम्बन्धमा परेको रिट निवेदन हुँदाहुँदै… पुरा पढौ

टाइगर कप भलिबलको फाइनल आज

पोखरामा पहिलो पटक आयोजना गरिएको टाइगर कप आमन्त्रित राष्ट्रिय क्लब च्याम्पियनसीप महिला तथा पुरुष भलिबल’ प्रतियोगिताको फाइनल खेल आज (शनिबार) पोखरा रंगशालामा हुँदैछ। उपाधिका लागि पुरुषतर्फ गण्डकी प्रदेश र विभागीय त्रिभुवन आर्मी क्लब तथा महिलातर्फ दुई विभागीय एपीएफ र नेपाल पुलिस क्लब भिड्दैछ। टाइगर ग्रुप अफ पोखराको आयोजनामा यही माघ २७ गतेदेखी पोखरा रंगशालास्थित भलिबल कोर्टमा ‘लिग कम नकआउट’का आधारमा सञ्चालन भएको प्रतियोगिता अन्तर्गत शुक्रबार भएको खेलमा गण्डकीले सशस्त्र प्रहरी बलको एपीएफलाई सोझो सेटमा पराजित गरी अंक तालिकाको शीर्ष स्थानमा… पुरा पढौ

तीन वर्षको जेल बसाइपछि साउदी अधिकारकर्मी लुजैन रिहा

तीन वर्षको साउदी अरेबियाली प्रसिद्ध राजनीतिक अभियन्ता लुजैन अल हाथलुल बुधबार रिहा भएकी छन्। देशको मानवअधिकारको अवस्थाबारे अन्तर्राष्ट्रिय स्तरमा हल्ला फिँजाएको भन्दै २०१८ मा उनलाई प्रहरीले पक्राउ गरेको थियो। लुजैन तिनै अभियन्ता हुन् जसको अभियानसँगै साउदी अरेबियामा महिलाका लागि सवारी चालक अनुमतिमाथिको बन्देज फुकुवा गरिएको थियो। उनलाई २०१८ मा पक्राउ गरी आतंकवाद कानुन अन्तरगत ६ वर्षका लागि जेल सजाय तोकिएको थियो। तर, उनीमाथिको मुद्दा राजनीतिक रुपमा प्रेरित भएको भन्दै अधिकार समूहहरुले विरोध जनाएका थिए। बुधबार लुजैनको रिहाइबारे साउदी अधिकारीहरुले भने… पुरा पढौ

रोकिएनन् महिला हिंसाका घटना

देउमाई नगरपालिकाकी एक वृद्धाले केही महिनाअघि आफूले नसोचको व्यवहार भोग्नुपर्यो । सुन्दै अचम्म लाग्ने घटना ती वृद्धामाथि आइलाग्यो । उनी आफ्नै छोराबाट बलात्कृत भइन् । पहिल्यैदेखि छोरा खासै घरमा बस्दैन थिए । बाहिरबाहिर हिँड्ने मात्र गर्दा आमाछोराबीच घरायासी विवाद हुन्थ्यो । छोराले पैसा मागेका थिए । आमाले नदिने बचन दिइनन् । पैसा नदिएकै निहुँमा जन्म दिने आमामाथि छोराले पशुतुल्य व्यवहार गरे । ती वृद्धाले आफूमाथि घटेको घटना बाहिर फैलियो । निर्दोष आमामाथि पनि केही दोष लगाइए । अहिले वृद्धा आक्षेप… पुरा पढौ

आजदेखि १३ हजार पत्रकारले कोरोनाविरूद्ध खोप लगाउँदै

सरकारले, आज (सोमबार) देखि १३ हजार पत्रकारहरुका लागि कोरोनाविरुद्धको खोप उपलब्ध गराउने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले (आज) सोमबारदेखि कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप अग्रपंक्तिमा काम गर्ने पत्रकारलाई उपलब्ध गराउने भएको हो। भारत सरकारले अनुदानमा उपलब्ध गराएको उक्त खोप पहिलो चरणमा प्राथमिकतामा परेका व्यक्तिलाई लगाइएपछि पत्रकारलाई लगाउने तयारी गरिएको हो। खोप लगाउने पत्रकारको विवरण खोप सचिवालय (स्वास्थ्य सेवा विभाग) मा उपलब्ध गराउन खोप लगाउन पत्रकारले आफ्नो परिचय पत्र खुल्ने गरी सूचना विभागको प्रेस पास लिएर जानुपर्ने हुन्छ। देशभर करिब १३… पुरा पढौ

पोखरेली किसानले पाए ‘किसान परिचय पत्र’

