कृषि

अनुदान नीतिले दूध उत्पादनमा वृद्धि

दमौली । तनहुँको म्याग्दे गाउँपालिकाले दूध उत्पादक किसानलाई उत्पादनमा अनुदान उपलब्ध गराएको छ । उत्पादनका आधारमा दूधमा अनुदान दिने नीतिले गाउँपालिकामा दूग्ध उत्पादक किसान बढ्नुका साथै दूध उत्पादनमा वृद्धि भएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा यहाँका किसानलाई रु २८ लाख ८८ हजार दुई सय आठ वितरण गरेको पशुसेवा शाखा प्रमुख डा विनय शाहले जानकारी दिए । उनका अनुसार प्रति लिटर रु दशका दरले अनुदान उपलब्ध गराइएको छ । तीन वटा सहकारी संस्थामार्फत् दूध बिक्री गर्ने किसानले अनुदान पाएका छन्… पुरा पढौ

देशभर ६७.३ प्रतिशत रोपाइँ

हालसम्म देशभर ६७।३ प्रतिशत रोपाइँ सकिएको छ । अहिलेसम्म नौ लाख ४० हजार पाँच सय हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ । कोशी प्रदेशमा ६१.७, मधेस प्रदेशमा ६१.५, बागमती प्रदेशमा ६९.२, गण्डकी प्रदेशमा ७५, लुम्बिनी प्रदेशमा ६६.७, कर्णाली प्रदेशमा ७८ र सुदूरपश्चिम प्रदेशमा ८६ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले जानकारी दिए । यो हप्ता पानी परेकाले गत हप्ताको भन्दा बढी क्षेत्रफलमा रोपाइँ भएको हो । असारको तेस्रो हप्तासम्म पनि देशभर राम्रोसँग वर्षा नभएकाले धेरै… पुरा पढौ

गहुँतलाई मल र जैविक विषादीको रुपमा प्रयोग

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारको बिरौटाका किसानले गहुँतलाई मल र जैविक विषादीको रुपमा प्रयोग गरेका छन् । धौलागिरि बहुउद्देश्यीय कृषि तथा पशुपक्षी फार्ममा पालिएका गाईभैँसीको गहुँतबाट मल र जैविक विषादी बनाइ प्रयोग गरिएको हो । फार्म सञ्चालक शिव खड्काले गहुँतको सदुपयोग गरिएको बताए । “२४ वटा गाईभैँसीको गहुँत पोखरीमा सङ्कलन गरी पानी मिसाएर पाइपमार्फत पाखोबारीको सुन्तला बगैँचामा लगेका छौँ,” उनले भने “सुन्तलाका बिरुवाका लागि मल किन्न परेको छैन ।” गहुँतको सदुपयोगले जैविक विषादीको काम गरेकाले दोहोरो फाइदा पुगेको उनको… पुरा पढौ

पोखरा महानगरपालिकाद्धारा सुन्तला बगैँचा व्यवस्थापनबापत किसानलाई अनुदान

पोखरा महानगरपालिकाले किसानलाई सुन्तला बगैँचा व्यवस्थापन प्रोत्साहन कार्यक्रमअन्तर्गत रु २५ लाख अनुुदान उपलब्ध गराएको छ । सुन्तला खेतीमा किसान आकर्षित गर्ने उद्देश्यले महानगरपालिकाले विगत पाँच वर्षयता अनुदान उपलब्ध गराउँदै आएको कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए । उनका अनुसार पोखरा महानगरपालिकाको कृस्ती, निर्मलपोखरी, खाल्टे, मासपासटन, फेदीपाटनलगायत स्थानका दुई सय ८० किसानलाई अनुदान उपलब्ध गराइएको हो । महानगरपालिकाले सुन्तला बगैँचा व्यवस्थापनका लागि विभिन्न मापदण्ड बनाइ प्रतिबोट अधिकतम् एक सय ५० का दरले १९ हजार छ सय ५२ बोटका लागि अनुदान… पुरा पढौ

पोखरेली जेठो बुढो धानको उन्नत बीउ पर्वतमा उत्पादन गरिँदै

पर्वत । स्वाद, बास्ना र गुणस्तरका हिसाबले छुट्टै पहिचान बनाउन सफल पोखरेली जेठो बुढो धानको यहाँ उन्नत बीउ उत्पादन गर्न थालिएको छ । धान उत्पादनको पकेट क्षेत्रका रुपमा रहेका जिल्लाको कुश्मा नगरपालिका–१ पाङ, वडा नं २ खुर्कोट र वडा नं ११ पकुवा तथा फलेबास नगरपालिकाको वडा नं ६ देविस्थान र विहादी गाउँपालिका वडा नं २ बर्राचौरमा पोखरेली जेठो बुढोको उन्नत बीउ उत्पादन गर्न लागिएको हो । पछिल्लो समय नेपाली भान्छामा मात्र नभई विदेशमा रहेका नेपाली रेष्टुरेन्टमा पनि जेठो बुढो धानको… पुरा पढौ

