दर्शन सहकारी तथा ऋण संस्था लिमिटेड पोखराले उत्कृष्ट विद्यार्थी र असल अभ्यासकर्तालाई सम्मान गरेको छ ।
सहकारीको १६ औंसाधारण सभाका अवसरमा दश जोड दुईमा उत्कृष्ट अंक ल्याउने शेयर सदस्यका छोरा छोरी शुदेश उच्चै, शौरभी मल्ल,असल सहकारी अभ्यासकर्ताहरु रञ्जना कुमारी शाही, लिल बहादुर सेन र पुष्प कुमारी मल्ल, असल कर्मचारी दिपा शाही मल्ल र संगिता मल्ल तथा जेष्ठ शेयर सदस्यहरु श्यामदेवी मल्ल र बीरेन्द्र हमाललाई सम्मान गरिएको हो । यसअघि कार्यक्रमको उद्घाटन गर्दै सहकारीका सस्थापक कोषाध्यक्ष चक्र बहादुर शाहीले सहकारी गौरब लाग्दो र राम्रो सहकारी बनाएर सेवा प्रदान गर्न आवश्यक रहेको बताउदैं कार्यसमितिलाई आ–आफ्नो जिम्मेवारी बहन गर्न अनुरोध गरे ।
सहकारीका निर्वतमान अध्यक्ष बिष्णु कुमारी उच्चैले ठकुरीहरुको छरिएर रहेको पुजिलाई एकिकृत गर्दै लैजाने सोचले सहकारीको स्थापना गरिएको बताउँदै जनतामा आर्थिक जागरण ल्याउने काम गरेको बताईन् । कार्यक्रममा ठकुरी संगम परिवार कास्कीका बरिष्ठ उपाध्यक्ष हिरा बहादुर शाही, सल्लाहकार टुक बहादुर मल्ल र ठकुरी महिला परिवार कास्कीका अध्यक्ष लक्ष्मी हमाल खाँण लगाएतले गौरवलाग्दो र राम्रो सहकारी बनाएर सेवा प्रदान गर्न आवश्यक रहेको बताएका थिए ।
सभाले आर्थिक वर्ष ०८२र०८३ असार मसान्त सम्मको संस्थाको आर्थिक गतिविधि लेखापरिक्षण प्रतिवेदन सर्वसम्मतले पास गरेको हो । सहकारीका अध्यक्ष राजाराम शाहीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष लक्ष्मण मल्ल र सचिव ज्योती हमालले सञ्चालन गरेकी थिईन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पर्यटकीय राजधानी पोखरामा ‘जेसीआई नेपाल लेडी एकेडेमी २०२६’ सम्पन्न भएको छ ।…