पोखरा महानगरपालिकाले नेपालमै पहिलो पटक किसानलाई ‘किसान परिचय पत्र’ वितरण शुरु गरेको छ । महानगरपालिकाले शुक्रबार पोखरामा एक औपचारिक कार्यक्रम गरी ‘किसान परिचय पत्र’ वितरण शुरु गरेको हो । गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले जानकी एग्रो फार्मका सञ्चालक दीपक तिमिल्सिनालाई प्रदान गरेर ‘किसान परिचय पत्र’ वितरणको शुभारम्भ गरेका हुन् । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले किसान परिचय पत्र वितरण गर्ने आफूहरु पहिलो पालिका भएको दाबी गरे । महानगरले पहिलो चरणमा २ सय ८८ जना पशुपन्छी… पुरा पढौ

पृथ्वी होटल व्यवासायी समितिले मनायो एघारौं वार्षिकोत्सव

पृथ्वी होटल व्यवसायी समितिले आफ्नो एघारौं वार्षिकोत्सव मनाएको छ । समितिले विहीबार एक कार्यक्रम आयोजना गरी आफ्नो एघारौं वार्षिकोत्सव मनाएको हो । वार्षिकोत्सवका प्रमुख अतिथि वडा प्रहरी कार्यालय बैदामकी प्रमुख प्रहरी नायव उपरिक्षक डिएसपी चिनीमाया तामाङले केक काटेर कार्यक्रमको शुभारम्भ गरेपछि आपसमा शुभकामना आदानप्रदान गरिएको थियो । वडा प्रहरी कार्यालय बैदामकी प्रमुख प्रहरी नायव उपरिक्षक चिनिमाया तामाङले होटल व्यवसायमा विकृति, विसंगति हुने गरेको भन्दै त्यस्ता विकृति, विसंगति आफूले नसहने बताइन् । व्यवसाय स्वच्छ हुनुपर्छ,‘उनले भनिन्,‘व्यवसायीक रुपमा हुने यौनजन्य कृयाकलापलगायतका विकृति,… पुरा पढौ

राष्ट्रियसभाको सातौँ अधिवेशन अन्त्य

राष्ट्रियसभाको यही पुस १७ गतेदेखि शुरु भएको सातौँ अधिवेशन आज अन्त्य भएको छ । राष्ट्रियसभाको आजको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिबाट प्राप्त अधिवेशन अन्त्यसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुभएको थियो । सोहीअनुसार उहाँले राष्ट्रियसभाको चालु अधिवेशन आज राति १२ बजेदेखि लागु हुने गरी अन्त्य भएको घोषणा गर्नुभयो । चालु अधिवेशनको १० दिनमा चार बैठक बसी सात अध्यादेश पेश भएको, नवनियुक्त राष्ट्रियसभा सदस्य वामदेव गौतमलाई सभाको दिगो विकास तथा सुशासन समिति सदस्यमा मनोनयन गरिएको, थारू र मधेशी आयोगको प्रतिवेदन पेश भएको तथा… पुरा पढौ

नेपाली भूमि फिर्ता भएरै छाड्छः प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दललाई जनतालाई अपार विश्वास गरी मुलुकमा राजनीतिक स्थिरता दिए पनि सरकारलाई काम गर्न बाधा उत्पन्न गरिएको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा उठेका एवं समसामयिक विषयमा आज वक्तव्य दिँदै उहाँले जनादेशाअनुसार सरकार अघि बढिरहे पनि बहुमतलाई खण्डित गर्ने र अनुचित अलोकतान्त्रिक लेनदेन गरेर मुलुकको राजनीतिलाई अस्थिरतातर्फ उन्मुख बनाउन खोजिएको टिप्पणी गर्नुभयो । उहाँले प्रतिनिधिसभा लगातार पाँच वर्ष चल्ने तथा देश, जनता, संविधान र लोकतन्त्रको रक्षामा जाने सोचिएको भए पनि सरकारलाई काम गर्न बाधा उत्पन्न गर्ने… पुरा पढौ

विश्वमै कोरोना संक्रमितको संख्या ९ करोड नाघ्यो, ७१ प्रतिशतभन्दा धेरै संक्रमणमुक्त

विश्वमा कोरोना भाइरस संक्रमितको संख्या ९ करोड नाघेको छ। पछिल्लो २४ घण्टामा ७ लाख २२ हजार ८६२ जनामा संक्रमण पुष्टि भएसँगै विश्वभर कोरोना संक्रमितको संख्या ९ करोड ७७ हजार नाघेको हो। एक वर्षअघि चीनको वुहानमा पुष्टि भएको कोरोना भाइरसको संक्रमण विश्वका सबै महादेशका गरी दुई सय १८ देशमा फैलिएको छ । संक्रमण पुष्टि भएकामध्ये ६ करोड ४४ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन्। यो कुल संक्रमितको ७१ प्रतिशतभन्दा धेरै हो। यस्तै १९ लाख ३४ हजारभन्दा धेरैले कोरोना संक्रमणका कारण ज्यान गुमाइसकेका… पुरा पढौ