कस्तो होला बिहीबारको मौषम ?


     एभरेस्ट आवाज    
     कार्तिक १२ गते २०७७ मा प्रकाशित




कार्तिक १२ पोखरा । बिहीबार देशका पहाडी भू–भागमा आंशिक बदलीको संभावना रहेको जल तथा मौषम विज्ञान विभागको मौषम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले आगामी शुक्रबार सम्मको लागि मौषमी बुलेटिन सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो ।

महाशाखाका अनुसार भोली पहाडी क्षेत्र बाहेकका अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान गरिएको छ ।

यस्तै भोली राती प्रदेश १ र बागमती प्रदेशका पहाडी भू–भागमा आंशिक बदलीको सम्भावना रहे पनि अन्य भू–भागको मौसम सामान्यतया सफा रहने जनाइएको छ ।

यस्तै शुक्रबार दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान गरिएको छ । भने राती पहाडी भू–भागमा आंशिक बदली रहन सक्ने बुलेटिनमा उल्लेख गरिएको छ ।

बुधबार पोखराको अधिकतम तापक्रम २८.५ डिग्री सेल्सियस र न्यूनतम तपक्रम १४.२ डिग्री सेल्सियस मापन गरिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।