पोखरा । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशका ६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
विभिन्न प्रयोशालामा गरिएको पिसिआर परीक्षणमा कास्कीका ४६ सहित ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । कास्कीमा पुष्टि भएका संक्रमित मध्य एक जना अन्नपूर्ण गाउँपालिका छन् भने बाँकी पोखरा महानगरपालिकाका हुन् ।
यस्तै तनहुँका ६, स्याङ्जा र पर्वतका ४–४ जना, नवलपुर वर्दघाट सुस्ता पूर्वका २, बाग्लुङ, लमजुङ, म्याग्दी र गोरखाका एक–एक जनामा पनि संक्रमण पुष्टि भएको छ ।
सोही अवधीमा २७ जना कोरोना संक्रमणमुक्त भएको निर्देशनालयले जनाएको छ ।
यो सहित प्रदेशभर हालसम्म कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या १७ हजार २३१ पुगेको छ । ति मध्य १६ हजार ४७१ जना कोरोना संक्रमणमुक्त भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट पोखराका एक जनाको ज्यान गएको छ ।
अव प्रदेशभर ५५२ जना संक्रमित आइसोलेसनमा छन् । तिमध्य ५१३ जना होम आइसोलेसनमा छन् । भने हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २०८ पुगेको निर्देशनालयले कोभिड–१९ सम्बन्धी अध्यावधिक विवरणमा जनाइएको छ ।
यसअघि आइतबार प्रदेशका ८१ जनामा कोरोना पुष्टि हुँदा २९ जना कोरोनामुक्त भएका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


मकवानपुरको भीमफेदी –६ चिसापानी गढीमा भएको माईक्रो बस दुर्घटनामा परि मृत्यु हुनेको…







