कास्कीमा ६० प्रतिशत मत खसेको अनुमान

- मतपेटिका संकलन शुरु


     एभरेस्ट आवाज    
     मंसिर ४ गते २०७९ मा प्रकाशित




पोखरा, मंसिर ४

कास्कीमा करीब ६० प्रतिशत मत खसेको पूर्वानुमान गरिएको छ । जिल्ला निर्वाचन कार्यालय कास्कीले कास्कीमा करीब ६० प्रतिशत मत खसेको पूर्वानुमान गरेको हो । जिल्ला निर्वाचन कार्यालय कास्कीका प्रवक्ता रुद्र न्यौपानेले भने,‘यो हाम्रो पूर्वानुमान मात्र हो, यसमा केहि प्रतिशत तलमाथि हुनसक्छ ।’ यसअघि स्थानिय तहको निर्वाचनमा कास्कीमा ६९ प्रतिशत मत खसेको थियो ।

मतदान सकिएलगत्तै मटपेटिका संकलन कार्य शुरु भएको छ । मतदान सकिएका मतदान स्थलहरुबाट मतपेटिका संकलन कार्य शुरु भएको प्रवक्ता न्यौपानेले जानकारी दिए । उनका अनुसार मतदान सकिएपछि प्रतिनिधिहरुको रोहवरमा मुचुल्का उठाएर लाहाछाप लगाएसँगै मतपेटिका संकलन शुरु गरिएको छ । नजिकका ठाउँहरुबाट मतपेटिका आईसकेपनि टाढाका मतदानस्थलबाट मतपेटिका आईपुग्न राती १० बजेसम्म लाग्नसक्ने बताइएको छ ।

मतपेटिका ल्याईसकेपछि सर्वपक्षीय बैठक बसेर मतगणनाको समय टुंगो लाग्ने निर्वाचन कार्यालयले जनाएको छ । आजै मतगणना हुने सम्भावना कम रहेको बताइएको छ । ‘सम्भवतः भोलि विहान ८ बजेदेखि मतगणना शुरु हुन्छ’–श्रोतले भन्यो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।