पोखराबाट एभरेस्ट एफ.एम. ९३ मेघाहर्ज शुभारम्भ गरिएको छ।
नोबेल कोरोना (कोभिड–१९) महामारीकै बीच संचार क्षेत्रमा दुई दशकको अनुभव सँगालेका पोखराका अग्रज संचारकर्मी र उद्यमीसँगको सहकार्यमा सो अनलाइन संचालनमा ल्याइएको हो।
एभरेस्ट मिडिया हाउस प्रा.लि.की अध्यक्ष कर्मकुमारी गुरुङले एफ.एम.को विधिवत रुपमा उद्घाटन गरेकी हुन्।
ब्राह्मण पण्डित र लामा गुरुद्वारा स्वस्ती वाचन गरी एफ.एम.को शुभारम्भ गरिएको हो।
यसअघि, प्रा.लि.मार्फत एभरेस्ट आवाज डट कम न्यूज पोर्टल वेवसाइट प्रकाशनमा आइसकेको छ ।
यसै वर्षभित्र मिडिया हाउसको अर्को संचार माध्यम टिभी संचालनमा ल्याउने मिडिया हाउसका कार्यकारी निर्देशक दीपेन्द्र श्रेष्ठले जनाएका छन्।
एफएम शुभारम्भको अवसरमा गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शुभकामना दिएका छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा महानगरपालिका वडा नंं. १६ र १९ मा मनोरञ्जनात्मक खालका कुनै पनि…





