महावीर पुन नेतृत्वको राष्ट्रिय अविष्कार केन्द्रलाई सहयोग


     एभरेस्ट आवाज    
     कार्तिक २३ गते २०७७ मा प्रकाशित




युवा सजगता अभियानले महावीर पुन नेतृत्वको राष्ट्रिय अविष्कार केन्द्रलाई सहयोग गरेको छ।

‘सामाजिक विकासबाटै राष्ट्रको उन्नति सम्भव छ’ भन्नेमा सजग रहेको अभियानको शनिवार बसेको केन्द्रीय समितिको बैठकले अविष्कार केन्द्रलाई सहयोग गर्ने निर्णय गरेको हो।

‘युवा सजगता अभियानको पालो ३० सहयोगमा हातेमालो’ भन्दै अभियानले देशभरका ३ सय ४० सदस्यबाट उठेको १० हजार २ सय अविष्कार केन्द्रलाई सहयोग गरेको अभियानका अध्यक्ष चिन्तन पौडेलले जानकारी दिए।

उनले भने, ‘राष्ट्रिय अविष्कार केन्द्रको सामाजिक विकास कार्यलाई निरन्तर सहयोग पुगोस् भन्ने हेतुले अभियानमा एक वर्षसम्म जोडिएका सदस्यबाट उठ्ने रकम क्रमशः सहयोग गर्दै जानेछौँ।’

युवा सजगता अभियानले आफ्नो संगठन देशका सबै प्रदेश र जिल्लामा विस्तार गरिसकेको छ।

रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।