कोभिड १९ : दशैं कसरी मनाउने ?


     शान्ता खत्री,उप-प्राध्यापक    
     कार्तिक ९ गते २०७७ मा प्रकाशित




कोरोना कहरबीच हाम्रो महान् पर्व दशैं भित्रिएको छ । एकअर्काबीचको सामिप्ता र आत्मियतामा जोड्ने पर्वहरु अहिले भौतिक उपस्थितिबाट टाढा रहेर मनाउनु पर्ने बाध्यता छ । मानवशास्त्रको इतिहासमा धेरैचोटि यस्तो महामारी आएका छन् । झट्ट हेर्दा यो जनस्वास्थ्यको विषय मात्र हो कि जस्तो पनि लाग्छ तर यो सामाजिक विषय पनि हो । यो भाइरसको उत्पत्ति चिनमा भयो । विस्तारै फैलैदै अन्य देशहरु पुग्यो । धेरै संङ्क्रमित भए धेरैको मृत्यु भयो । मानवीय जीवनको विविध पक्षमा यसको प्रवेश भयो । यसले सामाजिक सम्बन्धमा झनै ठूलो असर पारेको छ । मानवीय सम्बन्ध र संस्कारलाई शून्यमा झारी दियो । दशैंको टीकाले सम्बन्धलाई प्रगाढ बनाउने विश्वासले हामी आफन्तको जान्थ्यौं तर अब परिवारमा मात्र सिमित भयो । निसंकोच चाडवाडमा पाहुना भएर जान्थ्यौं तर अब आफन्तकोमा पनि जान नसक्ने अवस्था आयो । यसले मानवीय सम्बन्धलाई खुकुलो बनायो । चाडबाड खल्लो बन्यो । आर्थिक र मनोवैज्ञानिक त्रास सृजना गरायो । यसबाट मानवीय जीवनका धेरै पक्षहरुमा क्षति पुगेको छ । यो कठिन अवस्थामा हामीले आफ्नो स्वास्थ्यलाई प्राथमिकतामा राखेर मानसिक रुपमा विचलित हुन नदिइ यो वर्षको पर्वलाई प्रविधिमैत्री बनाएर मनाउनुपर्छ ।( खत्री त्रि.बि.समाजशास्त्र बिषयका उप-प्राध्यापक र पि.एच्.डि.स्कलर हुनुहुन्छ ।-सम्पादक )


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।