तनहुँका दूध उत्पादक किसानलाई प्रोत्साहनस्वरुप ४३ लाख अनुदान

दमौली । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले दूध उत्पादक किसानलाई रु ४३ लाख ७३ हजार अनुदान वितरण गरेको छ । व्यावसायिक रूपमा पशुपालन गरिरहेका किसानलाई प्रोत्साहन गर्न केन्द्रले चालु आर्थिक वर्षमा अनुदानस्वरुप उक्त रकम प्रदान गरेको हो । केन्द्रले जिल्लाका १० सहकारीमार्फत दूध बिक्रीवितरण गर्ने किसानलाई उत्पादनका आधारमा अनुदान वितरण गरेको केन्द्र प्रमुख डा राजेश चौधरीले जानकारी दिए । कार्यालयले प्रतिलिटर दुई रुपैयाँ ५० पैसाका दरले अनुदान उपलब्ध गराएको उनले बताए । उत्पादनमा आधारित प्रोत्साहन सहयोग कार्यक्रमका लागि… पुरा पढौ

पाडी, बाच्छी हुर्काउन कास्कीका किसानलाई ८५ लाख अनुदान

कास्की । गण्डकी प्रदेश सरकारले किसानलाई पाडी,बाच्छी हुर्काउन नगद अनुदान दिएको छ । कृषि तथा भूमि व्यवस्था मन्त्रालय मातहतको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले चालु आर्थिक वर्षमा पाडी,बाच्छी हुर्काउन किसानलाई रु ८४ लाख ९९ हजार आठ सय सात अनुदान प्रदान गरेको हो । केन्द्रले पोखरा महानगरका १५ वडा तथा मादी गाउँपालिका र रुपा गाउँपालिकामा कार्यक्रम सञ्चालन गरेको थियो । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख शम्भुराज पाण्डेले छ सय ३७ किसानलाई नौ सय ६५ वटा पाडीबाच्छी… पुरा पढौ

तनहुँमा ‘चैते–५’ को बीउ उत्पादन सुरु

दमौली । बाहिरबाट चैते धानको बीउ ल्याउनुपर्ने बाध्यताको अन्त्य गर्न जिल्लामा ‘चैते–५’ जातको मूल बीउ उत्पादन थालिएको छ । जिल्लास्थित कृषि ज्ञान केन्द्रले चैते धान प्रवर्द्धन कार्यक्रमअन्तर्गत जिल्लामा नयाँ जात चैते–५ को बीउ उत्पादन सुरु गरेको हो । कृषकलाई चैते धानखेतीतर्फ आकर्षित गर्न चालु आर्थिक वर्षमा करिब पाँच हेक्टर क्षेत्रफलमा तीन सय केजी चैते–५ को मूल बीउ उत्पादन सुरु गरिएको केन्द्रका प्रमुख गोपाल शर्मा लामिछानेले जानकारी दिए। जिल्लामा चैते धानखेतीतर्फ किसानको आकर्षण घट्दा उत्पादन घटेकाले चैते धान प्रवर्द्धन कार्यक्रम लागू… पुरा पढौ

असार तेस्रो सातासम्ममा गण्डकीमा ५० प्रतिशत क्षेत्रफलमा रोपाइँ

गण्डकी । असार तेस्रो सातासम्ममा गण्डकी प्रदेशमा करिब ५० प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ । सबैभन्दा बढी कास्कीमा छ हजार नौ सय ७५ हेक्टर र सबैभन्दा कम गोरखामा चार सय ५६ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको प्रदेश कृषि विकास निर्देशनालयले जनाएको छ । निर्देशनालयका प्रमुख वासुदेव रेग्मीका अनुसार यो वर्ष प्रदेशभरिमा करिब ९८ हजार हेक्टर क्षेत्रफलमा धानखेती हुने अनुमान छ । केही दिनयता मनसुन सक्रिय भएकाले किसान रोपाइँमा व्यस्त रहेका छन् । यही असार १५ गते सम्ममा प्रदेशमा १५ प्रतिशत क्षेत्रफलमा… पुरा पढौ

किसानको वर्गीकरण गरी बीमा उपलब्ध गराउनुपर्नेमा जोड

तनहुँ । वास्तविक किसानलाई प्रोत्साहन गर्न किसानको वर्गीकरण गरी बीमा र सहुलियतपूर्ण ब्याजदरमा ऋण उपलब्ध गराउनुपर्नेमा सरोकार भएकाले जोड दिएका छन् । जिल्लास्थित कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले संयुक्त रूपमा आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रमका वक्ताले वास्तविक किसानको पहिचान गरी सहुलियतपूर्ण ब्याजदरमा ऋण प्रवाह गर्नुपर्नेमा जोड दिएका हुन् । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका पूर्वमन्त्री एवं सांसद हरिबहादुर चुमानले किसानको पहिचान र वर्गीकरण गरी अनुदानको व्यवस्था गरेमात्रै किसानको जीवनस्तर माथि उठ्ने बताए । “सुक्खा… पुरा पढौ