
गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७,१४५ पुगेको छ | शुक्रबार बिहानै तिन पटक प्रकाशित बिज्ञप्ति अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा नयाँ ७ जना,लाइफ केयर डाइग्नोस्टिक प्रा.लि. पोखरामा ६५ जना र चितवन मेडिकल कलेजमा २६ जना गरी ९८ जना संक्रमितहरु थप भएका हुन् । सबै संक्रमितहरु कन्ट्याक्ट ट्रेसिड.बाट पहिचान भएका हुन् | सबै संक्रमितहरुलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भैरहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशद्वारा प्रकाशित बिज्ञप्तिमा जनाइएको छ ।
बाग्लुङ जिल्ला, गल्कोट नगरपालिका – ३ का ७२ बर्षीय कोरोना संक्रमित पुरुषको मिति बिहिबार साॅंझ ५:०५ बजे पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखराको आई.सि.यु. मा उपचारका क्रममा दुखद निधन भएको छ | कार्तिक ०८ गते कोरोनाको संक्रमण पुष्टि भएको उहाॅंमा निमोनिया र उच्च रक्तचाप लगायतका समस्या रहेको जानकारी पश्चिमान्चल क्षेत्रीय अस्पताल प्रशासनले जनाएको छ । यससंगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ७३ पुगेको छ |
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।