चलचित्र ‘शिवांश: च्याप्टर वान’को टिजर सार्वजनिक


     एभरेस्ट आवाज    
     पौष २४ गते २०८२ मा प्रकाशित




चलचित्र ‘शिवांश: च्याप्टर वान’को टिजर सार्वजनिक भएको छ । फागुन ३ गते परेको महाशिवरात्री पर्वको अवसर पारेर फागुन १ गते रिलिज हुने चलचित्रको टिजर निर्माणपक्षले बिहीबार सार्वजनिक गरेको हो ।

निर्माण टिमले यसअघि कात्तिक २७ गते रिलिज डेट तोकेको थियो । ‘सुरुआत नै अन्त्य हो र अन्त्य नै शिवांश’ भन्दै सुरु हुने टिजरमा चलचित्रका मुख्य कलाकार प्रवीण खतिवडा छन् । उनी सन्तको भूमिकामा देखिएका छन् । अञ्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुति रहेको चलचित्रको निर्देशक सन्तोष कुमार आत्रेय हुन् । पोखरेली निर्देशक आत्रेयको यो डेब्यु निर्देशकीय सिनेमा हो । निर्मातामा पोखरा कै अञ्जान केसी छन् । प्रवीण खतिवडा, तेज गिरी र रुषा न्यौपाने मुख्य भूमिकामा छन् ।अन्य कलाकारमा विकास जोशी, विमला लिम्बू, प्रदीपकुमार चौधरी, सबिर चुरौटे, उदयकुमार सुब्बा, टीका निरौलालगायतको पनि अभिनय छ । चलचित्रको कथा अञ्जान केसीले लेखेका छन् । स्क्रिनप्ले बारत लिम्बूको छ ।सिनेमामा स्क्रिप्ट डक्टरको काम सुलक्षण भारतीले गरेका छन् ।

चलचित्रको सह–निर्मातामा शोभा भण्डारी र अनिस केसी बोगटी रहेका छन् । सिनेमाका कार्यकारी निर्माता सम्भू थापा हुन् ।सरद महतो डीओपी रहेको चलचित्रमा विप्लव प्रतीक र राजनराज शिवाकोटीको गीतरचना रहेको छ । न्ह्यू बज्राचार्य र राजनराज शिवाकोटीको संगीत रहेको छ भने राजनराज शिवाकोटी, मिलन नेवार र समीक्षा अधिकारीको स्वर छ ।मिलन श्रेष्ठको द्वन्द्व निर्देशन, विक्रम चोहानको कोरियोग्राफी रहेको चलचित्रमा विराज खड्का भीएफएक्स डाइरेक्टर तथा सुपरभाइजर, भीएफएक्स प्रोडुसरका रुपमा आदेश सुब्बा छन् ।

चलचित्रमा आर्ट डिरेक्टर र प्रोडक्सन डिजाइनर प्रतीक चौधरी, मिलन मानन्धर प्रोडक्सन म्यानेजर, कमल मिश्र कस्ट्युम, तुलसा लिम्बू एमयूए, युवाहाङ राई पोस्टर फोटोग्राफी रहेका छन् । चलचित्रको वितरण डिजिटल सिनेमा नेपालले गर्नेछ ।पोखराका महत्वपुर्ण धार्मिक तथा पर्यटकीय क्षेत्रमा चलचित्र छायांकन गरिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।