पोखरामा जारी नवौं पिभिटिसी क्लबस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ लिगचरणका चार खेल सम्पन्न भएको छ ।
पोखरा महानगरपालिका–३ नदिपुर स्थित पोखरा भलिबल प्रशिक्षण केन्द्रको भलिबल कोर्ट ९छन्त्याल समाज०मा आज भएको पुरुषतर्फको पहिलो खेलमा ठकुरी समाज तनहुँले पोखरा भलिबल प्रशिक्षण केन्द्रलाई ३–० को सोझो सेटमा पराजित ग¥यो ।ठकुरी समाजले पोखरा भलिबल प्रशिक्षणलाई २५–१७, २५–२२ र २५–२२ ले पराजित ग¥यो । दोस्रो खेलमा एपिएफ पोखराले गुराँसे भुमे युवा क्लबलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । एपिएफले गुराँसे भुमेलाई २५–१५, २५–१४ र २५–१८ ले पराजित ग¥यो ।
तेस्रो खेलमा बोहोराफाट समाज जापानले ठकुरी समाज तनहुँलाई ३–१ को सेटमा पराजित ग¥यो । बोहोराफाटले पहिलो सेट २५–१८, दोस्रो सेट २६–२४ ले जितेपनि तेस्रो सेट २३–२५ ले ठकुरी समाजलाई सुम्पियो । चौथो सेटमा उत्कृष्ट पूनरागम गर्दै बोहोराफाटले २५–१७ को जित निकाल्यो ।आज नै भएको चौथो खेलमा एनवाइसी नरेठाटी गलकोटले गुराँसे भुमे युवा क्लबलाई ३–० को सेटमा पराजित ग¥यो । एनवाइसीले गुराँसे भुमेलाई २५–१६, २५–१७ र २५–१८ ले पराजित ग¥यो ।पोखरा भलिबल प्रशिक्षण केन्द्रको नवौं वार्षिकोत्सवको अवसरमा आयोजित क्लबस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ ७ समूहको सहभागिता रहेको छ ।
पुरुषतर्फको खेल लिगकम नकआउटको आधारमा सञ्चालन भइरहेको प्रतियोगिता संयोजक मनोज खड्काले जानकारी दिए ।पोल ‘ए’ तर्फ बोहोराफाट समाज जापान र ठकुरी समाजको समान ३÷३ अङ्क रहेको छ । ठकुरी समाजले आफ्नो पहिलो खेलमा पोखरा भलिबल प्रशिक्षण केन्द्रलाई पराजित गरेपनि दोस्रो खेलमा बोहोराफाटसँग पराजित भएको थियो । पोल ‘ए’ तर्फ नै रहेको पोखरा भलिबल प्रशिक्षण केन्द्रले कुनै अङ्क जोड्न सकेको छैन । पोखरा युनाइटेड स्कुलले खेल खेल्न बाँकी रहेको छ । पोल ‘ए’तर्फ ४ टिम रहेका छन् ।
यस्तै पोल ‘बी’तर्फ एपिएफ पोखरा र एनवाइसी नरेठाटी गलकोटको समान ३÷३ अङ्क रहेको छ । गुराँसे भुमे युवा क्लब भने लिगचरणका दुवै खेलमा पराजित भएपनि प्रतियोगिताबाट बाहिरिएको छ । पोल ‘बी’ तर्फ तीन टिम रहेका छन् । खेल लिगकम नकआउटको आधारमा सञ्चालन भएकाले पहिलो सेमिफाइनलमा पोल ‘ए’को विजेताले पोल ‘बी’को उपविजेता र दोस्रो सेमिफाइनलमा पोल ‘बी’को विजेताले पोल ‘ए’को उपविजेतासँग प्रतिस्पर्धा गर्नेछन् । उनका अनुसार महिलातर्फ भने सेकुवा हाउस बागलुङ र लालीगुराँस लामाचौर फाइनल प्रवेश गरी सकेका छन् ।
पुरुषतर्फको विजेताले नगद १ लाख ५० हजार, उपविजेताले १ लाख शिल्ड, मेडल र प्रमाण प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको सेमिफाइनलमा पराजित हुने २ टिमलाई नगद २५÷२५ हजार सान्त्वना पुरस्कार प्रदान गर्ने संयोजक खड्काले बताए ।यस्तै महिलातर्फको विजेताले ६० र उपविजेताले ४० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट खेलाडी, स्पाइकर, मिडल ब्लकर, डिफेण्डर, सेटर, सर्भर र प्रशिक्षकलाई पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ ।
पोखरा भलिबल प्रशिक्षण केन्द्र नदीपुरको आयोजना तथा ए फोर ग्राफिक डिजाइन एण्ड प्रिन्टिङ प्रेसको सहआयोजनामा मंसिर ९ देखि सुरु भएको प्रतियोगिता १३ गतेसम्म सञ्चालन हुनेछ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको मासबारमा रहेको स्टेप वाई स्टेप मा. वि.मा अन्तरसदनात्मक नेपाली भाषा कौशल…






