सुत्केरी व्यथा लागेको अवस्थामा अधिक रक्तस्रावको समस्याबाट सिकिस्त बनेकी खोटाङ ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेलकी मोनिका राईलाई हेलिकोप्टरबाट उद्धार गरेर काठमाडौं अस्पताल लगिदैँ । तस्बीरः एजेन्सी
सुत्केरी व्यथा लागेको अवस्थामा अधिक रक्तस्रावको समस्याबाट सिकिस्त बनेकी खोटाङ ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेलकी मोनिका राईलाई हेलिकोप्टरबाट उद्धार गरेर अस्पताल लगिदैँ । २९ वर्षीया मोनिकालाई शनिबार राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गतको हेलिकोप्टरबाट उद्धार गरिएको हो। दुई दिनदेखि रक्तस्राव भएकी महिलालाई इमरजेन्सी वार्डमा भर्ना गरेलगत्तै अन्यत्र रेफर गरिएको हो। उनलाई काठमाडौं पठाइएको खोटाङ जिल्ला अस्पतालले जनाएको छ। सामान्यतः ४० हप्तामा सुत्केरी व्यथा लाग्नुपर्नेमा राईलाई ३३ हप्ता ५ दिनमै सुत्केरी व्यथा लागेको जिल्ला अस्पतालले जनाएको छ। जिल्ला अस्पतालका अनुसार भिडियो एक्स–रे गरेर हेर्दा बच्चाको सालसमेत तल रहेको पाइएको छ। तेस्रो बच्चा जन्माउने क्रममा अधिक रक्तस्रावका कारण उनको जिल्ला अस्पतालमा उपचार हुन नसकेको हो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, असार १३ — पोखरा महानगरपालिका–३१ स्थित श्री कोटदेउराली बहुउद्देश्यीय सहकारी संस्था…






