गायक आशिष दियालीको शब्द र संगीतमा तयार भएको ‘झरी’ बोलको नयाँ गीत सार्वजनिक भएको छ।
गीतमा गायक खेम ढकाल र गायिका कविता बराइलीले आवाज दिएका छन्। दुबैको मधुर र भावनात्मक गायनले गीतलाई थप प्रभावकारी बनाएको छ। गीतको म्युजिक भिडियो पोखराका विभिन्न सुन्दर स्थानहरूमा छायांकन गरिएको हो। भिडियोको निर्देशन नेत्र गुरुङले गरेका छन्। प्रेम भावना र कथानकलाई सहज तरिकाले प्रस्तुत गरिएको यो भिडियोमा कलाकारहरूले स्वभाविक अभिनय देखाएका छन्।भिडियोमा भ्लगर सन्तोष दुवाडी, कविता अधिकारी र सबिन गायकको भूमिका प्रमुख छ ।
जसमा चर्चित कलाकार प्रकाश घिमिरेले साथ दिएका छन् । राजु अधिकारी, क्षेत्र बहादुर गुरुङ र नीतु परियारको समेत अभिनय रहेको गीतबाट निर्माण पक्ष आशावादी देखिन्छ ।भिडियोको छायांकन प्रकाश गुरुङ काशले गरेका छन्। पोखराको प्राकृतिक सुन्दरता र कलाकारहरूको अभिव्यक्तिलाई आकर्षक रूपमा कैद गर्न उनी सफल देखिन्छन्।
गीत र भिडियो दुवै मिलेर राम्रो निर्माण भएको यो ‘झरी’ गीतलाई दर्शकले मन पराउने अपेक्षा गरिएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको मासबारमा रहेको स्टेप वाई स्टेप मा. वि.मा अन्तरसदनात्मक नेपाली भाषा कौशल…






