आइटिएफ जे३० वर्ल्ड टेनिस टुर पोखरा सर्किट–१ राउण्ड अफ–१६ अन्तर्गतका खेलहरु सम्पन्न भएका छन् ।
कास्की जिल्ला टेनिस संघको आयोजनामा जारी प्रतियोगितामा ब्वाइज सिंगल्स÷डबल्स तथा गल्स सिंगल्स÷डबल्सतर्फ राउण्ड अफ १६ का खेलहरु सम्पन्न भएको टुर्नामेन्ट डाइरेक्टर अजय विष्टले जनाएका छन् । पोखरा रंगशालास्थित टेनिस सेन्टरमा जारी प्रतियोगिताको ब्वाइज सिंगल्सतर्फ भारतका फÞजÞल अली मीर र नेपालका आयुष्मान हजुर घलेको खेल रोचक रह्यो । तेस्रो सेटमा रिटायर्ड हुदा खेल छोड्न बाध्य भए । पहिलो र दोस्रो सेट १–१ ले आफ्नो पक्षमा पारेका थिए । भारतीय खेलाडी फजल ६–७(१), ६–०, १–० खेल जित्दै क्वार्टरफाइनल स्थान सुरक्षित गरे । त्यस्तै दक्षिण कोरियाका युल हो जुंगले भारतका निकुंज खुरानालाई ६–१, ६–० ले सहज रूपमा हराउँदै अन्तिम आठमा प्रवेश गर्दा भारतका हर्ष मारवाहाले चीनका यांशुओ पानलाई १–६, ६–४, ६–२ ले हराउँदै उत्क्रमण पूरा गर्दै क्वार्टरफाइनल ठाउँ बनाएका छन् ।
नेपालका प्रणव मानन्धरले भारतका शशांक साई प्रसाद कर्नाटीलाई ६–०, २–६, ६–० ले पराजित गर्दै अन्तिम आठमा पुगे भने श्रीलंकाका गनुका फर्नान्डोले नेपालका दर्शिल श्रेष्ठलाई ६–०, ६–२ ले हराउँदै क्वार्टरफाइनल यात्रा जारी राखेका छन् । भारतका प्रतीक श्योरनले सिंगापुरका रोबर्ट दोल्यालाई ७–६(३), ५–७, ७–६(७) को कडा खेलमा पराजित गर्दै अन्तिम आठमा प्रवेश गरेका छन् । गल्र्स यू–१८ सिङ्गल्सको राउण्ड अफ–१६मा भारतकी शताक्षिका सहायक शीर्ष सिडेड प्राप्त नेपालकी सुनिरा थापालाई ७–६(५), ६–४ ले पराजित गर्दै क्वार्टरफाइनलको यात्रा अघि बढाएकी छन् । ताइपेकी के–चिएह ह्सुले भारतकी जान्हवी तम्मिनीडीलाई ६–४, ६–१ ले हराइन् भने भारतकी अनन्या जैनले सहदेशी ईशा शर्मालाई ६–१, ६–० ले सहजै पराजित गरिन् । क्यानाडाकी नोरा चौधरीले भारतकी ध्रुती गुन्डूलाई ६–३, ६–० ले हराउँदै अन्तिम आठमा स्थान बनाइन् ।
त्यसैगरी भारतकी रञ्जना संग्रामले पाँचौँ वरीयता प्राप्त सहदेशी सौम्या चटर्जीलाई ६–०, ६–१ ले पराजित गरिन् भने नेपालकी शिवाली गुरुङले भारतकी मेहा पाटिललाई ६–०, ६–० ले पराजित गर्दै प्रभावशाली जित दर्ता गरिन् । भारतकी तेजस्वी मानेनीले आठौँ वरीयता प्राप्त अमेरिकाकी नाला जोसेफिन मास्कीलाई ६–२, ६–३ ले हराइन्, जबकि भारतकी कार्तिका पद्माकुमारले चिनियाँ खेलाडी युनर चीलाई ६–०, ६–० ले पराजित गर्दै अन्तिम आठमा प्रवेश गर्न सफल भए ।
यसै गरी ब्वाइज डबल्स यू–१८ को क्वार्टरफाइनलमा दक्षिण कोरियाका ह्योजिन हा र युल हो जुंगको जोडीले बंगलादेशका खब्बो गाएन र दोस्रो वरीयता प्राप्त चिनियाँ खेलाडी जियालियाङ गुोको जोडीलाई ७–६(५), ६–० ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका छन् भने गल्र्स डबल्स यू–१८ को क्वार्टरफाइनलमा भारतकी शताक्षिका सहायक र न्यूजिल्यान्डकी बोइदेही उकिलको जोडीले चिनियाँ युनर ची र अमेरिकाकी नाला जोसेफिन मास्कीको जोडीलाई ६–०, ६–३ ले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरे ।
मंसिर २७ गते दुई साता सम्म लगातार सञ्चालन हुने आइटिएफ वल्र्ड टेनिस टुर जे३० सर्किट १ र २ अन्तर्गत १६ देशका ८० खेलाडीहरुको सहभागिता रहेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको मासबारमा रहेको स्टेप वाई स्टेप मा. वि.मा अन्तरसदनात्मक नेपाली भाषा कौशल…






