कार्तिक २७ पोखरा । आज दिउँसो गण्डकी प्रदेशका पहाडी भू–भागहरुमा आंशिक बदलीको सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमा महाशाखाले आज बिहान ६ बजे मौसम पूर्वानुमान् बुलेटिन जारी गरेर जानकारी गराएको हो ।
आज दिउँसो गण्डकी प्रदेश सहित प्रदेश न १, वागमती र कर्णाली प्रदेशका पहाडी भू–भागहरुमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने उल्लेख गरिएको छ ।
यस्तै बिहीबार राती पनि गण्डकी प्रदेश, प्रदेश १ र कर्णाली प्रदेशका पहाडी भू–भागहरुमा आंशिक बदली रही अन्य भू–भागहरुको मौसम सफा रहने बुलेटिनमा उल्लेख छ ।
बुधबार साँझ पोखराको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस र अधिकतम तापक्रम २७.६ डिग्री सेल्सियस मापन गरिएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा महानगरपालिका वडा नंं. १६ र १९ मा मनोरञ्जनात्मक खालका कुनै पनि…





