मंगलबारको मौसम पूर्वानुमान


     एभरेस्ट आवाज    
     कार्तिक २५ गते २०७७ मा प्रकाशित




कार्तिक २५ पोखरा । आजको मौषम सामान्यतया सफा रहने मौसम विज्ञान विभागले जनाएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे मौसमी बुलेटिन जारी गर्दै यस्तो जानकारी दिएको हो ।

महाशाखाका अनुसार आज दिउँसो सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशका आंशिकदेखी सामान्य बदलीको सम्भावना रहेको छ । यस्तै अन्य पहाडी भू–भागमा आंशिक बद्लीको सम्भावन छ भने बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने छ ।

यस्तै राती देशको पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने बुलेटिनमा जनाइएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।