दिदीबहिनी नहुने दाजूभाईको भाइटिका


     एभरेस्ट आवाज    
     कार्तिक २१ गते २०७८ मा प्रकाशित



आफ्ना दिदीबहिनी नभएपछि एकापसमा तिहारको सप्तरंगी भाइटिका लगाउँदै–लगाइदिदैँ तनहुँ, व्यास–१० सेवरका मदन र सुमन तिमिल्सिनाका दुई दाजूभाई। तस्बीरःसामाजिक सञ्जाल

शनिबार तिहारको मुख्य दिन भाइटिका। दिदीबहिनीले दाजुभाइलाई निधारमा सप्तरंगी टिका, गलामा मखमली र सयपत्रीको माला पहिराइदिएर दीर्घायुको कामना गरी मनाएका छन्। तिहारमा विशेषतः दिदी बहिनीले दाजुभाइलाई भाइटिका लगाइदिने चलन छ। आफ्नै दिदीबहिनी नहुनेले पनि आफन्त र छरछिमेकका दिदीबहिनीसँग भाइटिका थाप्छन्। तर, व्यास नगरपालिका–१० सेवरका मदन र सुमन तिम्लिसिनाले भने एक अर्कालाई भाइटीका लगाएर मनाए। सुरुमा दाजु मदनले भाई सुमनलाई पानी र तेलको धारो चुहाउँदै फेरो मारे। सप्तरंगी टिका लगाइदिएर फूलको माला गलामा पहिराइदिए। भाइको शत्रु नास र दीर्घायुको कामना गर्दै ओखर समेत फोरे। त्यसपछि, भाई सुमनले पनि दाजु मदनलाई भाइटिका लगाइदिए।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।