गण्डकी प्रदेश सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा प्रविधी एवम् सामाजिक विकास मन्त्री कुमार खड्काले अघिल्लो सरकारले जाँदाजाँदै साढे ४ अर्बको बजेट नियमविपरित नया योजनामा ठेक्का लगाएको आरोप लगाएका छन् । नियमित पत्रकार भेटघाटका क्रममा बोल्दै प्रवक्ता खड्काले पूर्व मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकारले उक्त सरकारबिरुद्ध अविश्वासको प्रस्ताव आएपछि सरकार छाड्ने बेलामा नया योजनालाई ४ अर्ब ५१ करोड ३५ हजारमा ठेक्का लगाउने निर्णय गरेको आरोप लगाएका हुन् । उनका अनुसार प्राविधिक प्रस्ताव स्वीकृत नभएको, आर्थिक प्रस्ताव स्वीकृत नभएको, डिपीआर स्वीकृत नभएको भन्दै नया योजनामा ठेक्का लगाउने निर्णय भएको थियो । ती नया योजनाका लागि अहिले ठेक्का खोल्नु प¥यो भनिरहेको उनले बताए ।

तर ती योजनाका लागि सरकारसँग पैसा नभएको प्रवक्ता खड्काले बताए । ‘अघिल्लो सरकारले गरेको निर्णयका आधारमा ठेक्का खोल्न सरकारसँग त्यत्रो पैसा छैन’–उनले भने । उनले यो पुरानो कार्यक्रम नभई नया कार्यक्रम भएको बताए ।
प्रमाणसहित प्रस्तुत भएका उनले लमजुङको खात्रीठाँटी–कुन्टा सोतीपसल सडकको हाँडेटार–कुन्छा (भलुवा) सडक खण्ड, कास्कीको माछापुच्छ«े गाउँपालिका जोड्ने सार्दीखोला–घाचोक जोड्ने सडकमा सेती नदीमा मोटरेवल पुल, तनहुँको शालिग्राम कोरिडोर लोकमार्ग (बैडी घिरिङ खण्ड), स्याङ्जाको शालिग्राम कोरिडोर लोकमार्ग (मालुङ्गा–बास्टारी–रानीघाट–रुद्रबेनी–सेतीवेणी, फलेवास कुश्मा) वेलटारी–रानीघाट–सतुका खण्ड, कास्कीको काहुँखोला सिक्लेस दूधपोखरी सडक, गोरखाको नारेश्वर पाणिनी चौतारा निवेत ताकुघाट सडक, म्याग्दीको बेनी दर्बाङ सडक, स्याङ्जाको नौंडाँडा–कार्कीनेटा सडक स्तरोन्नती, बागलुङको कुश्मिसेरा (जैमिनी)देखि राङ्खानी–नाम्दुक–बरेङ–शान्तिपुर सडक र लमजुङको करापुटार–डढवा–साल्मेभञ्ज्याङ–मालिङ्ग–कपुरगाउँ सडक (क्होँलासोंथर गाउँपालिकाको केन्द्र जोड्ने) का लागि साढे ४ अर्ब भन्दा बढी रकम दिने निर्णय भएको बताए । उनले ती योजना कुनैपनि हालतमा अगाडि नबढ्ने स्पष्ट पारे ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेपालको वेलनेस तथा स्पा क्षेत्रमा नयाँ कीर्तिमान कायम गर्दै ट्रन्क्यूलिटी स्पा प्रालिले…





