कास्की र तनहुँमा थप १६ जनामा कोरोना संक्रमण


     एभरेस्ट आवाज    
     कार्तिक १३ गते २०७७ मा प्रकाशित




कार्तिक १३ पोखरा । कास्की र तनहुँका गरि थप १६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालयले दिएको पछिल्लो जानकारी अनुसार प्रदेको कास्कीका १४ जना र तनहुँका २ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । क्षयरोग उपचार केन्द्रमा गरिएको परिक्षणमा उनीहरुमा संक्रमण देखा परेको हो ।

थपिने संक्रमित मध्य कास्कीको पोखरा महानगरका १४ जना र तनहुँको शुक्लागण्डकीका २ जना छन् ।

यो सहित प्रदेशमा कोरोना संक्रमितको संख्या ७ हजार ४७ पुगेको छ ।

यसअघि आज नै प्रदेशका कास्कीका ३२ जना, गोरखाका २७ जना, तनहुँका ७ जना, नवलपुरका १२ , जना म्याग्दीका ५ जना, पर्वतका २ जना र लमजुङका एक जना गरि ८६ जनामा संक्रमणको पुष्टि भएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।