सरकार परिवर्तन हुँदैनः प्रवक्ता गुरुङ


     एभरेस्ट आवाज    
     कार्तिक २४ गते २०७७ मा प्रकाशित




संचार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले वर्तमान सरकार परिवर्तन नहुने प्रष्ट पारेका छन्।

उनले भनेका छन्, ‘यही सरकारले देशको विकास गर्छ, अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प छैन, सरकार परिर्वतन हुँदैन, सबै कर्मचारी ढुक्क भएर काम गर्नुहोस् ।’

नेपाल निजामती कर्मचारी संगठन कार्यसमिति, संचार तथा सूचना प्रविधि मन्त्रालयद्धारा आयोजित ‘बधाई तथा शुभकामना’ कार्यक्रममा नेपाल सरकारका प्रवक्ता गुरुङले वर्तमान सरकारले नै मुलुकमा स्थिरता र विकास दिने जनाए।

उनले अगाडि थपे, ‘फरक विचार वा आस्थाकै कारण सरकारको विरोध गर्नु राम्रो होइन, सम्मृद्ध नेपाल निर्माणका लागि स्वच्छ मनले सरकारलाई सहयोग गर्न सबैलाई आग्रह गर्दछु ।’

उनले जनताप्रति उत्तरदायी हुँदै जनताकै पक्षमा इमान्दारपूर्वक काम गर्न कर्मचारीलाई निर्देशन दिए। मन्त्री गुरुङले निजामती कर्मचारीको अधिकारका निम्ति सरकार प्रतिबद्ध रहेको जनाए।

उनले प्रतिबद्धता जनाउँदै भने, ‘जतिसक्दो चाँडो संघीय नीजामती सेवा ऐन संसदबाट पारित गर्नेछु।’

सरकारले मन्त्रालयअन्र्तगतका संचारमाध्यम र अन्य विभागलाई नयाँ गतिका साथ अगाडि बढाउने बताए।

मन्त्री गुरुङले संचार क्षेत्रबाटै नेपाललाई भ्रष्टचारमुक्त देश बनाउने उल्लेख गरे।

संगठनका विभागीय अध्यक्ष लीला भण्डारीले कर्मचारीको वृद्धि विकासमा मन्त्रीको ध्यानाकर्षण गराए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।