ग्यारजाती–पोखरा थापा समाजको अध्यक्षमा रामचन्द्र


     एभरेस्ट आवाज    
     पौष १९ गते २०७७ मा प्रकाशित




सराङ्गकोट ग्यारजातीबाट पोखरामा रहेका थापा क्षत्रीहरुको बृहत भेलाले रामचन्द्र थापाको अध्यक्षतामा पोखरा ग्यारजाती थापा समाज गठन गरेको छ । समाजले लामिछाने थापा क्षत्रीहरुलाई सङ्गठित बनाई, सामाजिक कार्य गर्ने उद्देश्य रहेको थापा समाजका सल्लाहकार तथा क्षत्री समाज नेपालका केन्द्रिय उपाध्यक्ष कृष्ण बहादुर थापाले बताए । समाज मार्फत ग्यारजातीको पहिचान कायम गराई सुख दुःखको साथी बनाउन समाजले भूमिका खेल्ने सल्लाहकार भरत बहादुर थापाले बताए । सो समितिको उपाध्यक्षमा नारायण बहादुर थापा, सचिव सुरेश थापा, कोषाध्यक्ष सञ्जय थापा, सदस्यहरुमा विनोद थापा, राजु थापा, श्यामकृष्ण थापा रहेका छन् भने सल्लाहकार कृष्ण बहादुर थापा, भरत थापा र रत्नबहादुर थापा रहेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।