प्र.म. ओलीले नक्सा त प्रकाशित गरे।जमिन चाहिं कहिले फिर्ता ल्याउलान् ?


     बुद्दिनारायण श्रेष्ठ(सिमाबिद्)    
     कार्तिक १९ गते २०७७ मा प्रकाशित




सञ्चार माध्यमले बोलाउँदा हजुर भन्नै पर्यो ।कोरोना भाइरस फैलिरहेकै समयमा पनि विभिन्न सञ्चार गृहले मलाई लघारिरहेकै छन् ।अधिकांशले मलाई सोध्नेचाहिं :

१) प्र.म. ओलीले नक्सा त प्रकाशित गरे । जमिनचाहिँ कहिले फिर्ता ल्याउलान् ?

मेरो जवाफचाहिँ :-

क) नेपालको उत्तरी सीमामा १८ भारतीय सैन्य चेकपोस्ट १७ वर्षसम्म थियो । ती भारतीय चेकपोस्ट सर्लक्क उठाएर पठाउन यदुनाथ खनाल, भीमबहादुर पाँडे, क्षेत्रबिक्रम राणा, ऋषिकेश शाह, पदमबहादुर खत्री, कीर्तिनिधि बिष्ट, राजा महेन्द्र (निश्चय नै) ले जसरी चाप्लुसीपूर्ण कूटनीति, कुटिल रणनीति, चातुर्यपूर्ण वार्तानीति अपनाएर भारतको अन्तर्राष्ट्रिय छवी कालो नहुने गरी भूमिका खेल्ने ।

ख) त्यसैगरी ओलीले मात्र होइन तर सक्षम समूहले समयानुकूल चातुर्यता र शान्त कूटनीति प्रदर्शन गर्न सकेमा ग्रेटर कालापानी (लिपुलेकदेखि लिम्पियाधरासम्म) को भूभागबाट ढिलो छिटो भारतीय सैन्यबल फिर्ता हुनसक्छ ।

(साभार: सिमाबिद् बुद्दिनारायण श्रेष्ठको Border Nepal Buddhi नामक फेसबुक वालबाट )


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।