पोखरा । कास्कीको धितालमा नौमती बाजा पार्क निर्माण भएको छ ।
माछापुच्छ्रे गाउँपालिका वडा नम्वर ६ धितालमा मौलिक नौमती बाजाहरुको प्रतिमा सहितको पार्क निर्माण भएको हो । पछिल्लो समय युवापुस्ताको पलायनका कारण लोप हुने अवस्थामा पुगेको नौमती बाजा संरक्षरणका लागि संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको १५ लाख र स्थानिय जनश्रमदान एक लाख गरि १६ लाख रुपैयाको लागमा सो पार्क निर्माण गरिएको हो ।

पार्कमा नौमती बाजाहरु नरसिंहा, दमाहा, सनाई, मजुरा, झ्याली, ट्याम्को लगायतका मौलिक बाजाहरु राखिएका छन् ।

पछिल्लो समय पर्यटकीय हिसावले निकै रमणीय र राम्रो सम्भावना बोकेको धितालमा सो पार्क निर्माण भएपछि दैनिक एक सयदेखि ५ सय सम्म पर्यटक पुग्ने गरेका छन् । पार्कबाट माछापुच्छ्रे, अन्नपूर्ण लगायतका हिमश्रृङ्खला नजिकबाट नियाल्न सकिन्छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, असार १३ — पोखरा महानगरपालिका–३१ स्थित श्री कोटदेउराली बहुउद्देश्यीय सहकारी संस्था…






