यस वर्ष ‘हिले दशै’ हुने सम्भावना छैन – मौषमविद्


     एभरेस्ट आवाज    
     कार्तिक ८ गते २०७७ मा प्रकाशित




कार्तिक ८ पोखरा । मौषमविद्ले यस वर्ष विजया दशमीको दिन मौसम सफा हुने बताएका छन् ।

नेपालको पश्चिमी भागको आकास पुरै छ्याङ हुने हुँदा यस वर्षको हिले दशै हुने सम्भावना नरेको मौषमविद् शान्ति कँडेलले बताएकी हुन् ।

उनका अनुसार देशभर मौषम ‘डिस्टर्ब’ नरहेका कारण पानी पर्ने सम्भावना छैन् ।
टिकाको दिन पूर्वी भागको आकाशमा अलिअलि बादल लाग्ने सम्भावना रहेको छ । प्रदेश १ को पहाडी भूभागमा क्षणिकरुपमा छिटफुट वर्षाको सम्भावना भए पनि त्यसले केही असर नपर्ने मौसमविदको पूर्वानुमान छ ।

यस्तै प्रदेश नं. २ र बागमती प्रदेशका कुनै–कुनै ठाउँमा पनि बादल देखिएपनि पानी भने नपर्ने मौषमविद् पूर्वानुमान गरिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।