साउनको दोस्रो सोमबार, शिव मन्दिरमा दर्शनार्थीको भिड


     एभरेस्ट आवाज    
     श्रावण ९ गते २०७९ मा प्रकाशित




साउनको दोस्रो सोमबार कोटेश्वरस्थित महादेव मन्दिरमा पूजा आराधना गर्दैै भक्तजन । तस्बिर ः रासस

पोखरा । साउन महिनाको दोस्रो सोमबार आज पनि हिन्दू धर्माबलम्बीहरुले भगवान शिवको पूजा आराधना गरी मनाएका छन । साउनको सोमबार शिवको पूजाआजा गर्दा मनोकांक्षा पूरा हुने विश्वास रहँदै आएको छ । आज पोखराका केदारेश्वर महादेवमणि मन्दिर, विन्ध्यबासीनी मन्दिर लगायत देशभरका शिव मन्दिरहरुमा बिहानै देखि भक्तजनहरुको घुइचो लागेको थियो ।

लमजुङ बेँसीसहर नगरपालिका वडा नं ७ मा रहेको त्रिपुरेश्वर महादेवलाई साउनको दोस्रो सोमबार जल चढाउँदै भक्तजन । तस्बिरः रासस

साउन महिनाको दोस्रो सोमबार धनगढीको उत्तरबेहडीस्थित शिवपुरी उत्तर रामेश्वर ज्योतिर्लिङ्ग धाममा रहेको शिवलिङ्गमा पूजा गर्दै भक्तजन । तस्बिर : रासस
साउनको दोस्रो सोमबार कोटेश्वरस्थित महादेव मन्दिरमा पूजा गर्न पूजाका सामग्री किन्दै भक्तजन । तस्बिर :रासस
साउनको दोस्रो सोमबार कोटेश्वरस्थित महादेव मन्दिरमा पूजा आराधना गर्दैै भक्तजन । तस्बिर : रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।