सन्देश श्रेष्ठ
पोखरा, कात्तिक १२
पोखरामा कात्तिक तेस्रो सातादेखि राष्ट्रिय सेपाक ताक्रो प्रतियोगिता हुने भएको छ । गण्डकी प्रदेश सेपाक ताक्रो संघको आयोजना तथा नेपाल सेपाक ताक्रो संघको सहयोगमा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा यहि कात्तिक १४ गतेदेखि १७ गतेसम्म प्रतियोगिता आयाजना गर्न लागिएको विहीबार पत्रकार सम्मेलन गरेर जानकारी गराइएको हो ।
११ औं संस्करणको यस प्रतियोगितामा महिला तथा पुरुषतर्फ ८÷८ टिमको सहभागीता रहने जनाइएको छ । जसमा दुबैतर्फ विभागीय नेपाल आर्मीसहित सातवटै प्रदेशका टोलीहरु सहभागी हुने आयोजक गण्डकी प्रदेश सेपाक ताक्रो संघका अध्यक्ष श्यामबहादुर श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा पुरुषतर्फ टिम रेगु, रेगु, क्वाड, डबल र टिम इभेन्ट तथा महिलातर्फ रेगु र क्वाड खेल आयोजना गरिने उनले बताए ।
सेपाक ताक्रो खेलको विकास, बिस्तार र प्रवद्र्धनका लागि आयोजना गरिने प्रतियोगिता गण्डकी प्रदेशमा पहिलो पटक आयोजना गरिएको नेपाल सेपाक ताक्रो संघका अध्यक्ष नेत्रबहादुर गुरुङले जानकारी दिए । यो खेल सञ्चालनसँगै विशेष गरेर पोखरामा सेपाक ताक्रोको क्रेज बढ्ने अपेक्षा गरेका छौं,उनले भने,‘यसले व्यवसायीक खेल सञ्चालनमा मद्धत पुग्ने अपेक्षा पनि छ ।’
पोखरामा हुने प्रतियोगिता दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी खेल हुने केन्द्रीय अध्यक्ष गुरुङले बताए । भने,‘निकट भविष्यमा दशौं राष्ट्रिय खेलकुद हुँदैछ, त्यसको ठीक अगाडि प्रतियोगिता हुँदा प्रदेश तथा विभागीय टिमलाई यो एक्सपोजर गेम हुनेछ ।’
प्रतियोगिताको दुबैतर्फको बिजेताले ५०÷५० हजार, उपबिजेताले ४०÷४० हजार र तृतीय हुनेले ३०÷३० हजार नगदसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने गण्डकी अध्यक्ष श्रेष्ठले जानकारी दिए । त्यस्तै अन्य सहभागी सबै टिमलाई सान्त्वना स्वरुप २०÷२० हजार प्रदान गरिने उनले बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक १२ पोखराको अस्तित्व फेवातालसँग जोडिएको छ । अझ भनौं…







