खुलेको धौलागिरी, गुर्जा र चुरेन हिमालको मनोरम दृश्य


     एभरेस्ट आवाज    
     मंसिर २८ गते २०७८ मा प्रकाशित



धौलागिरि पदमार्गको प्रस्थान गाउँको रुपमा रहेको धारापानीबाट देखिने दृश्य । तस्वीर : कमल खत्री

म्याग्दीको बेनी नगरपालिका, रघुगंगा र मंगला गाउँपालिकाको सिमा क्षेत्रलाई समेटिएको पर्यटकीय स्थल टोड्के पछिल्लो समय पर्यटकको आर्कषणमा पर्न थालेको छ ।

त्यहाँबाट धौलागिरी हिमाल सहितका हिमश्रङ्खला सहित विभिन्न पर्यटकीय स्थलको अवलोकनका लागि जिल्ला बाहिरबाट समेत आर्कषणको केन्द्रको रुपमा हेर्न थालिएको छ ।

टोडकेबाट देखिएको धौलागिरि हिमालको मनोरम दृष्य । तस्वीर : कमल खत्री

यस्तै म्याग्दीको धवलागिरी गाउँपालिका–७ धारापानी धौलागिरी पदमार्गको प्रस्थान गाउँको रुपमा परिचित छ । धारापानी पछिल्लो समय पर्यटकीय क्षेत्रको रुपमा विकास हुँदै गएको पाउन सकिन्छ । त्यहाँबाट गुर्जा र चुरेन हिमाल नजिकैबाट नियाल्न सकिन्छ ।

यस्का साथै गाउँले परिवेश र प्रकृतिको मनोरम दृश्य र लहरै मिलेर बनेका बस्ती धारापानीको पहिचानका रुपमा त्यहाँ पुग्ने पर्यटकलाई मोहित पार्ने मुख्य आर्कषका रुपमा लिन सकिन्छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।