पोखरा महानगरपालिका–७ मासवारस्थित मदरल्याण्ड माविमा विहीबारदेखि वार्षिक खेलकुद कार्यक्रम सुरु भएको छ ।
तीनदिनसम्म चल्ने कार्यक्रममा कक्षा ११ र १२ का विद्यार्थीले विभिन्न खेल गतिविधिमा सहभागिता जनाउने छन । व्यक्तिगत र समूहगत रुपमा सहभागिता जनाउन पाउने गरि विद्यालयमा खेलकुद कार्यक्रम आयोजना गरिएको विद्यालयका प्लस टु इन्चार्ज नारायण आचार्यले जानकारी दिए । विद्यार्थीले व्यक्तिगत तथा समूहगत रुपमा प्रतिश्पर्धामा सहभागिता जनाएको पनि उनले बताए । आचार्यले खेल क्षेत्रमा नयाँ प्रतिभा पहिचान गर्नका लागि पनि यस्ता गतिविधि आवश्यक रहेको बताए । खेलाडीमा लुकेको खेल क्षमता देखाउने मैदान नै विद्यालय रहेको उनले बताए ।
विद्यालयका प्राचार्य डा. नारायण बरालले बल हस्तान्तरण गर्दै वार्षिक खेल कार्यक्रमको उद्घाटन गरेका थिए । उक्त अवसरमा प्राचार्य बरालले विद्यालयमा हुने खेलका गतिविधि खेल्नका लागि मात्र नभई अनुशासन सिकाउने माध्यम समेत भएको बताए । ‘खेललाई मनोरञ्जनका गतिविधिका रुपमा मात्र बुझ्नु हुँदैन । खेल दौरान अपनाउनुपर्ने अनुशासन पनि यहाँ सिक्न पाइन्छ । किनकी खेलकुदमा अनुशासनको महत्व छ,’ उनले भने, ‘विद्यालयले पढाईका साथसाथै खेल क्षेत्रमा पनि विद्यार्थीलाई सहभागिता गराउँदै आएको छ । खेल क्षेत्रमा भविश्य खोज्नका लागि पनि यस्ता गतिविधि आवश्यक पर्छ ।’
विद्यालयले हरेक वर्ष विद्यालयमा खेलकुदका विभिन्न कार्यक्रम गर्दै आएको र भविश्यमा पनि यस्तै गतिविधि निरन्तर रहने उनले बताए । तीन दिनको अवधिमा छात्र तथा छात्राको ब्याडमिन्टन, भलिवल, बास्केटबल, चेस, टेवलटेनिस र फुटसलका गतिविधि हुनेछन । आन्तरिक प्रतिश्पर्धाका आधारमा उत्कृष्ट हुने विद्यार्थीले मेडल र प्रमाणपत्र समेत प्रदान गरिनेछ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको मासबारमा रहेको स्टेप वाई स्टेप मा. वि.मा अन्तरसदनात्मक नेपाली भाषा कौशल…






