हरेक मतदान केन्द्रमा ब्यालेट बक्ससँगै सबैभन्दा भित्री घेरामा म्यादी प्रहरी हुन्छ। त्यसभन्दा बाहिरी घेरामा नेपाल प्रहरी हुन्छ।
त्यसपछि, सशस्त्र प्रहरीको घेर हुन्छ। त्यस भन्दा पनि बाहिरी घेरामा नेपाली सेना हुन्छन्। ब्यालेट बक्ससँगैको भित्री घेरामा ८ जनाको सुरक्षा संयन्त्र हुन्छ। एउटा मतदान केन्द्रको वरपर १६ जनासम्म सुरक्षाको मोबाइल टिम रहन्छ।
कुनै अप्रिय घटना नघटोस भन्ने उघेश्यले सुरक्षा संयन्त्र तयारी अवस्थामा रहन्छन्। र, त्यही किसिको रणनीति बनाएका हुनछन्। कुनैपनि मतदान केन्द्रमा कोही कसैबाट निर्वाचन बिथोल्ने वा हुल हुज्जत गरी अप्रिय घटना घट्न जाने स्थिति आएमा सबै भन्दा पर बसेको नेपाली सेना २० मिनेटभित्र पुग्ने गरी तयारी अवस्थामा रहेको हुन्छ।
निर्वाचनमा सुरक्षाको हिसावले नेपाल प्रहरीको महत्वपूर्ण भूमिका हुन्छ। नेपाली सेना र सशस्त्र प्रहरी बलको भूमिका चाँही नेपाल प्रहरीलाई सुरक्षामा सघाउनु हुन्छ। सुरक्षा निकायलाई गोली हान्नेसम्मको अधिकार हुन्छ। स्थानीय प्रशासन ऐन २०२८ अनुसार गोली हान्नेसम्मको अधिकार सुरक्षा संयन्त्रलाई रहन्छ।
जिल्लाको सुरक्षा व्यवसस्था समितिको हाइकमाण्ड पोष्टमा स्वयं प्रमुख जिल्ला अधिकारी रहन्छन्। निर्वाचन प्रक्रिया नसकिदाँसम्म स्वयं प्रमुख जिल्ला अधिकारी पनि एलर्टमा रहन्छन्। प्रत्येक पालिकामा एक जना सुरक्षा प्रमुख रहने व्यवस्था छ। जसले प्रमुख जिल्ला अधिकारीको अधिकार प्रत्यायोजन हुन्छ।
निर्वाचनका बेला जिल्ला प्रशासन कार्यालय मातहतको जिल्ला सुरक्षा समितिलाई आम मतदाता, उम्मेदवार, मत र मतदान केन्द्रको सुरक्षा प्रदान गरेको हुन्छ। मतदानस्थल र मतदान केन्द्रसम्म कर्मचारी खटन–पटन गर्ने अधिकार जिल्ला प्रशासन कार्यालयलाई दिएको छ। प्रदेशको निर्वाचन कार्यालयले उपलब्ध गराएको कर्मचारीको लिस्ट अनुसार जिल्ला प्रशासन कार्यालयले कर्मचारीहरुको खटन–पटन गर्दछ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरामा एक अमेरिकी नागरिकको मृत्यु भएको छ । पोखरा महानगरपालिका–१८ सेदीमा आज…





